मोरङको बेलबारीका स्थानीय बासिन्दाले बर्बर यातना दिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्रेको छ। सात जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दायर गरिसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आफूलाई बलात्कार गर्न खोजेको उजुरी प्रहरीमा गर्दा झुटो आरोप लगाएको भन्दै उल्टै पीडित २३ वर्षकी युवतीलाई उनीहरुले
कुट्दै लुगाच्याती तथानाम गाली गरेका थिए। अनि मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए।
घटनाको ४८ घण्टापछि आयोगले जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो। आयोगले आफ्नो क्षेत्रीय कार्यालय (विराटनगर) ले घटनाको अनुगमन गरिरहेको जनाएको छ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न आयोग सरकारलाई आग्रह गरेको छ। दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र छानबिनको क्रममा आउनसक्ने कुनै पनि अवाञ्छनीय दबाबमा नपर्न र दोषी उम्कन सक्ने कानुनी छिद्राहरूप्रति पनि सचेत बन्न पनि घटनाको छानबिनमा संलग्न अधिकारीहरूसँग आयोगले आग्रह गरेको छ।

यसका अतिरिक्त घटनालाई थप उत्तेजक बन्न नदिन तथा घटनाका पीडित र साक्षीहरूको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !