भएको एउटा क्यासिनो पोखरा ग्रान्ड त सरकारले बजेटमा शतप्रतिशत ‘रोयल्टी’ बढाएपछि खर्च धान्न नसक्ने भन्दै गत साउनदेखि बन्द भएको बेला त्यहाँ २५ वटा क्यासिनो छ भनेपछि कसलाई हाँसो नउठ्ला। कसैले जोक गरेर भनेको भए त लौ त नि भन्न हुन्थ्यो। ‘आपको रखे सबसे आगे’ भन्दै समाचार बजाउने एबिपी न्युज (पहिलेको स्टार न्युज) को वेबसाइटमा राखिएको समाचारमा भनिएको छ- “Liquor flows like water in Pokhara,” a police officer said. “It is surrounded by mountains and has 20 to 25 casinos.” (अर्थात् एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै लेखिएको छ- “पोखरामा मदिरा
पानी बगे झैँ बग्छ, पहाडले घेरिएको पोखरामा २० देखि २५ वटा क्यासिनोहरु छन्।” समाचारको सुरुमा नै पोखरालाई क्यासिनोहरुको सहर भनेर चिनाइएको छ। पोखरालाई नेपालको सिङ्गापुर भनिन्छ भनेर पनि उनीहरुकै न्युज पढेपछि बल्ल थाहा भयो।
आतंकवादी यासिन भट्कल अहिले प्रहरी फन्दामा परेका छन्। उनैको बयान अनुसार अहिले पोखरा आतङ्कवादीहरुको हब बनेको छ। होला, आतंकवादीले यस्तो बयान दिएका पनि होलान्। नेपालको सुरक्षा निकायले भारतमात्र हैन विश्वका अन्य देशका सुरक्षा निकायसँग पनि सहकार्य गरेर यस्ता आतङ्कवादीहरुलाई तह लगाउनै पर्छ। सुपुर्दगी सन्धि गरेर अपराधीलाई जुन देशमा अपराध गरेको हो त्यही देशमा बुझाउनु पर्छ। सुपुर्दगी गर्ने कि नगर्ने भनेर नेपालको अदालतमा मुद्दा चलेर आदेश अनुसार सुपु्र्दगी गरिदिनु पर्छ। हाम्रोमा केही तथाकथित राष्ट्रवादीहरुका कारण सुपुर्दगी सन्धी हुन सकेको छैन।
अहिले सुपुर्दगी सन्धीको अभावमा भारतीय प्रहरीको टिप्समा नेपाल प्रहरीले नै यस्ता अभियुक्तलाई समातेर भारतीय प्रहरीलाई बुझाइदिएको हो भने पनि म त कुनै आपत्ति जनाउनु पर्ने कारण देख्दिनँ। नेपालमा अपराध गरेर भागेकाहरुलाई पनि भारतले समातेर यसरी नै बुझाइदिनु पर्छ।
तर पोखरालाई चिनाउन त्यहाँको मिडियाले जसरी झुटको सहारा लिएको छ, त्यो सरासर गलत हो। हामीलाई त थाहा छ सत्य कुरा, तर पोखरा कहिल्यै नआएका भारतीय र विदेशीहरुमाझ यसले कस्तो गलत सन्देश दिन्छ सोच्नुस् त। हो कि जस्तो भान पर्दैन न्युज च्यानलले यस्तो कुरा बजाएपछि र छापेपछि ?
हैन कहाँ छ पोखरामा २५ वटा क्यासिनो ? टोलटोलमा तास खेल्न जम्ने खाललाई पनि क्यासिनो भनिएको हो ? कहाँ पोखरामा मदिरा पानी बगे झैँ बग्छ ? त्यहाँ पनि त ट्राफिकको मापसे अभियानले गर्दा मदिराको बिक्री घटेको छ।
एउटा नाम नखुलेको प्रहरीलाई उद्धृत गर्दै पोखरालाई ‘क्यासिनोको सहर’ जस्तो अतिरञ्जित व्याख्या गरेर एबिपी न्युजले ‘सबसे आगे’ हैन ‘सबसे पिछे’ राख्ने हो।
पोखरालाई गलत रुपमा प्रस्तुत गरिएको समाचारको विरोध गर्दै समाचार सच्याउन सभ्य भाषामा अनुरोध गर्ने भए लिङ्कहरु
ट्विटरमा सच्याउन अनुरोध गर्न @abpnewstv मेन्सन गर्नुस्
पुनश्चः भारतको विरोध गर्ने हैन, भारतबाट प्रसारित एबिपी न्युजले हावा न्युज बनाएको भएर उसलाई तथ्य राम्रोसँग परीक्षण गर्न र सच्चिन नम्र भाषामा अनुरोध गर्ने हो। यस्ता भ्रमपूर्ण समाचारले दुई देशको सम्बन्धमा समेत असर पर्न सक्छ भनी सचेत गराउने हो।
साभार : माई संसार
http://www.mysansar.com/2013/09/7000/
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !