CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » केही अर्ब रुपियाँ सहित आकाशमै बिलायो बीबी एयरवेज

केही अर्ब रुपियाँ सहित आकाशमै बिलायो बीबी एयरवेज

bbairwaysनेपाली आकाशमा नौलो परिवर्तन गर्ने जस्ता ठूल्ठूला कुरा खोकेर तामझामका साथ सुरु भएको बीबी एयरवेजको सञ्चालन अनुमति खारेज भएको छ। नौलो परिवर्तन गर्न नपाउँदै तीन महिनामै यो आकाशमै बिलाउन पुगेको छ। योसँगै लगानीकर्ताको केही अर्ब रुपियाँ पनि झ्वाम् भएको छ। ध्वजावाहकको बिजोग भइरहेको स्थितिमा यो एयरवेज
आउने समाचार आउँदा नै शंका लागेको थियो- इन्टरन्यासनल एयरवेजको म्यानेजमेन्ट गर्ने काम त निकै गाह्रो हो, सक्लान् र ! आँखै अगाडि भारतको किङफिसर हेर्दाहेर्दै डुबेको कान्ड ताजै थियो। विमानै किनेको भए पनि लौ जेनतेन चलाउलान् केही वर्ष भन्ने हुन्थ्यो तर सुरुवातै उसले कम्बोडियाको टोन्लेसापसँग वेट लिजमा एउटा बोइङ किनेर गर्‍यो। यसरी भाडामा विमान चलाउन त झन् चुस्त व्यवस्थापन पो चाहिन्छ त। 
Untitled-8
वेट लिज भनेको विमान चालक दलका सदस्य (पाइलट, एयरहोस्टेस सबै) समेत भाडामा लिनु हो।
तर पनि गफ ठूलै दिइयो- एक महिनाभित्र अर्को बोइङ ७५७-२०० ल्याउने, अनि फेरि अर्को ७६७-३०० बोइङ पनि दुई वटा ल्याउने। असोज २५ मा मलेसिया उडान सुरु गरेपछि हङकङ र अस्ट्रेलिया र युरोप हुँदै अमेरिका उडाउने योजना सार्वजनिक गरिएको थियो। अनुमति पनि नयाँ दिल्ली, ब्याङ्कक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडाउने पाइसकेको थियो।
srishti
तत्कालीन मिस नेपाल सृष्टि श्रेष्ठदेखि आनी छोइङ डोल्मासम्मलाई ब्रान्ड एम्बेसडर बनाइयो। तर यो तामझाम तीन महिनाभन्दा बढी टिकेन। भन्नलाई नियमित मर्मतका लागि भनिए पनि खै कुन्नि किन हो टोन्लेसापले विमान लगेपछि बीबी एयरवेज धराशायी भयो। न उसले अर्को कुनै विमान तत्काल ल्याउन सक्यो, न अब के भन्न सक्यो।
मलेसियाको दामी रुटमा हप्ताको चार पटक उडान भरे पनि बाँकी अनुमति पाएको रुटमा उडानै भर्न सकेन। बीबी एयर स्रोतका अनुसार हङकङमा एक पटक उडे पनि त्यहाँको पार्किङ शुल्कमा कुरा नमिलेपछि यात्रुलाई काठमाडौँ नै फर्काएर अर्कै विमानमा राखेर पठाउनु परेको थियो। विमान टोन्लेसापले लगेपछि मलेसिया उडानको पनि टिकट काटिसकेका यात्रुहरु अलपत्र परेका थिए। उनीहरुलाई अर्कै कम्पनीको विमानमा राखेर पठाउनु परेको थियो।
बीबी एयरवेजको व्यवस्थापन समूह। फोटो साभारः बीबी एयरवेजको फेसबुक पेज
बीबी एयरवेजको व्यवस्थापन समूह। फोटो साभारः बीबी एयरवेजको फेसबुक पेज

बीबी एयरवेजमा गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआई ग्रुपको लगानी थियो। त्यसैले पैसाले पेलेर विमानै किनेर यो एयरवेज चलाउलान् कि भन्ने त्यतिबेलाको तामझाम देख्दा भ्रम भएको थियो। तर झुर व्यवस्थापनका कारण तीन महिनापछि यो खत्तम भयो र अहिले अनुमति खारेजीसम्मको अवस्थामा आइपुग्यो।

किन पटक पटक असफल ?

नेपालका कुनै पनि कम्पनीले अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन गर्न नसकेको देख्दा अचम्मै लाग्छ। ध्वजावाहक नेपाल एयरलाइन्स त तैबिसेक राजनीतिक हस्तक्षेपका बावजुद जेनतेन नाम जोगाइरहेको छ। सुरुमा नेकोन एयरले भारतको पटना र बनारसबाट अन्तर्राष्ट्रिय उडान थालेको थियो। बोइङ किन्ने योजना बनाएको यो कम्पनी खारेज हुने गरी ध्वस्त हुनपुग्यो।
flyyeti
त्यसपछि यति एयरलाइन्सले पनि फ्लाइ यतिको नामबाट फुटुरा इन्टरन्यासनल एयरवेजबाट बोइङ ७३७-८०० भाडामा लिएर मलेसिया, कतार र युएई उडेको थियो। अझ ब्याङ्कक, दिल्ली र हङकङ पनि उड्ने योजनामा थियो। घरेलु उडानमा सफलता पाउन सफल भएको यतिको व्यवस्थापन अन्तर्राष्ट्रिय अपरेसनमा भने चुक्न पुग्यो। त्यसैले एयर अरेबियासँगको साझेदारीमा सुरु भएको फ्लाइ यति १६ जुलाई सन् २००८ मा बन्द हुनपुग्यो। यतिको घरेलु उडान भने अहिलेसम्म कायमै छ।
घरेलु उडानमा सफल बुद्ध एयरले समेत अन्तर्राष्ट्रिय उडानका रुपमा भुटानको पारोसम्मको उडानलाई निरन्तरता दिन सकेन। अहिले बुद्धका विमान अन्तर्राष्ट्रिय उडानका नाममा भारतको बनारस एक ठाउँमा मात्रै उड्छ।
अन्तर्राष्ट्रिय उडानको अनुमति पाएर पनि सञ्चालन गर्न नसक्ने सुरेन्द्र मल्ल सञ्चालक रहेको अल्पाइन एयरको अनुमति पनि खारेज भएको छ। यसको कथा पनि झन् रोचक छ। उसले बहराइन एयरको एयरबस ए३१९–१०० जहाज नौ महिनाका लागि ‘वेट लिज’ मा लिएको थियो। तर विमानै आइपुगेन, कसरी उडान गर्ने !
यस्तै देखेर होला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोलीले ‘जहाज नहुने वायुसेवा कम्पनीको सञ्चालन अनुमति प्रमाणपत्र नवीकरण नगरी खारेजै गर्नुपर्ने’ सुझाव दिएको रहेछ।
पटक पटकको यो असफलता देखेपछि प्रश्न उठ्छ, हैन हामीसित दरियो म्यानेजर नरहेकै हो त ? अन्तर्राष्ट्रिय विमान कम्पनीको म्यानेजमेन्ट गर्न हामी अक्षमै भएका हौँ त ? अहिलेसम्मको नतिजाले त यही देखाउँछ।
बीबी एयरवेजको व्यवस्थापनले कम्तिमा एउटा काम राम्रो गर्‍यो। उसले किङफिसर एयरलाइन्सले जस्तो कर्मचारीलाई तलबै दिन नसकेर परिवारले आत्महत्या गर्नुपर्ने स्थिति आउन दिएन। यसलाई भने सकारात्मक रुपमा लिउँ।
[बीबी एयरमा तपाईँले पनि यात्रा गर्नुभएको थियो कि ? आफ्नो अनुभव तल कमेन्टमा बताउनुस्। नेपालीहरु किन अन्तर्राष्ट्रिय उडान गर्ने विमान सेवाको व्यवस्थापनमा असफल भएका हुन्? तपाईँलाई केही थाहा छ कि ? ]
साभार ; माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis