इन्द्रजात्राको अघिल्लो दिन ललितपुरको च्यासलमा रमाइलो जात्रा देखाइन्छ। त्यो जात्रा हो, झ्याल्चा। इन्द्रजात्राकै एक भागका रूपमा रहेको यो जात्रा ललितपुरमा निकै चर्चित छ। के हो त झ्याल्चा जात्रा
संस्कृतविद् सत्यमोहन जोशीका अनुसार पुरानो परम्परामा
आधारित यौन लीला देखाइने जात्रा हो, झ्याल्चा। जुन जात्रा च्यासलबाहेक अरू ठाउँमा देखाइँदैन। यसमा महिला र पुरुषबीचको यौन क्रियाकलापलाई अभिनयमार्फत देखाइन्छ। त्यही दृश्य हेर्न इन्द्रजात्राको अघिल्लो रात च्यासल चोकमा मान्छेको भीड लाग्छ।

‘झ्याल्चा भनेको यौन आसन हो,’ झ्याल्चा गुठीका सदस्य नारायणलाल अवाले भन्छन्, 'मल्लकालीन राजाको अनैतिक कामको विरोधमा यो जात्रा सुरु गरिएको हो।' त्यस बेला राजाले एक युवतीलाई ललाई फकाई यौन क्रियाकलाप गरेको भनाइ छ।
च्यासल चोकमा झ्याल्चा चपा भन्ने घर छ। घरको उत्तरपट्टि मोडामा ठूलो झ्याल छ। त्यही झ्यालमा सेतो पर्दा राखेर भित्र यौन क्रियाकलापको दृश्य देखाइन्छ। पर्दाभित्रको त्यही दृश्य दर्शकले हेर्छन्। झ्याल्चा चपा मल्लकालदेखि रहेको अवाले बताउँछन्।
१६ वर्षदेखि झ्याल्चाको अभिनय गर्दै आएका छन्, झ्याल्चा चपा नजिकका सानुकाजी अवालेले। ४८ वर्षे अवालेलाई यसपालि साथ दिएका थिए, रविन महर्जनले। साथी परिवर्तन भए पनि उनले भने लगातार अभिनयलाई निरन्तरता दिएका छन्। उनी केटीको भूमिकामा खेल्छन्। 'केटीको भूमिका अलि गाह्रो हुन्छ,' अवाले भन्छन्, 'बाजाको तालमा नाच्न जान्नुपर्छ।'
अभिनय गर्नेलाई दुई हप्तादेखि तालिम दिइन्छ। संगीतको तालसँगसँगै अभिनय गर्नुपर्छ। झ्याल्चाका कलाकार सो दिन बिहानैदेखि चोखोनितो बस्छन्। बेलुकापख झ्याल्चा चपाको छेउमा रहेको भीमसेन मन्दिरमा पूजा गर्नुपर्छ। मन्दिरमा भीमसेनको ढड्डा छ। ढड्डासँग अभिनय गर्नुपर्ने अवाले बताउँछन्। सो मन्दिरमा पूजा गरेपछि कसैलाई नछोई झ्याल्चा चपाभित्र प्रवेश गर्नुपर्छ।
एक जनाले राजाको मुकुट लगाउँछन्। अर्को युवतीको भेषमा हुन्छन्। झ्यालमा सेतो पर्दा टाँगिन्छ। भित्र बत्ती बालिन्छ। यसले गर्दा दर्शकले भित्रको छायाँचित्रलाई प्रस्ट देख्न सक्छन्।
करिब एक घन्टासम्म अभिनय चल्छ।
अभिनयमा राजाको युवतीसँग भेट, भलाकुसारी र उनलाई फकाएको अभिनय हुन्छ। युवतीलाई राजाले सम्भोग गरेको दृश्य झ्याल्चाको प्रमुख आकर्षण हो।
सानुकाजीका अनुसार झ्याल्चा पाँच दृश्यमा देखाइन्छ। पहिलो दृश्यमा दुई पात्र मिलेर पूजा गर्छन्, योमरी खान्छन्। दोस्रो चरणमा युवतीले बत्ती काटेको दृश्य हुन्छ। युवतीले झुल्दै बत्ती कात्दा युवकले झस्काइरहन्छ। तेस्रोमा युवकले युवतीलाई सम्भोगका लागि आग्रह गर्छ। युवती सहमत नहुँदा नहुँदै पनि पछि यौन क्रियाकलाप हुन्छ।
चौथो तरणमा युवतीले नै आग्रह गर्छे। युवक मान्दैन। पछि यौन लीला हुन्छ। पाँचौमा युवकले आग्रह गर्छ। युवती मन्जुरी जनाउँछे। अन्तिममा फेरि ढड्डालाई पूजा गरेपछि झ्याल्चा सकिन्छ।
झ्याल्चालाई व्यवस्थित रूपमा सञ्चालन गर्न झ्याल्चा गुठी नै छ। गुठीमार्फत जात्रा सञ्चालन हुने नारायणलाल बताउँछन्।
तीन–चार सय वर्षअघिदेखिको यो प्रविधिलाई विदेशीले पनि निकै प्रशंसा गरेको बताउँछन्, नारायणलाल। जुनबेला दृश्य, फिल्म भनेको कल्पना पनि थिएन। पहिले पहिले केटीहरूले लुकीलुकी हेर्ने गरेको जोशी बताउँछन्। 'पहिले फिल्म भन्ने थिएन। केटाकेटी झ्याल्चा भनेपछि हुरुक्कै हुन्थे,' जोशीले भने, 'केटाकेटी बेलामा खुबै हेरियो हामीले पनि।' अहिले भने केटाकेटीदेखि बूढाबूढी एकै ठाउँ जम्मा हुन्छन्। जात्रा हेर्नेको संख्या हरेक वर्ष बढ्दो छ। 'यसपालि जात्रा हेर्नेको संख्या निकै ठूलो भयो,' सानुकाजीले भने।
कसरी सुरु भयो
सिद्धिनरसिंह मल्ल ललितपुरका राजा भएका बेला पाटन दरबारको वरिपरि धेरै कृषक थिए। वर्षाको काम सकिएपछि स्थानीय बासिन्दा चोकचोकमा बत्ती काटेर बस्थे।
चोकमा बसेकी सुन्दर युवती देख्दा घुम्दै आएका राजा मोहित भए। उनको सुन्दरतामा लठ्ठिए। युवती व्यञ्जनकार समुदायकी थिइन्।
युवतीबाट लोभिएका राजा नियमितजसो उनकै घर जान थाले। दरबारमा रानी छँदाछँदै अर्की रानी ल्याउने कुरै भएन। हरेक दिन युवतीकै घर गएर मिठामिठा कुरा गरेर फकाउन थाले। बिस्तारै मायाजालमा फसाएर यौन क्रियाकलाप गर्न थाले।
राजा हरेक दिन युवती भेट्न जान्छन् भन्ने हल्ला जताततै फैलियो। जनतालाई एक किसिमको त्रास पनि भयो। राम्री केटी देखेपछि राजाले नछोडने रै'छन् भन्ने भयो। चेलीबेटी असुरक्षित भएको महसुस गरे जनताले।
'कि बिहे गरेर दरबारमा भिœयाउनु, नभए युवतीलाई भेट्न जनताको घरमा नआउनू' भन्ने आवाज उठ्यो।
त्यतिबेला राजाको प्रत्यक्ष विरोध गर्ने अवस्था थिएन। अप्रत्यक्ष रूपमा राजाको सो अनैतिक गतिविधिको विरोध जनाउन उनका क्रियाकलापलाई पर्दामा अभिनयमार्फत देखाउन सुरु गरिएको हो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !