पुग्यो। त्यो म्यासेज त्यस्तो व्यक्तिको नम्बरमा पुग्यो, जो त्यही दिन उसकी श्रीमतीको दाहसंस्कार गरेर घर र्फकंदै थियो। एसएमएस पढ्नेबित्तिकै त्यो मानिस बेहोस भयो।
किन ? किनभने म्यासेजमा यस्तो लेखिएको थियो- म राम्रोसँग आइपुगें। यहाँ खान, बस्न पनि राम्रै सुविधा छ, हजुरले चिन्ता नलिनुहोला, एक-दुई दिनभित्रमा म हजुरलाई पनि यहीं बोलाउनेछु।
०००
शेरे ः आई लभ यू
केटी ः सरी, म अरू कसैलाई माया गर्छु विचरा शेरे निराश भएर फर्कियो, अलिक पर पुगेपछि अचानक जोड-जोडले चिच्याउदै दौडन थाल्यो ः 'पर्खी तेरो बाउलाई भन्दिन्छु।'
केटी ः -पछाडि दौडँदै) साले कुक्कुर पर्खी.....आई लभ यू टु।
०००
शेरेले भोगेको तीतो सत्य
जब म रुन्छु - मलाई देख्ने कोही हुँदैन।
जब म दुःखी हुन्छु - त्यहाँ पनि मलाई देख्ने कोही हुँदैन।
जब म खुसीले हाँस्छु - फेरि पनि मलाई देख्ने कोही हुँदैन।
तर कुनै दिन मुस्किलले एउटी केटी पट्याएर डेटिङमा गए भने
साला पूरा छिमेकी अनि गाउँलेहरूले देख्छन्।
०००
सर ः म्यान र सुपरम्यानमा के फरक छ ?
शेरेको छोरा ः म्यानले भित्रबाट पेन्टी लगाउँछ अनि सुपरम्यानले बाहिरबाट सर।
-शेरेको छोरा रक्स, सर रक्स)
०००
अति नै झवाँक चलेपछि शेरेले बिल गेट्सलाई विद्युतीय पत्र लेख्यो।
आदरणीय गेट्स महोदय
मलाई हजुरसँग केही कुरा सोध्नु छ,
१. तपाईंले प्रतिपादन गर्नुभएको कम्प्युटर कि-बोर्डमा अक्षरहरू उल्टो क्रममा छन्, यसको नयाँ एवं शुद्ध भर्सन कहिले निकाल्दै हुनुहुन्छ ? मैले पर्खिएको धेरै समय भैसक्यो।
२. तपाईंको आविष्कारमा स्टार्ट बटन छ, तर खै त स्टप बटन ?
३. हामीले एमएस -मिसेज) वर्डका बारेमा पढ्यौं तर खै त एमआर -मिस्टर) वर्ड ??
४. त्यहाँ कुनै 'एनी-कि' छैन, तर कम्प्युटर जहिले पनि के भन्छ भने प्रेस एनी-कि... यो एनि-कि कहाँ हुन्छ ?
५. कम्प्युटरमा 'रि-साइकिल बिन' देखियो 'मोटर-साइकिल' चाहिँ कहिले आउँछ ?
६. 'होम' देखिन्छ त्यहाँ 'ससुराली' पनि भा'को भए हुन्थ्यो नि, उता जाँदा पनि चलाउन पाइन्थ्यो।
७. 'माई पिक्चर' छ, तर मेरो एउटा नि पिक्चर त्यहाँ छैन।
८. तपाईको नाम किन गेट्स नि, जबकि तपाई विन्डोज बेच्नुहुन्छ ?
अन्त्यमा
एउटा महत्वपूर्ण र व्यक्तिगत प्रश्न
के तपाईंलाई तपाईंकी श्रीमतीले सुहागरातको दिन 'मैले बल्ल बुझंे कि तिम्रो प्रोडक्टको नाम 'माइक्रो-सफ्ट' किन राखियो भन्ने' भनेको कुरा साँचो हो ??
उही
उत्तरको आशामा बसेको शेरे !
०००
शेरेको एउटा तोते बोल्ने साथी थियो। उसको विवाह हुने वाला थियो। उसले आफ्नो साथी शेरेसँग भन्यो।
शेरेको साथी ः याल, यदि मेलो त्वात्नीले म तोते बोल्तु भन्ने थाहा पाई भने त मलाई थोलेल दान्थे होला, मलाई तेनसन भइला'छ।
शेरे ः यार एउटा काम गर, जबसम्म सुहागरात सम्पन्न हुँदैन, तबसम्म आफ्नो मुख नखोल। अनि त उ कहिल्लै पनि कहीं जाँदिनँ।
शेरेको साथी ः थीक थ याल, लाम्लो आइडिया थ।
सुहागरातमा जब ऊ कोठामा गयो, उसले बिस्तरामा मुसा देखेछ, अनि चिच्याउँदै भनेछ ः मुता, मुता, मुता
अनि उसको बूढीले भनिछे ः थोई ताँ छ ? तमात्नु तमात्नु....
०००
एक जना मानिस न्युरोड गेट नजिक बसेर चिच्याउँदैथ्यो।
नेताहरू चोर हुन्, नेताहरू चोर हुन्।
त्यही बाटो हुँदै एक जना पुलिस आइरहेको थियो।
उसले त्यो मानिसलाई समाउँदै नेताज्युहरूको बेइज्जत गर्दै हिँड्छस् ? हिँड थाना, तेरो दिमाग ठिक ठाउँमा ल्याउँछु।
पुलिसको कुरा सुनेर त्यो मानिसले भन्यो ः खै छोड मलाई, मैले त अमेरिकाको नेताहरूलाई पो भनिरहेको थिए, त्यो मानिसको कुरा सुनेर पुलिसले भन्यो ः 'मलाई वेबकुफ सम्भिmन्छस्, मलाई थाहा छैन र कहाँका नेताहरू चोर हुन भनेर ?
-जति झूट बोले पनि के गर्ने यथार्थ उही हो। )
०००
अदालतमा श्रीमान्-श्रीमतीको कुरा यस्तो भएपछि
श्रीमान् ः म मेरी पत्नीसँग खुसी छैन, मलाई डिभोर्स दिलाइदिनुपर्यो।
वकिल ः के यो कुरा साँचो हो ?
श्रीमती ः खोई, अब टोलका सबै केटाहरू त खुसी नै छन्, उहाँलाई मात्र के समस्या छ, कुन्नि श्रीमान् ?
०००
शेरे ज्योतिषकहाँ गएछ।
शेरे ः मेरो हत्केला चिलाइरहन्छ किन होला ?
ज्योतिष ःतपाईंलाई ठूलै रकम हात पर्दैछ,
शेरे ः मेरो पैताला पनि चिलाउँछ
ज्योतिष ः तपाईं भ्रमण जान पाउनुहुन्छ।
शेरे ः मेरो ढाड चिलाउँछ।
ज्योतिष ः तपाईंको यही वर्ष बिहे हुन्छ।
शेरे ः मेरो औंलाको काप पनि चिलाउँछ।
ज्योतिष ः भाग् साले, तँलाई लुतो पो आ'को रै'छ।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !