पाल्पा, असार १० - 'साँझ ९ बज्न लागेको थियो होला । म र छोराबुहारीले खाना खाइसकेका थियौं । श्रीमती खाँदै थिइन् । छोरीहरू खाना खाएर सुतेका थिए । म खाटमा बसेको थिएँ । एकै पटक गल्र्याम्म गर्दै घर भत्कियो । म खोंचमा परेछु । छोराबुहारी कोठामा थिए । कसरी उनीहरू बारीतिर उछिट्टएिर धन्न बाँचेछन् ।' मंगलबार राति
आफ्नो घर पहिरोले पुरिँदाको अवस्था जानकारी गराउँदै बिरकोट ३, पोखरीछापका बलबहादुर बारघरेले भने ।
बारघरेको घर पहिरोले पुरिँदा खाना खाँदै गरेकी श्रीमती ४६ वषर्ीया भविसरा, खाटमा सुतेकी १३ वषर्ीया छोरी निरमाया र अर्की छोरी १० वषर्ीया मनिषाको घटनास्थलमै मृत्यु भएको थियो । घरमा सुतेको अवस्थामा माथिबाट खसेको पहिरोले उनको घर पुरिएको हो । 'मलाई उछिट्टएिको छोरा आएर बल्लतल्ल निकाल्यो,' उनले भने, 'पानी पर्न नरोकिएकाले रातभर केही गर्न सकिएन ।' बिहान तीन घन्टा लगाएर तीन जनाको शव निकालेका थिए । उनको घरलाई पहिरोले पूरै च्यापेको छ । श्रीमती र छोरीहरूले ऐया गरेको पनि सुन्न नपाएकामा अहिले पनि उनका आँखा रसाउन छाडेका छैनन् । भने, 'यस्तो विपत्ति कसैलाई नआओस् ।'
छोरा कमलका साथै उनकी श्रीमती डेढ वर्षको नाति र ९ दिनको शिशु कोठामा सुतेका थिए । उनीहरू पनि बलबहादुरजस्तै सामान्य घाइते भएका छन् । सदरमुकाम तानसेनदेखि ३५ किलोमिटर पूर्व भएको घटनामा परेकाको उद्धार बुधबार दिउँसोमात्र भएको थियो । उनलाई अहिले पनि घटना सम्भ“mदा डर लागेर आउँछ । त्यही छेउमा उनलाई घर बनाउनसमेत मन छैन । 'त्यही ठाउँमा बनाए पनि केही तल बनाउँछु,' उनले भने, 'पहिरो जालाजस्तै थिएन । कसरी खस्यो सबै अचम्म परेका छन् ।'
बिरकोट ३ कै खाक्सीमा रहेको उनका भाइको घरमा छोरालाई किरिया बसालेका छन् । सोही गाउँकै पदमबहादुर सारूको घरसमेत पहिरोले ध्वस्त छ । गाविस सचिव टंक आचार्यले दैवी प्रकोप उद्धारका लागि कुनै पनि कोष नहुने भएकाले सहयोग गर्न नसकिएको बताए । उनले दैवी विपत् पर्दाको अवस्थालाई भनेर गाविसमा पनि कोष व्यवस्थापन गर्नुपर्ने अवस्था आइसकेको छ । यसैबीच जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले मृतक परिवारलाई ४० हजारका दरले १ लाख २० हजार र पहिरोले पूर्ण रूपमा क्ष्ातिग्रस्त बनाएको घरका लागि १० हजार राहत दिने निर्णय गरेबमोजिम शुक्रबार घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, चण्डीप्रसाद गणका गणपति जीतेन्द्र थापा, प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मी र नेपाल रेडक्रस सोसाइटीका मन्त्री नारायण शर्माले राहत नगदका साथै रेडक्रसले प्रदान गरेको कपडा र खाद्यान्न प्रदान गरेका छन् । अबिरल वषर्ाले खसेको पहिरोका कारण त्यस भेगको यातायात नचलेकाले पैदलै गाविस भवन पुगेर राहत प्रदान गरिएको हो । राहत पाएपछि पीडित बलबहादुरले यो रकमले आफूलाई केही भए पनि राहत पुग्ने प्रतिक्रिया दिए । प्रजिअ जोशीले गाविस र जिविसबाट समेत सक्दो सहयोगका लागि आफूले पहल गर्ने जानकारी दिए ।
इकान्तिपुर साभार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !