CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पाखे कर्मचारीको अङ्ग्रेजी रामराम ! ‘Resturent’ मा ‘Scele Labour’ –

पाखे कर्मचारीको अङ्ग्रेजी रामराम ! ‘Resturent’ मा ‘Scele Labour’ –

scele1
एकजना साथी पासपोर्टको लागि फारम भर्नुपर्‍यो भनेर मेरो अफिसमा आए। अहिले मेसिनले पढ्न सक्ने एमआरपी पासपोर्ट बनाउन फारम कम्प्युटरमा नै भर्नुपर्छ। त्यतिमात्र नभएर भनिएकै साइजमा प्रिन्ट निकाल्नुपर्ने। कम्प्युटरको गहिरो ज्ञान नभएका जुनसुकै देशमा बसेका नेपालीलाई यो एउटा टाउको दुखाई बनेको छ यतिखेर। उनको
पासपोर्टमा लेखिएका केही कुराहरू हेर्दै जाँदा मेरो गान्धी डिभिजनको अंग्रेजीले पनि गल्तीहरु फेला पार्‍यो। जापान आएकोमा मलाई पश्चाताप लागिराछ भन्या। मेरो गान्धी डिभिजनको अंग्रेजीले त सरकारी जागिर नै खान सक्ने रहेछ नि झैं लाग्यो। वैदेशिक रोजगार विभागमा काम गर्ने कर्मचारीको अंग्रेजीलाई मेरो झम्केपानी अंग्रेजीले च्यालेन्ज दियो भन्या। नेपालको त्यत्रो ठूलो सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको गल्ती पत्ता लगाउन सकेकोमा मेरो झम्केपानी अंग्रेजीप्रति मलाई गर्व लागेको छ।
scele1
माथिको फोटो हेर्नुहोला। यसमा रातो घेरा लगाइएको नेपालको सरकारी कर्मचारी महाशयले लेख्नुभएको अंग्रेजी अनि उतापट्टी रातो अक्षरले लेखिएको चाहिँ मैले सच्याएको शुद्ध अंग्रेजी।
रेष्टुरेन्टको स्पेलिङ शुद्ध लेख्न नसक्ने, स्किल लेबरमा स्किलको स्पेलिङ शुद्ध लेख्न नसक्ने तिमी कस्तो कर्मचारी हौ ? लौ जा मैले त तिमी नै भनिदिएँ । मभन्दा कमजोर मान्छेलाई किन मैले तपाईँ भनिरहने ?
लेख्न नआएर त रेष्टुरेन्ट लेख्दा लटरपटर पारेर लेखेको छ तर स्किल लेबर लेख्दा Scele Labour लेखेका छौ। Scele नभइकन Skill हो। पूरा लेख्नुपर्दा Skilled Labour बेलायती अङ्ग्रेजी अनुसार अनि Skilled Labor अमेरिकी अङ्ग्रेजी अनुसार हुन्छ। Scele भन्ने शब्द त अक्सफोर्ड डिक्सनरीले नि देखाउँदैन। त्यसको अर्थ मलाई बताइ दिन सक्छौ ? सक्छौ भने के अर्थ हुन्छ बताइ देऊ। के थाहा अक्सफोर्डले अर्को स‍ंस्करणमा त्यो शब्द पनि हाल्दिन्छ कि ! होइन भने तिम्रो काम अनुसार तिमीलाई त्यो ठाम, दाम र नाम केही पनि सुहाएन। कि जागिर खाने बेलामा छिमेकी राष्ट्रबाट खरीद गरिएको हो तिम्रो शैक्षिक हतियार ? होइन भने २/३ कक्षामा पढ्ने केटाकेटीले पनि शुद्द लेख्न सक्ने अङ्ग्रेजीको स्पेलिङ तिमी किन लेख्न सक्दैनौ हँ? फुर्सदको बेलामा कसलाई ठग्न पाउँला भनेर नसोचिकन अङ्ग्रेजी पढ्ने बानी गर्नू। अंग्रेजी नजान्ने दाजुभाइहरूलार्इ त के थाहा आफ्नो पासपोर्टमा के लेखिदिएको छ भनेर। तर उसले काम गर्न जान लागेको देशको एयरपोर्टमा के काम गर्छौ भनेर सोधे भने के भन्ने ? Scele labour भन्ने कुन खाले भिसाको प्रकार हो ? नेपालीको ठाउँमा त्यस्तो लेखाई विदेशीको पासपोर्ट अर्थात उनीहरूलाई दिइने कागजपत्रमा लेखियो भने के हुन्छ ? कति घटिया र असक्षम कर्मचारी हुन्छन् नेपालको सरकारी कार्यालयमा भन्ने सीधै थाहा पाउँछन। हेर नेपालको बेइज्जत।
जापान आउनु भन्दा अगाडि मेरो पासपोर्ट बनाउन जाँदा विदेशमा आपतकालिन अवस्था परेको खन्डमा सम्पर्क व्यक्तिको नाममा मेरो श्रीमतीको नाम स्पेलिङ बिगारिदिए सुब्बा साहेबले। यो अशुद्द भएछ, बिगारी दिनुभएछ भन्दा उनले त्यो हामीलाई मतलब हुँदैन भने। उनले नै कागजपत्र बनाउने अनि उनलाई नै मतलब नहुने कस्तो परिपाटी हो यो ? तिमी कर्मचारीहरूलाई त त्यहाँ बसेर सीधासाधालाई लुट्न पाए भयो के मतलब हुन्थ्यो र। बिचरा सिधासाधाहरूले विदेशी भूमिमा यस्तो लेखिएको कागजपत्र देखाएर के भन्ने ? गर्ने भए नाम र ठाम अनुसारको काम गर्नु होइन भने हामीले दुःख गरेर कमाएर पठाएको रेमिट्यान्सले तिमीलाई पोल्नेछ। धिक्कार छ तिमीजस्ता कर्मचारीलार्इ।
-ऋतुकुमार दुरा-
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis