'युवालाई सास फेर्न देऊ’
काठमाडौ, आश्विन ४ -
जयदीप सहानी -४५) पछिल्लो समयमा बलिउडमा स्थापित लेखक हुन् । कम्प्युटर इन्जिनियरबाट फिल्म लेखक बनेका साहनीलाई सानो सहरको मनोविज्ञानमाथि पकड भएका लेखक मानिन्छ । ँकम्पनी’, ँखोसलाका घोंसला’, ँचक दे इन्डिया’,
ँरकेट सिंह’, ँबन्टी और बल्ली’ र ँशुद्ध देसी रोमान्स’ उनले लेखेका केही चर्चित फिल्म हुन् । जयदीपसँग ँओपन’ पत्रिकाले गरेको वार्तालापको अनुदित तथा सम्पादित अंश ।
तपाईंका फिल्महरू भिन्न जनराका छन् तर प्रायः सबैजसो चलेका छन् । फिल्म लेखन वा दर्शकको रुचिका बारे तपाईंलाई त्यस्तो के थाहा छ, जो अरूले जान्दैनन् ?
मलाई त्यस्तो केही थाहा छैन । म आपmनो समाजको एउटा हिस्सा हुँ । यसमा केही कुरा मलाई मन पर्नेछन्, केहीले मलाई उकुसमुकुस बनाउँछन्, केही साह्रै नै दिक्क लगाउने कुरा पनि समाजमा छन् । म यसका बारे कथा लख्छु । आपmनै मान्छे र समुदायका बारे लेख्ने हो यसैले कसैको डर मान्दिनँ । कथा राम्राे भएछ भने मान्छेले 'एकदम सही लेख्नुभएछ, ठ्याक्कै यस्तो हो' भन्छन्, भएन भने 'अरे यार आज तिमीले बोर गर्यौ' भन्छन् । यस्तो भने भने ठीकै छ अर्कोपटक अलि गतिलो गर्छु भन्छु । फिल्मको प्रकार, जनरा, सिनेमा भन्ने टाइपका कुराहरू मलाई थाहा छैन । मलाई यसको धेरै ज्ञान लिनु पनि छैन । मैले आजसम्म कुनै पनि फिल्म लेख्दा रिसर्च गरेको छैन । रिसर्च गरेको भए 'खोसलाका घोंसला' कहिल्यै लेखिने थिएन । केटी खेलाडीहरूको कथामा शाहरुख खानलाई बिनाहिरोइनको हिरो बनाएर फिल्म लेखिने थिएन । मेरा लागि फिल्म भनेको एउटा भावनात्मक उत्पादन हो । एउटा कथावाचकको रूपमा तपाईंको काम आफूलाई मन परेको वा विश्वास भएको कथा भन्ने हो, अरू कुराको पछि लागेर लेखिएको कुराले दर्शकलाई निराश नै बनाउँछ ।
तर, तपाईं त कथा लेख्ने ठाउँमै पुगेर रिसर्च गर्ने मान्छे भनेर चिनिनुहुन्छ ?
मेरो तरिका कुनै वैज्ञानिक रिसर्च होइन । कुनै कुरामा मलाई जिज्ञासा भयो भने म खोज्न पुग्छु । म टिपिकल फिल्मी मान्छे होइन । स्त्रिmप्ट लेख्नुपर्ने बाध्यताका कारण पनि म स्त्रिmप्ट लेख्दिनँ । कुनै कुराले उद्वेलित गर्यो वा जिज्ञासु बनायो भने म लेख्छु । मेरा लागि यो प्रेममा परेजस्तो हो । यस्तो किन हुन्छ मलाई थाहा छैन । त्यसपछि म त्यो विषयमा झन् धेरै कुरा जान्न उत्सुक हुन्छु । अनि म घुम्न निस्किन्छु । त्यो विषयसँग सम्बन्धित ठाउँहरूमा पुग्छु । अलिकति घाम खायो, अलिकति हावा खायो, अलिकति माटोको स्वाद चाख्यो । कहिलेकाहीं यही प्रक्रियाबाट फिल्मको स्त्रिmप्ट पनि बन्छ । कहिलेकाहीं त्यो विषय फिल्मको लागि उपयुक्त भएन भने म पछि किताब लेख्नेछु भनेर डायरीमा राख्छु । मेरा फिल्म स्त्रिmप्ट जहिले पनि अरू काम गर्दा बनेका 'बाइप्रोडक्ट' हुन् । म फिल्म नै लेख्नका लागि भनेर काम गर्दिनँ । प्रतिस्पर्धा गरेर पनि लेख्दिनँ ।
तपाईंको काम गर्ने तरिका पनि फरक छ । तपाईं फिल्मको आइडियादेखि रिलिजसम्म सबै प्रक्रियामा सहभागी हुनुहन्छ, होइन ?
हो । र, यसको कारण चाहिँ त्यो कथाप्रति मेरो प्रतिबद्धता हो । हुन त एउटा फिल्मका लागि निर्देशकदेखि कलाकारसम्म सबै चिन्तित र जिम्मेवार हुन्छन् । तर, मलाई लाग्छ यिनले जुन चरित्रमा काम गरिरहेका छन्, ती मेरा चरित्र हुन् । जसरी तिनको मेकअप गरिन्छ, जस्ता लुगा लगाइन्छ वा जसरी तिनलाई बोल्न लगाइन्छ त्यससँग मेरो सरोकार हुन्छ । यसैले म सुटिङदेखि पहिलो पि्रन्ट हेर्दासम्म फिल्मबाट अलग हुन सक्दिनँ । यो मेरो भ्रम पनि हुन सक्छ, जबसम्म फिल्म रिलिज हुँदैन त्यसमा मेरो प्राण अडि्कएको हुन्छ ।
तपाईं आपmनो विषयप्रति कति गम्भीर हुनुहुन्छ ?
मैले स्त्रिmप्टमा जुन मानिसहरूको प्रतिनिधित्व गराइरहेको हुन्छु, तिनका प्रति म जिम्मेवारी महसुस गर्छु । म तिनको सही प्रस्तुति हुनुपर्छ भन्ने कुरामा सजग हुन्छु । मेरो जीवनको सबभन्दा खुसीको दिन 'चक दे इन्डिया' हेरेर खेलाडीले मलाई 'तिमीले मलाई र मेरो भावनालाई बुभmयौं' भनेको दिन थियो । वा कुनै व्यापारीले यही कुरा भन्यो भने पनि म खुसी हुनेछु । म फिल्म मेकिङको प्रक्रियालाई साँच्चिकै मन पराउँछु । मेरा लागि फिल्मको सुटिङ वा निर्माण पक्रिया भनेको स्कुलको वाषिर्क उत्सवजस्तो हुन्छ ।
ँशुद्ध देशी रोमान्स’ का पात्र र जयपुर सहरको के कुराले तपाईंलाई आकषिर्त गर्यो ?
जयपुर, लखनउ, इन्दोर, कोचीजस्ता सहरहरूले मलाई जहिल्यै आकषिर्त गर्छन् । यी सहरहरू इन्डियालाई चलाउने इन्जिन हुन् । यी सहरहरू मेट्रोभन्दा फरक छन्, जो विश्वस्तरका छन् र अर्कै ढंगले चल्छन् । बलिउडले यस्ता सहरका मानिसले अंग्रेजीभन्दा हिन्दी बढी बोल्ने भएकाले यिनलाई 'साना सहर'का रूपमा पेस गर्छ । तर, यी त्यस्ता साना सहर होइनन्, खास गतिविधि त यस्ता सहरमा भइरहेको हुन्छ । यिनमा एक किसिमको ऊर्जा हुन्छ । यस्ता सहरको सबभन्दा गजब पक्ष के हो भने यहाँका मानिसको खुट्टा जहिले पनि दुइटा डुंगामा हुन्छ । एकातिर यी परम्परालाई पनि छोड्न सक्दैनन् र अर्कोतिर यिनलाई आधुनिक बन्ने रहर पनि हुन्छ । उदाहरणका लागि तपाईं कचौरी बेचिरहेको मान्छे देख्न सक्नुहुन्छ जोसँग दुइटा मोबाइल फोन हुन्छन् । वा त्यस्तो मान्छे जो काम त पछ्यौरा बेच्ने गर्छ तर ऊ टुरिस्टअनुसार ७ भिन्न भाषा बोल्न पनि सक्छ र विदेशी पैसा साट्ने काम पनि गर्छ । मलाई यस्ता सहरका पुराना विचार भएका युवा र परम्परा तोड्ने दुवैखाले युवाहरूले कसरी आपmनो प्रेमजीवन चलाउँछन् भन्ने जान्न रमाइलो लाग्छ ।
नब्बेको दशकमा बलिउडमा बढी ँएस्पाएरिङ स्टोरी’ बढी चल्थ्यो । तपाईंहरुले जीवन कस्तो छ भन्ने देखाएर बलिउडको टे्रन्डमा परिवर्तन ल्याउनु भयो । मध्यमवर्गको कथा भन्न किन आवश्यक छ ?
मलाई थाहा छैन । यो एक किसिमले आपmनो समाजसँगको संवाद हो भन्ने लाग्छ । जसलाई भन्नुपर्ने केही कुरा हुन्छ, त्यसैसँग बोलिन्छ नि ! जो खुसी छन्, आनन्दले घुम्छन्, साँझ कुनै गतिलो रेस्टुरेन्टमा जान्छन् म त्यस्ता मान्छेसँग बसेर बियर पिउन त सक्छु तर तिनलाई भन्नका लागि मसँग केही हुँदैन । किनभने उनीहरूको केही समस्या छैन । तर, हाम्रो समाजमा धेरै समस्या छन् । कतै मर्यादाका नाममा छन्, कतै केका नाममा छन् । हाम्रा लाखौं युवाहरू आज समाजको पाखण्ड र झूटका विरुद्ध लडिरहेका छन् । तपाईं भन्नुस्, भारतमा एउटी युवतीले हरेक दिन आपmनो मनको कुरा गर्न कतिवटा झूट बोल्नुपर्छ, जुन कुरा संसारमा त्यही उमेरकी केटीको अधिकार मानिन्छ । यो पाँच हजार वर्ष पुरानो सभ्यताले आखिर युवाहरूलाई किन हरेक दिन झूट बोल्न बाध्य पारिरहेको छ ? मैले यसमा कुनै प्रवचन दिएको होइन, न म देश सेवा गरिरहेको छु । म त खालि यसमा छलफल गर्न चाहन्छु । कि, युवाहरूलाई उनीहरूले ठानेको राम्राे काम गर्न दिऊँ, अलिकति सास फेर्न दिऊँ । उनीहरूलाई जवानजस्तो बन्न दिऊँ र आपmनै तरिकाले संसारलाई हेर्न, बुझ्न दिऊँ । सानो सहरका यिनै युवाले दस वर्षपछि देश चलाउने हुन् । मेट्रोका युवाजति त सबै अमेरिका उडिसक्छन् । यी युवा त्यस्ता तरबारका धार हुन्, जसले सामन्ती परम्परालाई काटेर फाल्नेछन् । यस्ता कुराले मलाई उद्वेलित गर्छ ।
साभार : कोशेली
Labels:
Entertainment,
Movies,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !