एजेन्सी। भारतमा निकै ठूलो संख्यामा महिला शोषित हुने गरेका छन्। महिला हिंसा भारतको कुनाकुनामा व्याप्त छ। अशिक्षा, गरिबी र अचेतनाका कारण पनि भारतमा थुप्रै महिला हिंसा र शोषण सहन बाध्य छन्। यी यावत कारणले
कुनाकाप्चाका महिला शोषित हुनु भनेको कुरा सामान्य हो तर आलिसान महलमा बस्ने शिक्षित परिवारका महिला अझ भनौं सेलिब्रेटीहरु पनि शोषित भएका छन् भन्ने कुरासुन्दा सबैलाई अचम्म लाग्न सक्छ। बलिउडमा केही त्यस्ता सेलिब्रेटीहरु पनि छन् जो महिला हिंसाको सिकार हुन पुगेका छन्। मानसिक र शारिरीक रुपमै उनीहरु शोषित भएका छन्।
त्यसको सबैभन्दा लेटेष्ट उदाहरण हुन् बलिउड नायिका जीया खान। उनी आफ्ना प्रेमी सुरज पांचोलिबाट मानसिक र शारीरिक शोषणको सिकार हुन पुगिन् र सहन नसकी आत्महत्या गर्न बाध्य भइन्। न्यूयोर्कमा बसेर पढेकी जीया करिअर बनाउन बलिउडमा आएकी थिइन्। अमिताभ बच्चनसँग डेब्यू गरेकी थिइन् जियाले। सुरजसँग प्रेम सम्बन्धमा परेपछि उनले बारम्बार सुरजबाट धोका पाएकी, बलात्कार भएकी र आफूहरुको बच्चा समेत तुहाएको कुरा उनले लेखेकी ६ पेज लामो चिठ्ठीमा उल्लेख गरेकी थिइन् जुन उनको मृत्युपछि ब्यागबाट फेला परेको थियो।
त्यस्तै ऐश्वर्या राय बच्चन समेत महिला हिंसाको शिकार हुन पुगेकी थिइन्। उनले निकै शोषण खेपेकी थिइन् जब उनी सलमान खानसँग प्रेम सम्बन्धमा थिइन्। कच्चा उमेर, भर्खर भर्खर सफलताको बाटोमा लागेका सलमानले युवा उमेरमा थुप्रै गल्ती गरे। उनको पिउने बानी, झगडा गर्ने बानी, लगायतका बानीको शोषणमा परिन् ऐश्वर्या। सलमानले उनलाई हात समेत उठाएका थिए।
यस्तै अर्की बलिउड कलाकार जो चरम शोषणमा परिन्, उनी हुन् श्वेता तिवारी। टिभी एक्ट्रेस श्वेता अहिले बलिउडमा समेत पपुलर छिन्। तर उनले आफ्नै श्रीमान् राजा चौधरीबाट हिंसा खेप्नु पर्यो। उनले त्यही शोषण खप्न नसकी १४ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरिन्। उनले राजासँग डिभोर्स गरिन् र यातना र शोषणबाट मुक्त भइन्। उनले बारम्बार पुलिस स्टेशनमा आफूमाथि शोषणको रिपोर्ट लेखाएकी थिइन् र पछि घरेलु हिंसाको केस अदालतमा दर्ता गराईन्। केही वर्ष अघि हेर्ने हो भने जीनत अमान पनि हिंसाको शिकार भएकी नायिका हुन्। उनले श्रीमान् सञ्जय खानबाट बारम्बार यातना खेपेकी थिइन्। उनका श्रीमान्ले उनीमाथि हात पनि उठाउने गर्थे। एक पटक त सञ्जयले उनलाई पिटेर आँखामुनी दाग नै बसेको थियो। डिम्पी महाजन अर्की सेलिब्रेटी हुन् जो घरेलु हिंसाको शिकार भएकी छिन्। डिम्पीले एक रियालिटी शो ‘श्वयंवर’ बाट राहुल महाजनसँग विहे गरेकी थिइन्। तरपछि थाहा पाइन् कि राहुल एब बिग्रिएको केटा रहेछन्। राहुलले डिम्पीमाथि हात मात्र उठाउँदैन थिए उनलाई तर्साउन बन्दुक समेत देखाउने गर्थे। टिभी एक्ट्रेस ऋचा गुरजारीले पनि उनको श्रीमान् र श्रीमान्का परिवारबाट यातना खेप्नु परेको थियो। उनीमाथि दिनहुँ हात उठाइन्थ्यो भने कैयौं दिन भोकभाकै समेत बस्नु परेको थियो। पूर्व मिस वर्ल्ड युक्ता मुखीले समेत श्रीमान्का विरुद्ध घरेलु हिंसाको केस दर्ता गराएकी थिइन्।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !