CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » कुख्यात अपराधी सिंह पक्राउ

कुख्यात अपराधी सिंह पक्राउ

abcकाठमाडौ । कुख्यात अपराधी चौहान सिंह भनिने रविन्द्र पटेलल़ाइ हीजो बेलुका नारायणी अञ्चल प्रहरी कार्यालयले पक्राउ गरेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा समूह र अन्य केहि अपराधिक संगठनमा आवद्ध पटेलल़ाइ प्रहरी बरिष्ठ उपरीक्षक
सर्बेन्द्र खनालको टोलीले सुराकीको आधारमा जि.पर्सा, सुख्खा बन्दरगाहबाट पक्राउ गरेको हो ।
पटेल भूमिगत संगठनका जिल्ला सैन्य कमान्डर हुन् । उनले आसन्न संबिधान सभाको निर्वाचन बिथोल्न सक्रिय रुपमा कार्य गर्दै आएका थीए ।
निजले घटाएका घटनाको छोटकरी बिवरण :-
> १) मिति २०६४.०५.०७ गते जि.पर्सा महुवन गा.वि.स. वडा न. ३ बस्ने फुलचंद सह कानुलाई गोलि हानी कर्तब्य गरि मारेको वारदातमा संलग्न रहेका मध्ये राजेश कुमार सिंहलाई पक्राउ गरि मिति २०६५.०३.१२ गते अदालतमा पेश गर्दा पुरपछयको लागि थुनामा गएको र निज फरार रहेको ।
> २) मिति २०६५.०६.०३ गते जि.पर्सा, वि.उ.म.न.पा.वडा न.३ बस्ने जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत मोहन मैनालीलाई गोलि हानी हत्या वारदातमा संलग्न रहेका मध्ये शशि भुषण तिवारी पक्राउ परि मिति २०६५.१२.११ मा पुरपछयको लागि थुनामा गएको र निज फरार रहेको ।
> ३) मिति २०६६.०२.०६ गते जि.बारा, लिपनीमाल गा.वि.स. वडा न. ५ घर भै जिल्ला पर्सा, लिप्निविरता गा.वि.स. वडा न. ८ स्तित रहेको प्रोबायोटेक इ. प्रालिका प्रशासकीय अधिकृत सोचन प्रसाद यादवलाई ज्यान मर्ने उदेस्यले बम प्रहार गरि घाइते बनाएको वारदातमा निज फरार रहेको ।
> ४) मिति २०६७.०३.०२ गते बिरगंज स्थित भारतीय महावाणिज्य दुतावासका तत्कालिन महावाणिज्यदुत श्री त्रिभुवन अशोकलाई फोन धम्कि मार्फत भा.रु. ८,००,००० रंगदारी माग गरेको तथा सो पैसा असुल गर्न पटक-पटक निजलाई ज्यान मर्ने धम्कि दिएको स्वीकार गरेको ।
> ५) निजले पर्सा, बाराका सर्वसाधारण, कर्मचारी, ब्यापारी र सुरक्श्यकरमी समेतलाई अनावस्यक रंग्दारी र छन्द माग गरि आतंकित पर्ने गरेको उजुरी समेत पर्न आएको ।
साभार : विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis