इडवार्ड स्नोडेनको नाम विश्वभर फैलिन धेरै समय लागेन । अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वकर्मचारी स्नोडेनले गरेका खुलासाले धेरैलाई झस्कायो पनि ।
विश्वभरका व्यक्तिलाई प्रविधि प्रयोग गरेर अमेरिकी
सरकारले चियो गरिरहेको उनले सार्वजनिक गरेका थिए । त्यसअघि पनि सोसल मिडिया गुप्तचरीका लागि प्रयोग हुन्छन् भन्ने अनुमान धेरैले गरेका हुन् ।
अब पछिल्लो कुराचाहिँ मोबाइलमा आएको छ । स्मार्टफोन प्रयोग गर्ने र त्यसमा पनि निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसन चलाउनेको गोप्यता सजिलै भंग भइरहेको खुलासा भएको छ ।
कुरा हो, भारतमा भएको ह्याक्र्स कन्प|mेन्सको । कार्यक्रममा इन्टरनेट सुरक्षा र ह्याकिङमा काम गर्ने युवाको जमातले एक चिनियाँ एप्लिकेसनमार्फत ग्राहकले पठाएको म्यासेजलाई प्रत्यक्ष चोरी गरेर देखाइदिएको थियो । जसले यस्ता एप्लिकेसनबाट व्यक्तिगत विवरण लिन, फोनमा भएका कुराकानी सुन्न, इमेल र ठेगानाबारे सजिलै जानकारी लिन सकिने देखायो ।
भारतमा पछिल्लो समय निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसनको प्रचारप्रसार बढ्दै गएको समयमा यो कुरा महत्त्वपूर्ण भएको छ । जसलाई पछ्याउँदै नेपाली बजारमा पनि यस्ता एप्लिकेसन लोकपि्रय भइरहेका छन् ।
कन्प|mेन्समा विदेशी सरकारले यस्ता एप्लिकेसनको प्रयोग गरेर जानकारी लिइरहेको हुन सक्ने अनुमान पनि लगाइयो । केही साता अघि मात्रै स्नोडेनले गरेको खुलासमा अमेरिकाले धेरै सूचना खोज्ने पाँचौं ठूलो मुलुक भारत रहेको पाइएको थियो । त्यसैले मोबाइल एप्लिकेसनको चियोले पनि भारतीय सूचना प्रविधि ज्ञातालाई हच्काएको छ ।
पछिल्लो समय बढाएको यस्ता चियोबारे खुलेरै विरोध पनि हुन थालेको छ । जसमा एक हुन् टिम बर्नस ली । वल्र्ड वाइड वेभ -डब्लूडब्लूडब्लू) का आविष्कारक लीले सर्वसाधारणको सूचना हेर्ने अमेरिकी र बेलायती प्रवृत्तिलाई नराम्रो भन्दै विरोध गरे । टाइम पत्रिकासँगको कुराकानीमा उनले युरोप र अमेरिकी मुलुकलाई मध्यपूर्वसँगै दाँजेका छन् । मध्यपूर्वमा सरकारले देखिने गरी चियो गर्ने तर पश्चिमा मुलुकमा यो लुकाएर हुने उनको भनाइ छ । यस्ता कामको जति नै ठूलो विरोध भए पनि जोखिम भने घट्न सकेको छैन । त्यसमा पनि पछिल्लो समय नयाँ प्रविधि आँखा चिम्लिएर भित्र्याउने मुलुकमा यस्ता गतिविधिको खतरा बढी छ ।
मोबाइल प्रयोगकर्ता र त्यसमा पनि स्मार्टफोनको प्रयोग बढ्दै गएपछि इन्टरनेटको जोखिम पनि मोडिएको कम्प्युटर एसोसिएसन अफ नेपालका द्वितीय उपाध्यक्ष नारायण न्यौपाने बताउँछन् । 'एन्ड्रोइड, आईओएसलगायत प्रयोग हुने मोबाइलको बढ्दो प्रयोगसँगै जोखिमका कुरा पनि अघि आएका छन्,' उनी भन्छन्, 'जसलाई नियन्त्रण गर्न उपयुक्त संरचना हामीकहाँ छैन ।'
सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट इन्टरनेटको प्रयोग र कारोबार बढ्दै गए पनि सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास भइनसकेको उनी बताउँछन् । पछिल्लो समय मोबाइल एप्लिकेसनमार्फत पनि बढ्न थालेको सबैखाले कारोबारले जोखिम अझ बढेको देखाउँछ ।
'कर प्रणाली, बैंकिङ कारोबार, भूमिसुधार, व्यापारलगायतमा इन्टरनेट र विस्तारै मोबाइलको प्रयोग बढ्दै गएको छ,' उनी भन्छन्, 'जसलाई सुरक्षित बनाउन थोरै पहल भएको छ ।' सूचना मात्रै होइन रकमसम्म पुग्ने बाटो पनि इन्टरनेट र मोबाइल भएकाले जोखिम थप चुलिएको हो । 'मुख्य कुरा ग्राहक आफैं पनि यस्ता विषयमा जानकार हुनुपर्छ,' न्यौपाने भन्छन् ।
मोबाइल सुरक्षासम्बन्धी काम गर्ने संस्था ट्रेन्ड मिक्रोले २०१३ मा स्मार्टफोनलाई भाइरसबाट हुने खतरा बढ्ने अनुमान सार्वजनिक गरेको छ । विशेषगरी एन्ड्रोइड स्मार्टफोनमा बढी देखिने र समस्या कम्प्युटरमा लाग्ने भाइरसभन्दा फरक हुने उसको भनाइ छ ।
हालै सार्वजनिक भएको अध्ययनले एक वर्षमा खतरनाक एप्लिकेसनको संख्या ३० हजारबाट बढेर १ लाख ७५ हजार पुगेको उल्लेख छ । यस्ता एप्लिकेसनबाट हुने खतरामा सूचना चुहावटदेखि हटाउन नमिल्ने विज्ञापनसम्म राखिएको छ । यस्ता एप्लिकेसनमार्फत सूचना निकाल्ने गिरोहले विस्तारै वित्तीय कारोबार गर्ने बैंकतर्फ ध्यान दिन थालेको कम्पनीले उल्लेख गरेको छ ।
थ्रीजी र वाईफाईको बढ्दो उपलब्धताले मोबाइलबाटै धेरै कुरा गर्नेको जमात बढाएको छ । यसको अर्थ स्मार्टफोनले कुराकानी र सम्पर्क गर्न सजिलो मात्र बनाएको छैन, सँगै जोखिम पनि बढाएको छ । सुरक्षा नहेरी एप्लिकेसन डाउनलोड गर्नेले विचार पुर्याउनुपर्ने बेला आएको छ । मोबाइलकै ब्यालेन्स हराउनेदेखि गोप्य कुराकानी सार्वजनिक हुनसम्म बेर लाग्दैन ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !