CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नपुंशक बन्ने हो भने यस्तो यस्तो गर्नुस

नपुंशक बन्ने हो भने यस्तो यस्तो गर्नुस

ldfldflमानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंशक हुनुका विभिन्न कारण हुनसक्छन् । मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागु औषधको लत, धुम्रपान, मोटोपन, मधुमेह, हृदयरोग तथा उच्च रक्तचाप जस्ता समस्याहरुले कालान्तरमा
मानिसलाई नपुंशक बनाउन सक्छन् ।
पछिल्लो एक अध्ययनले आउँदा वर्षहरुमा विश्वमा प्रजनन क्षमता गुमाउने मानिसहरुको संख्या झनै बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंशक मानिसहरुमध्ये सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ । मानिसलाई नपुशंक बनाउने तत्वमध्ये विश्व उष्ण्िाकरण तथा जलवायु परिवर्तन समेत महत्वपूर्ण कारकतत्व बन्ने विज्ञहरु बताउँछन् । यसका साथै अनियमित जिवनशैलीले समेत प्रजनन क्षमता नष्ट गर्नमा सहयोग गर्छ । विज्ञहरुका अनुसार विश्वमा नपुंशकताका सिकार भएका मध्ये सबैभन्दा धेरै मानिस एशिया, अफि्रका र उत्तर अमेरिकामा छन् ।
खानपानमा विशेष ध्यान दिने, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने जस्ता विषयमा ध्यान नपूराउनेहो भने नपुंशकताको सिकार बन्ने मानिसहरुको संख्या बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । मानिसमा नपुंशकताको खतरा बढाउने आदत यस्ता छन् :
१. धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर पूराउँछ । नियमित रुपमा अत्यधिक चिया तथा कफी पिउँदा कालान्तरमा मानिस नपुंशक बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ
२.बढि पिरो, चिल्लो, अमिलो तथा गर्मी खानेकुराको सेवन पनि प्रजनन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा विर्यको गुणस्तर तथा शुक्रकिटको संख्यामा कमी ल्याउने बताइन्छ ।
३.सुतेको बेला घुर्ने बानी छ भने पनि सतर्क हुनुहोस् । घुर्ने बानीले समेत तपाइँलाई नपुंशक बनाउन सक्छ । तपाइ घुर्नुको अर्थ के हो भने तपाइँले सुतेको बेला राम्रोसँग स्वास लिन पाउनुभएको छैन । राम्रोसँग नसुत्नु तथा राम्रो निद्रा नपर्नु पनि नपुंशकतासँग सम्बन्धित भएको विभिन्न अध्ययनले देखाएका छन् । घुर्ने व्यक्तिको सुतेको समयमा रगतमा राम्रोसँग अक्सिजन प्रवाह नहुने भएकाले त्यसले प्रजनन क्षमतामा समेत नराम्रो असर पूराउँछ । त्यसैले आफ्नो घुर्ने बानीलाई कम गरी राम्रोसँग सुत्ने गर्नुहोस् ।
४.धूमपानले पनि मानिसलाई नपुंशक बनाउने खतरा हुन्छ । धूमपानका कारण मानिसको रक्तसंचारमा असर पर्छ । रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर हुनु हो ।
५. मोटोपन बढ्नु भनेको शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका लागि निकै खराब विषय हो । यसको सिधा असर मानिसको यौन क्षमता तथा प्रजनन स्वास्थ्यमा समेत पर्छ । मोटोपनले विभिन्न खाले रक्त तथा हृदयरोग निम्ताउनुका साथै मानिसको प्रजनन क्षमतामा समेत खलल पूराउँछ । त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ ।
६. पर्याप्त निद्रा नलिने मानिसमा पनि नपुंशकताको खतरा बढ्छ । दिनको ८ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन सरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ । पर्याप्त समय नसुत्नाले सरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन क्षमतामा ह्रास ल्याउँछ र नपुंशकताको खतरा बढाउँछ ।
६. जाँड रक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरु बताउँछन् । मध्यपानले सरीरमा रक्तप्रवाह सुस्त बनाउनुका साथै प्रजनन अंगहरुमा हुने रक्तप्रवाहलाई समेत असर पूराउने विज्ञहरुको भनाइ छ ।
७. जंक फुडको सेवन बढि गर्ने मानिसको सरीरमा आवश्यक पोषणको कमी हुन्छ । यस्तो कमी पूर्ति गर्नका लागि भन्दै विभिन्न खाले औषधि तथा चक्की खाने बानीले समेत अन्ततः मानिसको प्रजनन क्षमतामा असर पूराउँछ । यस्ता सप्लिमेन्टले सरीरमा आवश्यक भिटामिन तथा मिनिरल्सको आपूर्तिमा सहयोग पूराउने भएपनि सप्लिमेन्टस्ले विभिन्न साइड इफेक्ट पूराउँछन् ।
८.तनाव पनि नपुंशकताको कारक बन्न सक्छ । यदि मानिसको जिवनशैली निकै तनावपूर्ण छ भने उसको यौन क्षमतामा कमी आउँछ । दैनिक रुपमा कामकाजमा तनाव लिइरहने मानिसमा नपुंशकताको समस्या आउने खतरा बढि हुने विज्ञहरु बताउँछन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis