मानिसको यौन जीवनको सफलता बेडरुम हेरेर अनुमान लगाउन सकिन्छ। यौन जीवनलाई बढी सुखद् एवं रोमाञ्चक बनाउन बेडरुमको भूमिका महत्वपूर्ण हुन्छ। इन्टेरियर डिजाइनरहरूका अनुसार जसरी बेडरुमबिना सेक्स अधूरो हुन्छ त्यसरी नै
सुखद् सेक्सका लागि सेक्सी बेडरुम पनि उत्तिकै आवश्यक छ।बेडरुम ः बेडरुम अर्थात् आफ्नो पर्सनल रुम सही अर्थमा त्यो ठाउँ हो जहाँ श्रीमान्-श्रीमती अधिकांश समय रमाइलोसँग बिताउँछन्। बेडरुम नै उनीहरूको आपसी प्रेम, आत्मीयता एवं तीता-मीठा अनुभूति साटासाट गर्ने ठाउँ हो। त्यसैले दम्पतीको चाहनाअनुरूप बेडरुम सिम्पल अनि सोबरका साथै स्टाइलिस पनि हुनुपर्छ।
पेन्ट ः बेडरुमका भित्तामा उपयुक्त रंग छनोट गरी वातावरणलाई रोमान्टिक बनाउन सकिन्छ। भित्तामा फरक-फरक खालको पेन्ट गराएर स्टाइलिस लुक दिनुपर्छ। पेन्टमा हार्ड डिस्टेम्पर, ओयल बाउन्ड डिस्टेम्पर, प्लास्टिक इमल्सन, एक्रेलिक, सिमेन्ट वा टेक्सचर पेन्ट्स गर्न सकिन्छ। क्रिस्टल पेन्ट गराउँदा राति भित्ता चम्किलो देखिन्छ। मिक्स एण्ड म्याच पेन्ट गराएर कोठाको वातावरण रोमान्टिक बनाउन सकिन्छ। कोठाको सिलिङमा सेतो रंग लगाउनु उचित हुन्छ। सजावटका लागि झुमर पनि प्रयोग गर्न सकिन्छ। भित्तामा पोस्टर वा मन पर्ने तस्बिर टाँग्न सकिन्छ।
फर्निचर ः फ्युजन लुकका लागि फर्निचरलाई स्क्वायर वा सर्कल सेपमा सेट गर्नु राम्रो हुन्छ। मेटल फर्निचर पनि बेडरुमलाई सिम्पल लुक प्रदान गर्न सहयोगी हुन्छ। स्टाइलिस लुकका लागि बेडको साइडमा ग्लास वाटर टेबल राख्न सकिन्छ। टेबलमाथि रंगी-बिरंगी फूलको सानो गमला, टेलिफोन एवं टेबल लेम्प सजाउन सकिन्छ। टेबलमा राखिने ग्ल्यामरस तस्बिरले पनि मुड फ्रेस गर्छ।
पर्दा ः पर्दाको रंग बेडसीटसित मिल्नुपर्छ। भित्ताको रंग हल्का छ भने पर्दा गाढा रंगको हुनुपर्छ। पर्दाका लागि पोलिसिल्क, पोल कटन, वायल सिल्क र कटन मिक्स फेबि्रक छनोट गर्नुपर्छ। दुई-तीन सेड्सका पर्दा प्रयोग गरी कोठालाई सुन्दर बनाउन सकिन्छ। ठूलो झ्याल छ भने पर्दा हेभी हुनुपर्छ। पर्दामा सी-ग्रेन, मरुन, गोल्डेन तथा मल्टी कलरको ट्रेन्ड छ। त्यस्तै कोठामा रातो रंगको गलैंचा ओछ्याएर वातावरणलाई रोमान्टिक बनाउन सकिन्छ।
डेकोरेसन ः टेबलमा मनी प्लान्ट वा बोन्साई राख्न सकिन्छ। रुममा क्यान्डल वा दियो बाल्न सकिन्छ। भुइँमा गुलाबको फूलको डिजाइन प्रयोग गरी कोठालाई अझ सुन्दर बनाउन सकिन्छ। कोठामा सुगन्ध छर्न रुम फ्रेसनर प्रयोग गर्नुपर्छ। नेचुरल फूल राख्न नसके आर्टिफिसियल फूल राख्नुपर्छ। फूलको सुन्दरता र दम्पतीबीचको आत्मीयताले कोठाको वातावरणलाई अझ रोमान्टिक बनाउँछ।
साभार : नारी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !