काठमाडौ । इन्टरनेटले नेपाली समाजमा जति चेतना फैलाएको छ त्यति नै विकृति पनि बढाएको छ। अझ फेसबुकको लोकप्रियतासँगसँगै त्यसले समाजमा डरलाग्दो अपराधहरू बढाएको विभिन्न घटनाहरूले पुष्टि गरेको छ।
एक युवाले त फेसबुकबाटै गर्लफ्रेन्ड बनाउने र पैसा
कमाउने धन्दा समेत चलाएका रहेछन्। मोरङ घर भई बानेश्वर बस्ने कुन्दन श्रेष्ठले यस्तो धन्दा चलाएका हुन्। एउटा गर्लफ्रेन्डसँग ब्लाकमेलिङ गरी १३ लाख रुपैयाँ असुलेका उनले अर्की गर्लफ्रेन्डसँग असुल्ने योजना बनाउदै गर्दा उनी फन्दामा परेका छन्। गत साता केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरेको छ।
फेसबुकमार्फत अष्ट्रेलियामा अध्ययनरत एक युवतीसँग उनको चिनजान भयो। इन्टरनेटमा उनीहरूको ‘भर्चुअल′ प्रेम सम्बन्ध गासियो। दैनिकजसो उनीहरूबीच फेसबुकबाटै कुराकानी हुन थाल्यो। दुई जनाबीच गोप्यता केही रहेन। श्रेष्ठले स्काइपमार्फत युवतीको गोप्य तस्वीर र भिडिओहरू समेत लिएका थिए। त्यसरी प्रेम गर्नुको उनको उद्देश्य युवतीका गोप्य तस्वीर र भिडिओ हात पारेपछि उनले तिनै युवतीसँग ब्लाकमेलिङ सुरु गरे। परिवारसँग खर्च लिएर अष्ट्रेलिया अध्ययन गर्न गएकी उनीसँग धेरै पैसा थिएन। तर फोटो र भिडिओ सार्वजनिक गरिदिने, उनका परिवारलाई उनको फोटो देखाइदिने भन्दै उनले ब्लाकमेलिङ सुरु गरेपछि युवती छाँगाबाट खसेजस्तो भइन्। पटक पटक गरेर युवतीसँग १३ लाख रुपैयाँ असुले श्रेष्ठले। तर त्यतिले पनि उनलाई पुगेन। थप पैसा दिन सक्ने अवस्थामा युवती थिइनन्। त्यसपछि युवती प्रहरीको शरणमा पुगिन्। काठमाडौंमा रहेका एक आफन्तलाई उनले सबै कुरा बताएर उजुरी हाल्न लगाइन्, सिआईबीले श्रेष्ठलाई गत भदौ २३ गते पक्राउ गर्यो। श्रेष्ठ दुबईमा काम गर्थे। दुबईबाट फर्किसकेपछि उनी पक्राउ परे। एक पटक पनि नभेटेको व्यक्तिले युवतीलाई नराम्रोसँग फसाइदियो, उनका आफन्तले भने।
श्रेष्ठ पक्राउ परेपछि काठमाडौंमै रहेकी श्रेष्ठकी अर्की प्रेमिका भने जोगिएकी छिन्। श्रेष्ठले उनीसँग पनि त्यसरी गोप्य फोटोहरू लिइसकेका रहेछन्। ती युवतीलाई पनि प्रहरीले सोधपुछ गरेका थिए। ‘श्रेष्ठले यसरी फेसबुकबाट प्रेम गरी पैसा कमाउने धन्दा नै चलाउन खोजेका रहेछन्,’ सिआईबीका एक अधिकारीले भने। स्रोत : विक्ली नेपाल
http://www.weeklynepal.com/2013/09/18/girlfriend-banaudai-paisa-kamaudaik/
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !