CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लोडसेडिङ रोक्ने प्रविधि जुन गर्भमै मर्‍यो

लोडसेडिङ रोक्ने प्रविधि जुन गर्भमै मर्‍यो

अजयबाबु शिवाकोटी। काठमाडौं महानगरपालिका वडा नम्वर ७ चाहविलस्थित गणेशस्थान पछाडिको मिर्मिरे टोलका दुई सय घरधुरी मध्येका  एक घर हो मोहन सिटौलाको। अहिले त्यो घरमा सिटौलाका कान्छा छोरा अखिल सिटौला आफ्नो परिवारसँग बस्दै आएकाछन्। चरम लोडसेडिङ हुने समयमै जन्मिएकी छोरीलाई
हुर्काउन अखिलले निकै हण्डर खानुपर्यो। उनले के गरेनन्। महङगो सोलार पनि जोडे। केहि वाटको सोलार वत्तिको लागि उनले हजारौ रुपैयाँ सकेर भएपनि लोडसेडिङ भएको वेलामा घरलाई उज्यालो बनाउने प्रयास गरे। तर लोडसेडिङ हटाउन केहि बर्ष अघी दुईसय घर धुरीमा लोडसेडिङ हटाउन भएको एउटा पहल किन कार्यान्वयन हुन सकेन उनको मनमा सधै प्रश्न  आइरह्यो।
केहि बर्ष अगाडी नेपाल विद्युत प्राधिकरणले देशभर लोडसेडिङ नहुने परियोजना शुरु गर्ने भन्दै चाहविल गणेशस्थान पछाडिको वुलवुले तथा मिर्मिरे टोललाई प्रायोगिक परियोजना परिक्षण क्षेत्रको रुपमा छान्यो। छानिएका पाँच सय घर मध्ये उनको घर पनि छानिएको थियो। विजुलीको खपत नाप्ने पुरानो एनालग मिटर घरमा हुँदाहुँदै विद्युत प्राधिकरणले नयाँ स्मार्ट इलेक्ट्रिक मीटर ल्याएर जडान गरेको थियो।जुन डिजिटल प्रविधिमा आधारित थियो। नयाँ मीटर घरमा जडान गरेपछि चौबिसै घण्टा बत्ती आउने बताइएको थियो। अरु स्थानिय झै सिटौला परिवार पनि खुसी नै थियो। घरमा लोडसेडिङ नहुनेमा उनीहरु खुसीमा थिए। त्यस प्रायोगिक परियोजना सफल भएपछि त्यो परियोजनालाई आधार मानी देशभर विस्तार गर्ने योजना स्थानियहरुलाई सुनाइएको थियो। स्थानियहरु पनि यो परियोजना सफल बनाउन आफ्नो तर्फबाट जस्तोसुकै तयार गर्न तत्पर देखिए। घरको मीटर हटाएर अतिरिक्त खर्च गर्न तयार भए नयाँ स्मार्ट इलेक्ट्रीक मिटरको लागि। अध्यारोमा बस्नु वा अध्यारोबाट बच्न महिनामै हजार रुपैयाँ भन्दा वढी मैनवत्तीमै भएको खर्च भन्दा लोडसेडिङ नहुनेगरी एकैपटक ठूलो रकम खर्चन पनि तयार भए। करिव १२ देखि १५ हजार लाग्ने मीटर किन्न तयार भएका थिए उनीहरु। तर उनीहरुको त्यो उत्साहलाई टिक्नै दिइएन। स्थानियहरुको त्यो खुसी कहिल्यै पुरा भएन।
लोडसेडीङ हटाउने भनिएको प्रविधि के हो  त?
यो यस्तो प्रविधि हो जसले लोडसेडिङ घटाउने मात्र गर्दैन यसका अन्य थुप्रै विशेषता पनि रहेको छ।जस्तो तपाई घरबाहिर हुनुहुन्छ र घरमा बिजुली निभाउन विर्सनुभयो तत्काल घर फर्कन सक्ने अवस्था छैन भने पनि यस्तो  प्रविधिको माध्यमबाट तपाइले घरको वत्री निभायन सक्नुहन्छ। घरदेखि जति टाढा भएपनि आफ्नो मोवाइबाट एसएमएस गरी बिजुली निभाउन वा बाल्ने सक्ने प्रविधि स्मार्ट इलेक्ट्रीक मिटर हो।नाम जस्तै काममा पनि स्मार्ट यो प्रविधि एक दसक अगाडी एक जना नेपाली वैज्ञानीक कपिल पौडेलले  आविस्कार गर्नुभएको थियो। उहाँले बिकास गर्नुभएको त्यो प्रविधि नेपालमा चाहविलका करिव २ सय ४६ घरधुरीबाट शुरु हुने बताइएको थियो। पौडेल पनि उत्साहित नै हुनुहुन्थ्यो। नभन्दै ति घरमा ती घरमा उपकरण जडान भइसकेको थियो। नेपाली वैज्ञानीकको परिकल्पनामा तयार भएको यस उपकरणलाई इजी अटो वाट आवर (इएइब्ल्यूएजआर) नामकरण दिएको थियो। तर एक दसक अगाडी निर्माण भइसकेर पनि प्राधिकरणको वेवास्ताले गर्दा यो प्रविधि मिर्मिरे र बुलवुले क्षेत्रका २ सय ४६ घरमा जडान भएर पनि ३ बर्षदेखि प्रयोगविहिन अवस्थामा छ।
पौडेलका अनुसार हाल प्रयोग भई आएको बिद्युत मीटरलाई परिवर्तन गरि नयाँ प्रविधियुक्त मीटर प्रयोग गरेको खण्डमा नेपाल बिद्युत प्राधिकरणले आफ्नो विद्युत भारलाई देशका सबै उपभोक्ताहरुकहाँ समानुपातिक रुपमा वाड्न सक्छ। सबैको घरमा पनि वत्ती ननिभ्ने बनाउन प्राधिकरणले एकै ठाउँबाट आदेश गर्न सक्छ।
कुन समयमा कति बिद्युत ग्राहकलाई दिने भन्ने सम्मको नियन्त्रण गर्न सक्ने प्रविधियुक्त मीटर राख्दा समय अनुसार पावरलाई  सीमाबद्ध गर्न समेत मिल्छ। बढी माग हुने समयमा पनि लोडसेडिङ नहुने तर सबै ग्राहकहरुलाई बिजुली उपलव्ध गराउन  सक्ने प्रविधि भएकोले यसको प्रयोग गर्दा लोडसेडिङ नहुने निर्माता पौडेलको दावी छ। कसैको घरमा विवाह वा अरु कुनै विशेष  अवस्थामा परेमा ग्राहकको माग अनुसार प्राधिकरणबाटै बिजुली छोड्न र काट्न पनि मिल्ने यो प्रविधिको जडानपछि मिटर रिडिङ गर्न  घरघर धाउनु पर्ने झण्झट समेत रोकिन्छ।लोडसेडिंगको समयमा यदि कुनै क्षेत्रमा प्रत्येक घरका लगी २०० वाट मात्र बिद्युत  शक्ति आपूर्ति भएको छ र कुनै अटेर ग्राहकले २०० वाट भन्दा बढ़ी बिद्युत शक्ति खपत गरेको खण्डमा मीटरले ओभर लोडको आवाजको सूचना दिई सोही ग्राहकको मात्र बिद्युत आपूर्ति वन्द हुने दावी समेत निर्माताको छ।
यो प्रविधिमा प्रत्येक ग्राहकको घरमा बिद्युत प्राधिकरणले चाहे जती पावर दिई लोड ब्यबस्थापन गर्न सकिने र लोडसेडिंगको कारणले हुने गरेको भयाबह अन्धकारमय स्थिति सदाकोलागि अन्त्य हुनेछ। साथै कुनै ग्राहकले समयमा बिल नतिरेमा ग्राहकको बिद्युत आपूर्ति प्राधिकरणले कार्यालयमै बसेर काट्ने वा जोड्न सक्छ।
ग्राहकहरुलाई विद्युत सम्वन्धि आबश्यक पर्ने सूचना मात्र नभइ सतर्कता, शुभकामना सन्देश पनि एसमसएस वा ईमेलको माध्यमवाट दिन सकिने व्यवस्था नयाँ प्रविधिमा रहेको छ।यो प्रविधिको प्रयोगपछि बिद्युत चोरी वा चुहावट भईरहेको क्षेत्रको जानकारी प्राधिकरणलाई हुनेछ र चोरी हुने ठाउँमा प्राधिकरणले लाइन काट्न सक्नेछ।
ग्राहकहरुले आफ्नो घरको बिद्युत आपूर्ति आफ्नै मोबाईल सेटबाट अन अफ गर्न सक्नेछ्न्।अत्यावश्यक स्थानहरु अस्पताल, सञ्चारमाध्यममा छुट्टै लाईन नलगी प्राधिकरणबाटै निरन्तर विद्युत आपर्ती गर्न सकिनेछ। अहिले लोडसेडिङको वेलामा यस्ता अत्यावश्यक सेवाका संस्थाहरुले जेनेरेटर र डिजेलका नाममा लाखौ रुपैयाँ खर्च गर्न वाध्य हुनु परेको छ।
घरायसी, व्यवसायिक र ‍औद्योगिक ‍प्रयोजनका लागि समय अनुसार छुट्टा छुट्टै शुल्क निर्धारण गर्न पनि सकिने छ।ग्राहकहरुले आफ्नो बिधुत खपतको जानकारी आफ्नै घरको कम्प्यूटर वा इन्टरनेटको माध्यमबाट हेर्न र अनलाईन बाट शुल्क बुझाउन पनि सक्ने व्यवस्था नयाँ प्रविधिमा समेटिएको छ। इन्भर्टर, ब्याट्री ,जेनेरेटर, मैनबत्ती आदिबाट हुने गरेको राष्ट्रको नोक्सानीलाई खपत कम गर्न मद्दत गर्दछ। यो इजी अटो वाट आवर (इएइब्ल्यूएजआर) प्रबिधिको मीटर १० वर्षको प्रतिस्थापना ग्यारेन्टी भएको कम्पनीको दावी छ।
प्रविधिका आविष्कारकको लगानी पानीमा  
आफूसँग भएको विजुलीलाई नै लोड व्यवस्थापन गरेर प्रविधिद्धारा  अन्धकारमुक्त वनाउने इजी अटो वाट आवर (इएइब्ल्यूएजआर) प्रविधिलाई परिक्षण गर्न दिन प्राधिकरण सहमत भएको  थियो। प्रायोगिक परियोजनाकालागि छानिएका घरधुरीमा परिक्षणका क्रममा लोडसेडिङ नगर्ने बिद्युत प्राधिकरणसँग सम्झौता गरिएको थियो। प्राधिकरणले त्यो शर्त मानेपछि नयाँ डिजिटल मीटर जडान गर्ने पौडेलले आफ्नो घरजग्गा  धरौटीमा राखेर प्रविधिको निर्माणमा खर्च गरे।ताइवानबाट करिव ५०० वटा स्मार्ट इलेक्ट्रिक मीटर बनाएर ल्याए जसमा उनको लाखौ रुपैयाँ लगानी भैसकेको थियो।
पहिलोपटक निर्माण भएके स्मार्ट इलेक्ट्रिक मीटर इजी अटो वाट आवरको नाममा जेनेभाबाट पेटेन्ट राइट पनि लिए।तर जुन  संस्थाले काम गर्न अगाढी वढ् भन्यो त्यहि संस्था अवरोध पुर्‍याउन लागिपर्‍यो। एक बर्षको सम्झौता अवधिभर सहयोग भन्दा पनि असहयोग मात्र गरिरह्यो। बिद्युत प्राधिकरणले दिएको तथ्याङ्क अनुसार प्रायोगिक परियोजनाकालागि छानिएको क्षेत्रमा पाँच सयवटा घरधुरी छ भने आधारमा पाँच सयवटा नै  उपकरण आयात गरिएको पौडेल बताउनुभयो। असहयोग यहिबाट शुरु भएको रहेछ। प्राधिकरणले दिएको तथ्याङ्क गलत भई जम्मा दुई सय ४६ वटा घरधुरीमा मात्र मिटर जडान गर्न भनियो। त्यसपछि  प्राधिकरणसँग गरिएको सहमति अनुसार जडान गरिएका २ सय ४६ वत्ती छोड्ने व्यवस्था पनि मिलाएन। तर प्राधिकरणले  असहयोग गर्दागर्दै एक वर्ष त्यतिकै काम गर्ने वातावरण नै दिइएन। लोडसेडिङ मुक्त हुने भो भनेर खुसि भएका स्थानियबासी पछि आर्कोश पोक्दै  प्राधिकरण पुगे। कुरा सुन्ने आश्वासन प्राधिकरण व्यवस्थापनले दियो। तर केहि दिनपछि सम्झौता सकिएको भन्दै निर्मातालाई पत्र थमाइयो। एउटा व्यक्तिले देशलाई  लोडसेडिङ मुक्त राख्न देखेको सपनामा तुहाइयो।  व्यक्तिको लाखौको लगानी वालुवामा पानी हाले जस्तै गरि खेर फालियो। र हामी आज असारमा पनि दैनिक ६ घण्टा लोडसेडिङ खेपिरहेका छौ।
नयाँ प्रविधिका निर्माता भन्छन मैले प्राधिकरणको कर्मचारी संयन्त्र बुझिन।जस्को प्रभाव मैले लिएको पहलमा पर्यो।तर देशले यसको पीडा वेहोर्नुपर्योत।परियोजना सफल हुने भएपछि तपाइले मात्र पैसा कमाउनु हुने भयो भन्दै माथिल्लो तहका कर्मचारीले खुलेरै असहयोग गरेको गुनासो पौडेल गर्छन्। प्राधिकरणमा लिने दिने भाषा नवुझ्दा राष्ट्रकै हित हुने परियोजना माथिल्लो तहको कर्मचारीको मिलेमतोमा असफल बनाइएकोले पौडेल निरास छन्। नेपाल सरकारका अर्थमन्त्रीदेखि उर्जा मन्त्री तथा सचिम र सवैजसो पाटिका प्रमुखसँग यस  प्रविधिको फाइदा बारे जानकारी गराए पनि हात्ति आयो हात्ति फस्सा झै भयो। कसैले चासो नराख्दा यो परियोजना गर्मभै मारियो भन्ने खबर हाम्रा कुरा को वेब साईट मा छ ।
किन र कस्ले मार्योन यो अझै गर्भमै छ। देश अहिले पनि अन्धकारमा नै छ। अनि यो परियोजनालाई असफल बनाएर करोडौंको चलखेल अन्य काममा गरिएको छ। जसको सोझो फाइदा फेरि पनि प्राधिकरणका उच्चस्तरीय कर्मचारीले मात्र उठाइरहेका छन्। लोडसेडिङको मार खेपिरहेका हामी जस्तै संसारका अन्य भागमा पनि उनको यो प्रविधिको माग छ। तर नेपालबाटै शुरु गर्ने उनको योजना असफल भएपछि उनी अहिले नयाँ वजारतर्फ लागेका छन् सायद त्यहाँको बजारमा लागू भएपछि मात्र प्राधिकरणको घैटोमा पनि घाम लाग्ने होकी?
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis