CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » मध्यरात साढे १२ बजेसम्मको वार्तापछि ९४ सदस्य थप्ने सहमति, संविधान सभामा अब ५८५ सदस्य हुने

मध्यरात साढे १२ बजेसम्मको वार्तापछि ९४ सदस्य थप्ने सहमति, संविधान सभामा अब ५८५ सदस्य हुने

chartवैद्य बाको ड्यास माओवादी बहिस्कारकै अडानमा कायम रहे पनि आज मध्यरात साढे १२ बजेसम्म भएको वार्तापछि चुनाव होला होला जस्तो पारा आयो है। उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक
मोर्चासँग चार दलका टाउके नेताहरुको उच्चस्तरीय समितिबीच भएको छ बूँदे सहमतिले संविधान सभाको समानुपातिक सदस्य संख्या थप्ने सहमति गरेको छ। यसअनुसार अब संविधान सभामा ५८५ सदस्य हुनेछन्। यसअघिको संविधान सभामा ६०१ सदस्य थिए। पछि चार दल आफू आफूमात्र मिलेर ४९१ सदस्य बनाउने निर्णय गरेका थिए। कहाँ हुन्छ त्यस्तो, समानुपातिक बढाउनु पर्छ भन्दै अशोक राईहरुको पार्टी र उपेन्द्र यादवको पार्टी उफ्रेका थिए र बहिस्कार गर्छौँ भन्दै थिए। 
उपेन्द्र यादवको मोर्चासँग भएको सहमति अनुसार अब पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ २४०, समानुपातिकतर्फ ३३५ र मन्त्रिपरिषद्बाट मनोनीत १० जना गरी ५८५ जना सदस्य संविधान सभामा रहने छन्।
चार दलीय सिन्डिकेटले पहिले नै गरिसकेको निर्णय अब फेरि सच्याउनु पर्ने भएको छ। यसका लागि अध्यादेश ल्याएर फेरि एक पटक कानुन मिच्नु पर्ने भएको छ। सहमति कार्यान्वयनका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्न राष्ट्रपति र नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय आजको बैठकले गरेको छ।
अरु के के सहमति भए त ?
• मतदाता नामावली अद्यावधिक गर्न दुई हप्ता समय थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने,
• संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि बढाउने,
• उच्चस्तरीय राजनीतिक समितिमा सङ्घीय लोकतान्त्रिक मोर्चा सहभागी हुने र अन्य महत्वपूर्ण दलहरुलाई पनि सहभागी गराउने
• संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आमजनसमुदायलाई आग्रह गर्ने
• विगतको २४० निर्वाचन क्षेत्र र क्षेत्रहरुको सिमाङ्कनलाई यथावत कायम राख्ने
चार दलीय सिन्डिकेट उच्चस्तरीय समितिका तर्फबाट एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ र मोर्चाका तर्फबाट प्रवक्ता पर्शुराम तामाङले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
वार्तामा आलोपालो गरेर संयोजक हुने व्यवस्था रहेको उच्चस्तरीय समितिका अहिलेका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजय गच्छदार तथा सङ्घीय लोकतान्त्रिक मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेतका नेताहरु सहभागी थिए।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis