CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नायिका पत्नी पीडित सिनेमाबाटै गुमनाम

नायिका पत्नी पीडित सिनेमाबाटै गुमनाम

Shyam-Bhattarai1काठमाडौं। निर्देशक श्याम भट्टराई यतिखेर नयाँ चलचित्रको स्त्रि्कप्ट लेखनमा व्यस्त छन्। उनकी श्रीमती रञ्जना शर्मा भने अहिले अमेरिकामा छिन्। रञ्जनाले गत साता मात्र अमेरिकामै आफ्ना साथीहरूसँग जन्मदिनको केक काटिन्। रञ्जनाको जन्मदिनमा केक काट्दा गायक यम बराल पनि साथै थिए। रञ्जनाको
फेसबुकमा त्यो तस्बिर देखेपछि श्याम निकै तनावमा परेका छन्।
अहिलेसम्म श्याम र रञ्जनाबीच औपचारिक रूपमा डिभोर्स भइसकेको छैन। त्यसैले श्याम अझै पनि रञ्जनासँग आफ्नो भविष्य देखिरहेका छन्। तर रञ्जनाले भने अमेरिकामै बस्ने एक नेपाली युवकसँग विवाह गरेको अपुष्ट खबर सार्वजनिक भएको थियो। रञ्जनाले भने अहिलेसम्म त्यसबारे कुनै कुरा उल्लेख गरेकी छैनन्। तर पछिल्लो समय गायक यम बरालसँग नाम जोडिएर आउन थालेपछि भने यता निर्देशक भट्टराई तनावमा परेका हुन्, स्रोतले भन्यो। यम बराल पनि श्रीमतीसँग डिभोर्स गरेर अमेरिकामै बस्दै आएका छन्। केही समयअघि नेपाल आउँदा उनकी श्रीमतीले डिभोर्स मागेपछि उनले दिएका थिए। श्रीमतीसँग डिभोर्स गरेपछि यम निकै मानसिक तनावमा परेका छन्। त्यसैले उनी क्यासिनोको लतमा परेका छन्। नेपालमा रहँदा क्यासिनोमा भेटिएपछि उनलाई प्रहरीले एक रात चिसो छिँडीमा थुनेको थियो।
सर्लाही हरिऔन निवासी श्यामसँग रञ्जनाको जानकी टेलिसिरियल निर्माणदेखि प्रेमसम्बन्ध गाँसिएको हो। आफ्नो पहिलो चलचित्र मर्यादामै श्यामले रञ्जनालाई नायिका बनाए। त्यसपछि मौसम चलचित्रमा त मुख्य नायिका बनाएर खेलाए। दुवै चलचित्र असफल भए।
बारा निजगढकी रञ्जना नायिका बन्न सफल भएपछि भने श्यामसँग विस्तारै टाढिँदै गइन्। कतिसम्म भने श्रीमान् श्रीमती नै अलग अलग बस्न थाले। एक वर्ष छुट्टिएर बसेपछि फेरि सँगै बस्न थालेपछि रञ्जनाले अमेरिका जान भिसा आवेदन दिइन्। अमेरिका गइसकेपछि ग्रिनकार्डका लागि आवश्यक डकुमेन्ट उपलब्ध गराएर श्यामले पतिको भूमिका निर्वाह गरे। तर ग्रिनकार्ड हात परेपछि रञ्जनाले डिभोर्सको कागज पो पठाइन्। त्यसयता श्याम र रञ्जनाबीच राम्रो सम्बन्ध छैन। गत वर्ष लंका चलचित्र निर्देशन गरेका श्याम अहिले नयाँ चलचित्र निर्देशनमा लागेका छन्। र, नयाँ कलाकारहरूलाई अभिनयको प्रशिक्षणसमेत दिन्छन्।
त्यस्तै, अर्की नायिका पूजा चन्दले पनि पहिलो श्रीमान् सुरज चन्दसँग डिभोर्स दिएर अमेरिकामै घरजम गरेकी छन्। पूजाबाट सुरजकी एक छोरी छन्। पूजाले अमेरिकामै बस्दै आएका एक नेपाली गायकसँग विवाह गरेकी हुन्। नेपाल टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम निर्माण र सञ्चालन गर्ने क्रममा सुरजको रिया कार्कीसँग प्रेम सम्बन्ध गाँसिएको थियो। सोही कारण पूजा सुरजलाई छाडेर अमेरिका गएकी हुन्। सुरज पनि यतिखेर नयाँ चलचित्र निर्माणको क्रममा छन्। उनले केही समयअघि लूट कम्पनी नामक चलचित्र निर्देशन गरेका थिए। तर चलचित्रले राम्रो सफलता पाउन सकेन।
न्ायिका सञ्चिता लुइँटेलले पनि पहिलो पति छोडेर दोस्रो घरजम गरेकी छन्। सर्लाही घर भएकी सञ्चिताले आकाश शाहसँग सम्बन्ध विच्छेद गरेर नायक निखिल उप्रेतीसँग घरबार जोडेकी हुन्। उनी दुई छोराकी आमा बनेकी छन्। उनी निखिलकी दोस्री श्रीमती हुन्। पहिलो श्रीमतीबाट निखिलको एक छोरा छन्। सञ्चितासँग विवाह गरेदेखि नै निखिलको नेपाली फिल्मी क्यारियर पूर्णरूपले समाप्त भएको हो। उनी अहिले मुम्बईमा सानातिना काम गरेर बस्दै आएका छन्। निखिल यतिखेर दुई श्रीमतीको पोइ कुना बसी रोईको अवस्थामा पुगेका छन्।
न्ायिका श्रीमतीबाटै पीडित बनेका युवक हुन् सिरोज घिमिरे। सिरोजले चार वर्षको प्रेम सम्बन्धपछि नायिका सौजन्य सुब्बासँग विवाह गरेका थिए। तर सौजन्यसँग उनको वैवाहिक जीवन त्यति धेरै समय टिकाउ हुन सकेन। टाउकोमा ट्युमरको अप्रेसन गराएपछि नै सिरोजसँग सौजन्यको सम्बन्ध पातलिँदै जान थालेको हो। र, अन्तिममा सिरोज र सौजन्यको सम्बन्ध विच्छेद हुन पुग्यो। सिरोजसँग सम्बन्ध बिग्रिएपछि सौजन्यको हिमचिम रोज राणासँग बढ्न थाल्यो। कतिसम्म रोजविना सौजन्य बाँच्नै नसक्ने अवस्थामा पुगिन्। तर रोजले विवाह नगर्ने बताएपछि सौजन्य विक्षिप्त बनिन्। दुवैको केस प्रहरी प्रशासनसम्म पुग्यो। अन्तिममा दुवैलाई मिलापत्र गराएर प्रहरीले छाड्यो। सौजन्य अहिले एक्लै बस्दै आएकी छन्।
नायिका पत्नी पीडितमा नायक दिनेश शर्माको नाम पनि आउँछ। चलचित्र पाकेटमार खेल्दादेखि नै दिनेश र सोनिया शर्माको प्रेम सम्बन्ध जोडिएको थियो। उक्त चलचित्र खेलेपछि दिनेश र सोनियाको विवाह भएको थियो। तर दुईबीचको सम्बन्ध धेरै समय टिकेन। पाँच वर्षपछि दिनेश र सोनिया अलग भए। अत्यधिक रक्सी सेवन गर्ने हुनाले दिनेशसँग अलग हुनुपरेको सोनियाको भनाइ थियो।
नायिका पत्नी पीडित पुरुषमा छविराज ओझाको नाम पनि अग्रपंक्तिमा आउँछ। छविसँग एक दशक लिभिङ टुगेदरको रूपमा बस्दै आएकी नायिका रेखा थापा अहिले एकल रूपमा बस्दै आएकी छन्। रेखालाई निर्माता छविले नै नायिका बनाइदिएका थिए। रेखा र छविले औपचारिक रूपमै सम्बन्ध विच्छेद गरेका छन्। तर केही समययता रेखा र छवि फेरि एकसाथ देखिन थालेका छन्।
साभार : विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis