बेलायतको गार्जियन पत्रिकाले कतारमा नेपाली कामदारहरुको पीडालाई विश्वसामु उजागर गरिदिएकोछ। ‘विश्वकप दास’ को उपमा दिइएको छ उनीहरुलाई। पश्चिमा राष्ट्रहरुले कतारमा विश्वकप गर्न नदिने अभियानका रुपमा यस्तो समाचार आएको शंका गर्नेहरु पनि छन्। जे भए पनि यसले विश्वको गरिबतम मुलुकका नागरिकलाई धनी देशहरुले गरेको चरम शोषणलाई
उजागर गरेको छ। कतारमात्र हैन खाडीका अन्य देशहरुमा पनि काम गर्न जानेहरुलाई एक किसिमले दास कै व्यवहार गरिएको छ। कफाला सिस्टम अनुसार ती देशमा छिरेपछि रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म अर्थात् एक्जिट भिसा नदिएसम्म लाश समेत स्वदेश फर्कन पाउँदैन भने जिउँदो मान्छेको कुरै नगरौँ। के हो त कफाला सिस्टम ? कफाला System त्यस्तो Sponsor system हो जसले आप्रवासी कामदारको
विदेशमा बसाई, रोजगारीलाई नियमित एवम् निर्देशित गर्छ। यो पद्धति खाडीका राष्ट्रहरु
बहराइन, कुवेत, कतार, साउदी अरब, यु.ए.ई. र ओमानमा लागू गरिएको छ। यो पद्धतिमा
आप्रवासी कामदार सम्वन्धित मुलुकमा प्रवेश गर्ने वित्तिकै सम्पूर्ण आर्थिक तथा कानूनी अधिकार तथा दायित्व रोजगारदातामा रहेको हुन्छ। कामदारको भिसाको अवस्था रोजगारदातासँग आवद्ध हुन्छ। कामदारको काम, बसाई र आवत जावत पूर्णरुपमा रोजगारदाताले नियन्त्रण गर्छ।
कामदारले आफूखुसी काम वा कम्पनी परिवर्तन गर्न पाउँदैनन्। रोजगारदाताबाट Exit visa नपाएसम्म मुलुक छाड्न पाउँदैनन्।
• रोजगारदाताले कामदारको राहदानीसमेत आफै राख्न पाउँछ।
• रोजगारदाताले नचाहेसम्म करार अवधि नसकिएको अवस्थामा काम छाड्न, काम,
• रोजगारदाता परिवर्तन गर्न वा मुलुक छाड्न पाइँदैन।
• रोजगारदाताले कामदारको रेसिडेण्ट परमिट (अकामा) बनाइदिन पर्ने, स्वास्थ्य वीमा गराइ दिनपर्ने र करारमा उल्लेख भए बमोजिम तलब, अतिरिक्त समय काम तथा आवास उपलब्ध गराउनुपर्ने दायित्व हुन्छ।

कफला पद्धतिमा कामदार रोजगारदाताको कानूनीरुपमै पूर्ण नियन्त्रणमा हुन्छ। यसैले कामदारले निम्न कुरा गर्न मिल्दैन :
• काम मन परेन, गार्हो भयो, शारीरिकरुपमै काम गर्न सकिन भनी काम छाड्न पांइदैन।
• रोजगारदाताले नचाहेसम्म काम परिवर्तन, कम्पनी वा Sponsor परिवर्तन गर्न पाइँदैन।
• रोजगारदाताले Exit visa नलगाएसम्म मुलुक छाड्न पाइँदैन
• मृत्यु भएको अवस्थामा पनि रोजगारदाताले Exit visa नलगाएसम्म शव स्वदेश जाँदैन। (स्रोतः साउदी अरबस्थित नेपाली दूतावासद्वारा प्रकाशित पुस्तिका)

साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !