CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पोलिमर नोटको भ्रष्टाचारमा दरबार हत्याकाण्डको भूमिका !

पोलिमर नोटको भ्रष्टाचारमा दरबार हत्याकाण्डको भूमिका !

polymerRs10१० साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने १० रुपैयाँको नोट छाप्ने रिजर्भ बैंक अफ अस्ट्रेलियाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा अन्य कर्मचारीमाथि त्यहाँको अदातलमा भ्रष्टाचार मुद्दामा सुनुवाई सुरु भएको छ । नोट पि्रन्टिङ अस्ट्रेलिया
लिमिटेडका पूर्वअधिकारीले १० रुपैयाँ दरका नेपाली प्लास्टिक (पोलिमर) नोट छपाइमा राष्ट्र बैंक र नेपाल सरकारका अधिकारीलाई घुस नखुवाएको दाबी गरेका छन् ।
नोट पि्रन्टिङ अस्ट्रेलियाको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ अस्ट्रेलिया) को सहायक कम्पनी हो । नोट छपाइमा भ्रष्टाचारको मुद्दा खेपिरहेका कर्मचारीहरुले अस्ट्रेलियाको भिक्टोरिया मजिस्ट्रेट अदालतमा भएको सुनुवाईका क्रममा राजदरबार हत्याकाण्डका कारण नोटको डिजाइन परिवर्तन हुँदा छपाई मूल्य महँगो भएको बयान दिएका छन् ।
‘२००१ मा भएको राजदरबार हत्याकाण्डका कारण नोटको पुनः डिजाइन गर्नुपर्‍यो, पुनः डिजाइनसहितको खर्च व्योहोर्न छपाई मुख्य बढाइएको हो, घुस खुवाउन होइन, ‘ उनीहरुका कानुन व्यवसायीले अदालतमा दिइको बयान उदृत गर्दै ब्लुमबर्ग बिजनेस विकले जनाएको छ । मुद्दा फैसला हुन करिब दुई बर्ष लाग्ने बताइएको बिहीबार प्रकाशित नयाँ पत्रिकामा खबर छ ।
ठेक्का जित्न राष्ट्र बैंक, राजनीतिक दलका नेतालगायतलाई कमिसन खुवाउन घुस दिएको सार्वजनिक भएपछि नोट पि्रन्टिङ कम्पनीका उच्च तहका तत्कालीन अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis