दर्शक-श्रोता हँसाएरै कहलिएका हुन्, कलाकार हरविंश आचार्य। उनको दर्शक हँसाउने कुरा फिल्ममा सीमित छैन। पछिल्लोपटक आफ्नै आत्मकथा चिना हराएको मान्छेमा पनि ठाउँ ठाउँ हँसाएका छन् उनले। दुनियाँलाई पेट मिचीमिची हाँस्न बाध्य पार्ने कलाकार आचार्यले टेलिभिजन कार्यक्रममार्फत मान्छे रुवाउने
मेलो सुरु गरेका छन्।टेलिभिजन कार्यक्रम 'मैले जे भोगेँ'का प्रस्तोता बनेका आचार्यले यस कार्यक्रममार्फत दुःखी र पीडितहरूका कथा भन्न सुरु गरेका हुन्। नेपालका विभिन्न जिल्ला घुमेर त्यहाँका दुःखी, जेहेनदार र उदाहरणीय पात्रहरू भेटेका आचार्यले तिनैसँगको कुराकानीलाई कार्यक्रमको रूप दिएका हुन्। कार्यक्रममा सहभागी हरेक पात्रले आफ्नो वास्तविक तर दुःखको कथा भन्नेछन्। दीपक बज्राचार्यको निर्देशन रहेको कार्यक्रममा बुद्धिसागरको लेखन रहेको छ।
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !