फिल्मको अन्तिमतिरको एउटा दृश्य छ- मेडिकल कलेजका डिनको कोठामा सुटमा सजिएका भुवन केसी, टीका पहाडी र सोभित बस्नेत मौन मुद्रामा बसेका छन् । र, उनीहरूका अघिल्तिर क्रमशः अनमोल केसी, गौरव पहाडी र सलोन बस्नेत उभिएका छन् । तपाईंलाई थाहा छैन भने भनिदिउँ, अनमोल
भुवनका, गौरव टीकाका र सलोन शोभित बस्नेतका छोरा हुन् । फिल्ममा यो तीन वटै जोडी बाबु-छोराको भूमिकामा छन् ।
सहरमा साफ च्याम्पियनसिपको ज्वरो फैलिएको छ । रंगशाला र टेलिभिजनमा दनदनादन गोल देख्न पाइरहिएका छन् । फिल्म हलमा भने नेपाली फिल्म 'होस्टल' मल्टिस्टार बलिउड फिल्मसँग भिडिरहेको छ । यसले पहिलो दिनको कमाइमा 'लुट' को रेकर्ड तोडेको समाचार पनि आएका छन् । यसको चर्चा गरिनुपर्ने एउटो कारणचाहिँ माथि वर्णन गरिएको दृश्य हो । जसले प्रतिकात्मक रूपमा नेपाली फिल्मको अघिल्लो पुस्ता सोफामा र नयाँ पुस्ता 'प|mन्टलाइन' मा आएको देखाउँछ ।
भारतको प्रसिद्ध फिल्म इन्स्िटच्युट एफटीटीआईमा अभिनय पढेका टीका पहाडी नेपाली फिल्मका 'सेलिब्रेटेड आर्टिस्ट' हुन् । देशको मध्य क्षेत्रमा पर्ने परासी बस्ने पहाडी फिल्मको अफर आयो भने उस्तै परे मोटरसाइकलमै काठमाडौं आइपुग्छन् । उनले थुप्रै नेपाली फिल्ममा अभिनय गरे । राजेश हमाल र भुवन केसीको युगमा उनले हिरो नै बन्ने अवसर त धेरै पाएनन् तर कहिले भिलेन, कहिले सहायक पात्रका रूपमा उनी हिरो-हिरोइनको ठूलो स्वर भएको दकसलाग्दो बाबु बनिरहे । केही अघि आएको फिल्म 'मञ्जरी' बाट उनका छोरा गौरव हिरो बने । 'होस्टल' मा हिरोको बाबुको गेस्ट रोलमा देखिएर टीकाले आपmनो विरासत छोरालाई सुम्पिए ।
केही अघि भुवन केसी नयाँ अफेयरका कारण सडकसम्मै चर्चामा थिए । यसपालिचाहिँ उनले जवान छोराको बाबुको भूमिका गरेर आपmनो युगले कोल्टे फेरेको जनाउ दिएका छन् । लोक गायकबाट 'स्टाइलिस' हिरो बनेका भुवनले कैयौं स्मरणीय फिल्म खेलेका छन् । 'साइनो', 'तृष्णा' देखि लिएर 'कुसुमे रुमाल', 'चिनो', 'दक्षिणा' हुँदै 'करोडपति' वा 'नेपालीबाबु', भुवनको यो लिस्ट लामो हुन्छ । अब सायद भुवन आपmनो छोराका फिल्मको लिस्ट यो भन्दा लामो भएको हेर्न चाहन्छन् ।
शोभितका बाबु-छोराको भने कथा अलि बेग्लै छ । निर्देशकका रूपमा जति धेरै फिल्म बनाए पनि शोभितलाई वजनदार निर्देशक मानिँदैन । उनको फिल्मको 'प्रोडक्सन भ्यालु' को पनि बजारमा खास इज्जत छैन । पछिल्लो समयमा भने शोभित निर्माता र निर्देशकमा मात्र सीमित भएनन्, भाइ जयकिसनलाई साथ लिएर उनी अभिनयमा पनि उत्रिए । यो अभिनयको खेती पनि कामचलाउ सरकारमै सीमित भयो ।
सलोन अलि फरक थिए । गएको दशकमा नेपाली फिल्ममा दुई बाल कलाकार निकै मन पराइएका थिए । सलोन बस्नेत र संयम पुरी । संयम गत सालको फिल्म 'सायद' बाट हिरो बने । 'नेपालीबाबु' मा भुवन केसीका छोरा बनेका सलोन 'होस्टल' बाट भुवनका छोरासँगै हिरो बनेका छन् । बाल कलाकारका रूपमा उनी जति मन पराइएका थिए, 'होस्टल' हेरेपछि मलाई विश्वास भयो, उनी हिरोमा पनि जम्नेछन् । उनको कमिक टाइमिङले लामो समयपछि हलमा हाँसोको गुञ्जन ल्याएको छ । दिलीप रायमाझीको पलायनसँगै हराउन थालेको 'कमिक हिरो' को इमेजलाई सलोनले उद्धार गर्न सक्छन् । 'होस्टल' कलाकारहरूको पुस्तान्तरणको मात्र कथा होइन । यसले नेपाली फिल्ममा एउटा ताजापन लिएर आएको छ । हेमराज बीसीले निर्देशन गरेको यो फिल्ममा कास्टिङदेखि गीत र लोकेसनको प्रयोगसम्ममा नयाँपन भेटिन्छ । फिल्मले प्रकृति श्रेष्ठ, रिस्ता बस्नेतजस्ता नयाँ अभिनेत्रीलाई पनि ल्याएको छ ।
सन् २००० पछि बलिउडको फिल्ममा आएको निख्खर सहरिया केटाहरूको 'ब्रोमान्स' -केटाहरूको मित्रतामा आधारित कथा) को लहर नेपाली फिल्ममा यसले ल्याएको छ । 'दिल चाहता है', 'जिन्दगी ना मिलेगी दोबारा' र 'स्टुडेन्ड अफ दी इयर' जस्ता फिल्मले जगाएको तिर्सनालाई यसले नेपाली दर्शकका माझ फैलाउने काम गरेको छ ।
'होस्टल' कलेज लाइफको कथा हो । प्लस टु सकेर एमबीबीएसमा भर्ना भएका विद्यार्थीको कथा भनिए पनि फिल्मले आपmना पात्रलाई प्लस टुका विद्यार्थी जसरी नै व्यवहार गर्छ । प्रायः नयाँ र सानो उमेरका कलाकारहरू भएकाले पनि होला यी 'हिरो' हरू ज्यादै कलिला लाग्छन् । राजेश हमाल, भुवन केसी र आर्यन सिग्देलहरूका अगाडि यदि तपाइर्ंलाई यी केटाहरू हिरो होइन, हिरोका छोराजस्ता लाग्छन् भने यो पनि नेपाली फिल्ममा आएको एउटा परिवर्तन हो । मिलेको जीउ, वलिष्ठ शरीर, मोटो आवाज नभई हिरो नहुने सूत्र विस्तारै फेल खाँदैछ । कलाकार भनेका डिजाइन गरिएका सुट होइनन्, चट्ट मिलेका मात्र पाइने । हेर्दै जाँदा आँखालाई बानी पनि पर्दै जाला ।
भर्खरका केटाकेटीको कथा भएको यो नै पहिलो फिल्म पनि होइन । यसअघि 'सायद' जस्ता फिल्म पनि बनेका छन् । नारायण पुरीका छोरा संयम, शिव रेग्मीकी छोरी भावना रेग्मी, उद्धव पौडेलका छोरा निरक, उदित नारायणका छोरा आदित्य, शम्भुजितका छोरा सौर्यजीत बास्कोटाले पनि आपmना पिताको बिँडो थामेका छन् । 'होस्टल' पछिल्लो उदाहरण हो ।
'होस्टल' मा थुप्रै गल्ती कमजोरी छन् । न यो 'पाथब्रेकिङ' वा 'थट प्रोभोकिङ' फिल्म नै हो । यो मनोरञ्जनलाई 'मनोरञ्जन' कै अर्थमा लिने केही हँसाउने 'वानलाइनर' भएको सामान्य फिल्म हो, जसले पात्र र सेटिङमा केही नयाँपन दिएको छ । अन्यथा एमबीबीएसको पहिलो दिनको कक्ष्ाामा नै स्केटेथेस्कोप भिरेर कुनचाहिँ कलेजका विद्यार्थी आउलान् । पहिलो कक्ष्ाामा नै विद्यार्थीको जाँच लिने मास्टर कस्तो होला ? र, एमबीबीएसका विद्यार्थीलाई भक्ति थापा कहिलेको कुन लडाइँमा मारिएका थिए भनेर सोध्नु र 'अन्तिम लडाइँमा' भन्ने उत्तर दिनु भनेको फेसबुकको कुनै गु्रपमा अपलोड गरिएको जोकभन्दा बढी के हुन्छ ?
फिल्मको सबभन्दा ठूलो कमजोरी यसले आपmना पात्र, तिनको सोच, गतिविधि र कथाको परिवेशलाई विश्वसनीय बनाउन सक्दैन । फिल्मका हिरो, हिरोइन एमबीबीएसका विद्यार्थीजस्ता लाग्दैनन् । न त कलेजको 'फाइटर' ग्याङ पनि भोलिका डाक्टर हुन् भनेर पत्याउने खालका छन् । कोरियन फिल्मको हिरोइनजस्तो जंगलको बीचमा एक्लै रुने हिरोइन होस् वा पात्रहरूको अचानक हुने हृदय परिवर्तनका किस्सा, यिनले कथालाई नक्कली बनाउन मद्दत गरेका छन् । एउटा गम्भीर प्रेमीका रूपमा परिचय गराइएर अन्त्यमा सुपर लवगुरु बनाइएको पात्रको भावुकताले ल्याउने मेलोड्रामा धान्न गाह्रै हुन्छ । साथीभाइबाट प्रेमको कथातिर छिरेपछि फिल्म छरिएको पनि छ । सानैदेखि होस्टल राखिएका कारण छोरा बिगि्रएकोमा बाबुआमाले पश्चाताप बोध गर्नुसम्म ठीकै छ । यसै कारण खराब काम गरेर होस्टलबाट निकालिएकोमा ऊप्रति 'गर्व' गर्नुचाहिँ तर्कसंगत कुरा होइन ।
यी कमजोरीले फिल्मलाई कमजोर र औसत बनाइदिएको छ । तैपनि, नेपाली फिल्ममा कमै देख्न पाइने उज्यालो रंग र किशोर मनको कथा यो फिल्मले ल्याएको छ । सधैं समाजसँग जुध्न तत्पर हिरोको कथाका अगाडि यिनको आपmनै गु्रपको गुनासो र आन्तरिक छटपटाहट अलग स्वादका परिकारजस्ता छन् । यिनलाई समाज, राजनीति, संविधानसभा, पैसा, शोषक सामन्त वा भ्रष्टाचार र बढ्दो महँगीजस्ता कुरासँग कुनै सरोकार छैन । होस्टलभित्रको यिनको जीवन अर्कै छ ।
दुइटा हिरोका बीचमा फसेकी हिरोइन, उसकी कुरौटे साथी र बेलाबेला उसको 'ब्वाईप|mेन्ड' लाई आकषिर्त गर्ने 'ग्ल्यामरस', फिल्ममा यति तीन केटी चरित्र छन् । हिरोहरूमा जस्तै यसमा पनि रमाइलो कुरा के छ भने यी सबै नयाँ छन् । कुनै पनि हिरोइन नेपाली फिल्ममा चलिआएका हिरोइनको 'प|mेम' भित्र पर्नेजस्ता 'लार्जर देन लाइफ' साइजका छैनन् । यिनीहरू सामान्य विद्यार्थीजस्तै लाग्छन्, जो कलेज डे्रसमा सहरको कुनै पनि कुनामा भेटिन सक्छन् । भन्नुको तात्पर्य अभिनयमा ज्यादै कृतिमता नहुनु यो फिल्मको विशेषता हो । सलोन र गौरव लामो रेसका घोडा देखिन्छन् ।
खुला अर्थ व्यवस्था अपनाइएपछि जन्मिएको यो पुस्ताको कथाले बजारवादी जीवनशैलीलाई पर्दामा उतारेको छ । माथि भनिएजस्तो यिनलाई समाज र राजनीतिसँग किन सरोकार छैन भनेर सोधियो भने यो बजारले यो वर्गलाई दिएको 'सुविधा' हो । 'पि्रभिलेज' एकै प्रकारको मात्र हुँदैन । कुनै राजनीतिक संगठनमा लागेर समाज परिवर्तन, शिक्षा नीति परिवर्तनका लागि झन्डा उठाउने वर्ग र होस्टल वार्डेनको आँखा थलेर डिस्कोथेक पुग्ने विद्यार्थीको वर्ग फरक छ । यिनको कथा फरक छ ।
केही अघि आएको फिल्म 'अन्तराल' पनि विद्यार्थीहरूकै कथा थियो । तर त्यसमा गाउँबाट आएर डेरामा बसेर सरकारी कलेज पढिरहेका विद्यार्थी मुख्य पात्र थिए । तिनका सपना, उद्देश्य र व्यवहार फरक थिए । निम्न मध्यमवर्गीय हैसियतका ती पात्र र सहरिया मध्यम वर्गका 'होस्टल' का पात्रको वर्ग फरक छ । यी दुवै नयाँ पुस्ता हुन् र सहरमा यी दुवैको अस्तित्व छ, फिल्मले भनेजस्तो एउटा मात्रै छैन । 'होस्टल' ले सुविधा सम्पन्न वर्गको कथा भन्छ । यसैले होला होस्टल बाहिरको जीवन देखाउँदा कि त रात्रिकालीन दरबारमार्गको झिलिमिली देखाइएको छ कि भोटेकोसीको बन्जीजम्प । नयाँ कलाकार र नयाँ कथा यो फिल्मको विशेषता हुन्, जसले यसलाई अन्य फिल्मभन्दा फरक बनाउँछ । नेपाली फिल्ममा लामो समयदेखि गायब रहँदै आएको एउटा पुस्ताको कथा यसले ल्याएको छ । समाजका अन्य पाटा र पात्रहरूमाथि नेपाली फिल्म प्रवेश गर्दै जानुपर्छ । भिन्न वर्ग र उमेरका दर्शकलाई फिल्मले आकषिर्त गर्न सक्नुपर्छ ।
'साँघुरो', 'अन्तराल', 'सुनगाभा', 'उमा', 'बधशाला', 'हाइवे' पनि युवाकै कथा थिए, जसका फरक परिवेश र फरक मनोविज्ञान थिए । गरिबी, क्रान्तिकारिता, फरक यौनिकता, बेरोजगारी, जीवनको अनिश्चयलाई यी फिल्महरूले आपmनो विषय बनाएका थिए । यसबाट देखिन्छ, वर्षमा सयभन्दा बढी फिल्म बनेसँगै नेपाली फिल्मका विषयमा विविधता पनि आएको छ । यो अझै फराकिलो, सूक्ष्म र तीक्ष्ण हुँदै गयो भने नेपाली फिल्मले आपmनो बजार बनाउँदै जानेछ ।
साभार : हेल्लो शुक्र बार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !