CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » शेरेले नाङ्गै आएर ढोका खोलेछ। : आजको जोकहरु

शेरेले नाङ्गै आएर ढोका खोलेछ। : आजको जोकहरु


शेरे बाथरुममा नाङ्गै नुहाउँदै रहेछ। एउटी केटी आएर घरको ढोका ढक-ढक गरिछे, शेरेले नाङ्गै आएर ढोका खोलेछ। 

केटी ः -लाज मान्दै) केही त लगाउनुपर्छ नि।

शेरे दौडिँदै भित्र गएछ, अनि 

चप्पल लगाएर बाहिर आएछ। 

०००

तीन जना जँड्याहा ट्याक्सीमा बसेछन्। ट्याक्सी ड्राइभरलाई थाहा रहेछ, तिनीहरू झ्याप छन्। त्यसैले उसले ट्याक्सीको इन्जिन स्टार्ट गरेछ अनि अफ गरेछ र भनेछ- ल तपाईंहरू ओर्लने ठाउँ आयो, झर्नुस्....।

पहिलोले पैसा दिएछ। दोस्रोले थ्याङ्क यु भनेछ...अनि तेस्रोले ड्राइभरको गालामा एक झापड बजाएछ। 

तेस्रोले थाहा पाएछ क्यारे भनेर ड्राइभरले डराउँदै सोधेछ ः किन झापड हान्नुभएको सर ?

तेस्रोले जवाफ दियो ः साला, अबदेखि ट्याक्सी अलि बिस्तारै हाँक्, हामीलाई धन्नै मारिनथिस्...

०००

माग्नेबूढाको दाँत कीराले खाएछ। दाँत साह्रै दुखेपछि माग्नेबूढाले शेरेसँग सल्लाह मागेछ। शेरेले भनेछ ः चार दिनसम्म बिहान-बेलुका दूध र बिस्कुट खा अनि पाँचौं दिन दुध मात्र खा कीरा आफैं निस्कन्छ, माग्ने बूढाले पनि चार दिनसम्म दूध र बिस्कुट खाएछ। 

अनि पाँचौं दिन दूध मात्र खाएछ। एकछिनपछि दाँतको कीरा बाहिर निस्केछ र भनेछ ः आज बिस्कुट छैन ?

०००

कसैले हतियार बेचेर खाए, केहीले मतियार भएर खाए 

केहीले तरबार बेचेर खाए केहीले दरबार बेचेर खाए

केहीले जमानी बसेर खाए, केहीले सिंहदरबार पसेर खाए

केहीले खोला चुसेर खाए, केहीले सीमा लुछेर खाए। 

केहीले जुत्ता सिलाएर खाए, केहीले फाइल मिलाएर खाए। 

केहीले चोरेर खाए केहीले ढुकुटी फोरेर खाए

कसैले दागा धरेर खाए, कसैले सहर झरेर खाए

खानेले मजाले खाए, नपाउनेले दाह्रा ङच्िचाए। 

०००

मन्दिरमा प्रवचन भैरहेको थियो। प्रवचन दिने गुरुले भक्तहरूसँग भनेछन्।

गुरु ः तपाईंहरूमध्ये जो-जो स्वर्ग जान चाहनुहुन्छ, उसले आफ्नो हात उठाउनुहोला! त्यसपछि शेरेकी बूढी र सासूले हात उठाएछन् तर शेरेले उठाएनछ। 

गुरु ः के तिमी स्वर्ग जान चाहँदैनौ ?

शेरे ः गुरुजी, यिनीहरू दुई जना गएपछि त यही पृथ्वी नै स्वर्ग भैहाल्छ नि  !

०००

शेरेको छोरो ः मिस, तपाईंलाई म कस्तो लाग्छु ?

मिस ः -शेरेको छोराको गाला मुसार्दै) तिमी साह्रै राम्रा छौ, प्यारा लाग्छौ। 

शेरेको छोरो ः -आफ्ना साथीहरूसँग) देख्यौ  ! मैले तिमीहरूलाई पहिले नै भनेको होइन,  यी मिसले मलाई लाइन मार्छिन् भनेर ?

०००

लामो समयदेखि शेरेको छोरा एउटा घरको ढोकामा भएको घण्टी बजाउन खोजिरहेको थियो, तर भेट्न सकिरहेको थिएन। बाटोमा हिँडिरहेको मान्छे आएर सोधेछ ः बाबु, के गर्न लागेको ?

शेरेको छोरो ः मैले त्यो घण्टी बजाउन खोजेको ?

मान्छे ः ल म बजाइदिन्छु -घन्टी बजाउँदै) अब के गर्ने बाबु ?

शेरेको छोरो ः अब भागौं अङ्कल, नत्र यो घरको बूढोले मार्छ। 

०००

युवती ः तिमीलाई एउटा कुरा भन्नु थियो। 

शेरे ः भन न।

युवती ः यसरी होइन के, खुसुक्क भन्ने कुरा हो क्या ?

शेरे ः केही फरक पर्दैन, भन न...

युवती ः यत्रो मानिसको बीचमा लाज लाग्छ। 

शेरे ः -खुसी हुँदै) ल त नि कानमै भन न त।

युवती ः तिम्रो पाइन्टको चेन खुला छ। 

०००

एक दिन शेरे अफिसबाट हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ। घर पुगेपछि शेरेले हाकिमलाई आफ्नी श्रीमतीसँग देखेछ। त्यसपछि शेरेले के गर्‍यो होला ???

त्यसपछि शेरे दौडँदै फेरी अफिस पुगेछ अनि भनेछ ः धन्न बाँचियो, हाकिमले देखेनन्। 

०००

एउटा युवक क्याफेमा जान्छ। युवती एक्लै टेबलमा बसेको देखेर युवक ती युवतीको नजिक गएर भन्छ ः के म तपाईंको साथमा एउटै टेबलमा बस्न सक्छु ?

युवती ः -जोडसँग चिच्याउँदै) हुँदैन। आजको रात म तिमीसँग बिताउन सक्दिन। 

क्याफेमा उपस्थित सबै मानिसले युवकलाई हेर्न थाल्छन्। 

युवक लाजले भुतुक्कै हुन्छ। 

केही समयपछि युवती युवकको नजिक आएर भन्छे ः वास्तवमा म मानिसको स्वभावका सम्बन्धमा अध्ययन-अनुन्धान गर्दैछु कि लाज लागेपछि मानिसले कस्तो महसुस गर्छ।

युवक ः -जोडले चिच्याउँदै ) के रे? एक रातको १० हजार, केही काम गर काम, बुझ्यौ ? 

युवकको कुरा सुनेर सबै युवतीलाई हेर्दै हाँस्न थाल्छन्। 

केही समय पछि युवकले युवतीको कानमा भन्यो ः 'ल अब महसुस गर राम्रोसँग'

०००

युवती ः डाक्टरसा'ब, मेरो ओठमा इन्फेक्सन भयो, हेरिदिनुपर्‍यो। 

डाक्टर ः किस कति पटक गछ्र्यौ ?

युवती ः त्यस्तै वर्षमा एकपटक। 

डाक्टर ः त्यसो भए, इन्फेक्सन होइन, खिया लाग्यो खिया  !!

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis