CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » विदेशीसँग सम्झौता गरिएकै होः - द्वन्द्वकालीन सवै घटनाको जिम्मा लिन्छु - दाहाल

विदेशीसँग सम्झौता गरिएकै होः - द्वन्द्वकालीन सवै घटनाको जिम्मा लिन्छु - दाहाल

काठमाडौं, आश्विन ६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालमा भएका सवै घटनाको जिम्मेवारी लिँदै कतिपय विषयमा सम्झौता गरिएको स्वीकार गरेका छन् ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माद्वारा
लिखित ‘प्रयोगशालाः नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’ पुस्तकको आइतबार राजधानीमा भएको सार्वजनिक समारोहमा दाहालले भएका सम्झौता नेपाल र नेपाली जनताविरुद्ध भने नभएको दाबी गरे । ‘हो द्वन्द्वकालमा कतिपय सम्झौता गरिएकै हो,’ भारतीय गुप्तचर संस्था ‘र’सँग भएको सम्झौता लक्षित गर्दै उनले भने, ‘ती सम्झौता नेपाल र नेपाली जनताकै पक्षमा थिए ।’
दाहालले शान्तिप्रक्रियाका लागि भारतलाई चिठ्ठी लेखेको पनि स्वीकार गरे । ‘तर पुस्तकमा भएजस्तो अटलबिहारी बाजपेयीलाईमात्र चिठ्ठी लेखिएको होइन,’ दाहालले कोट्याए, ‘चीन, राष्ट्रसंघ, यूरोपेली युनियनलाई पनि लेखिएको थियो ।’
दाहालले कसैको आदेशमा हतियार नउठाएको दाबी गरे ।
दाहालले तत्कालीन राजा वीरेन्द्रलाई हेर्ने दृष्टिकोण नरम भएको स्मरण गर्दै ज्ञानेन्द्रलाई हटाउनकै लागि धेरै पक्षसँग सम्झौता गर्नुपरेको बताए । ‘वीरेन्द्र अग्रपंतीमा नरहेकाले उनीप्रति हामी लचक थियौं,’ उनले भने, ‘तर ज्ञानेन्द्रलाई हामीले राजा नै मानेनौँ, उनलाई नक्कली राजा भनेका थियौँ, उनलाई राजा हुन पनि सुहाएको थिएन, अभिनय गरेजस्तो लाग्थ्यो ।’ ज्ञानेन्द्रलाई हटाउन संसदवादी दलहरुसँग सहकार्य सुरु गरेको उनले बताए । 
दाहालले सानातिना विषयमा हात नहाल्न भारतलाई चेतावनी दिए
 । ‘म अहिले पनि भारतलाई भन्छु माइक्रो म्यानेजमेन्टमा हात नहाल्नुस्,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने, सचिव बनाउने विषयमा हात हाल्ने प्रवृत्ति भारतकै लागि घातक हुन्छ ।’
कांग्रेस नेता प्रदीप गिरीले भारतीय प्रभावलाई नेपाली राजनेताहरुले नै साथ दिएको बताए । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले भारतीय हस्तक्षेप स्वीकार नगरेको इतिहास स्मरण गर्दै उनले भने, ‘हाम्रा पाँच जना जंगबहादुरले पनि जंगबहादुरले जस्तो आँट देखाउन किन सक्दैनन् ?’
प्राध्यापक ध्रुवकुमारले नेताहरुले नेपालको सार्वभौमसत्ता भारतसँग बाँडेको आरोप लगाए । ‘पुस्तकमा देश पनि छन्, जनता पनि छन्,’ उनले पुस्तकमाथि टिप्पणी गर्दै भने, ‘तर सार्वभौमसत्ता छैन भन्ने देखिएको छ ।’
कांग्रेस नेता गगन थापाले सञ्चालन गरेको कार्यक्रममा भीआईपीसहित ठूलो संख्यामा उपस्थिति थियो । झण्डै चार सय अँटाउने हल पूरै भरिएको थियो भने उत्तिकै संख्यामा उभिनुपरेको थियो । कतिपय भीर्आपीले पनि बस्न कुर्सी पाएनन् । होटल अन्नपूर्णको पार्किङ भरिएपछि आधा सवारीलाई बाहिरै पार्किङ गर्न फर्काइएको थियो ।
पुस्तकका लेखक शर्माले व्यक्तिगत धारणाभन्दा तथ्यलाई लिपिबद्ध गरेको जानकारी दिए । उनले पुस्तक लेख्दै गर्दा गणतन्त्र आए पनि राष्ट्रियता कमजोर हुँदै गएको आभास मिलेको बताए । ‘हाम्रो भाग्य र भविष्य तपाईंहरुको हातमा छ,’ उनले नेताहरुलाई भने, ‘हाम्रा नेताज्यूहरुको सम्बन्ध राजनीतिक तहमै होस्, कर्मचारीसँग सम्बन्ध राख्दा कताकता घोच्दोरहेछ ।’
शर्माकी आमा शान्ताले विमोचन गरेको पुस्तकले नेपाली राजनीतिमा उच्चस्तरको बहस सुरु भएको कांग्रेस युवा नेता गगन थापाले बताए ।
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis