CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अर्बौँ घाटामा रहेको आयल निगमले जागिर खुस्किसकेकालाई दियो ३० हजार भत्ता

अर्बौँ घाटामा रहेको आयल निगमले जागिर खुस्किसकेकालाई दियो ३० हजार भत्ता

oil
मासिक घाटा नै १६२ करोड व्यहोरिरहेको नेपाल आयल निगमले जागिर गइसकेका पूर्व कर्मचारीलाई पनि कतै पत्रपत्रिकामा सूचना ननिकाली व्यक्तिगत रुपमा खबर गरी सुटुक्क बोनस बाँडेको छ। मेरो एक जना नातेदार आयल निगममा अस्थायी काम गर्नुहुन्थ्यो। उहाँको एक वर्षजति अघि जागिर गएको थियो। तर अहिले अचानक आयल निगमबाट फोन
गरेर बैँक खाता नम्बर मागी २०६५/६६ को ३० हजार रुपियाँ बोनस दिएछ। उहाँ पनि बहालवाला कर्मचारी भएको भए त यस्तो कुरा किन बाहिर भन्दै हिँड्नु हुन्थ्यो होला र! 
कान्तिपुरले भदौ ११ गतेको समाचारमा २०६४ सालदेखि २०७० सालसम्मको पोसाक भत्ताबापत निगमका ५ सय ६६ स्थायी कर्मचारीले ९ करोड ९० लाख ५० हजार रुपैयाँ र लुगा धुने भत्ताबापत १० लाख ८९ हजार रुपैयाँ पाएको उल्लेख गरेको थियो। तर यस्तो भत्ता अस्थायी कर्मचारीलाई पनि दिइएको अहिले खुलेको छ।
स्मरण रहोस्, अन्य सरकारी कर्मचारीको भन्दा आयल निगमका कर्मचारीको पोशाक भत्ता झण्डै साढे तीन गुणाले बढी छ। अझ कतै नभएको लुगा धुने भत्ता पनि दिनको १५ रुपियाँको दरले उनीहरुले पाउने गरेका छन्।
सरकारी कर्मचारीले पोसाक भत्ता भनेर वर्षमा साढे ७ हजार ५ सय रुपैयाँ मात्रै पाउने हो । तर सरकारी स्वामित्वको निगमका कर्मचारीले २५ हजार रुपैयाँ पाउँछन्। पोशाक संरक्षण भत्ताको नाममा दैनिक १५ रुपियाँ छुट्टै। त्यो लुगा धुनलाई रे।
निगम सञ्चालक समितिले २०६३ सालमा विनियमावली बनाएर पोसाक र लुगा संरक्षणसम्बन्धी व्यवस्था गरिदिएपछि निगमका कर्मचारीले वैधानिक रूपमै यस्तो भत्ता पाउँदै आएका हुन्। यसबारे छानबिन गर्दै गरेको राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकारीले कान्तिपुरलाई भनेका छन्- “९८ प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको संस्थानका कर्मचारीलाई पोसाक भत्ताबापत २५ हजार र पोसाक संरक्षण भत्ताबापत दैनिक १५ रुपैयाँ दिने निर्णय एउटा सचिव र ४ वटा सहसचिव मिलेर किन र कुन नैतिक आधारमा गरे भन्ने छानबिन गर्छौं।”
यत्रो पैसा बाँड्ने आयल निगम आफै भने सम्पूर्ण सम्पत्ति धितोमा राखेको अवस्थामा छ। करिब २८ अर्ब रुपैयाँ त सञ्चित घाटा नै रहेको छ। संस्था डुबाएर कर्मचारी मोटाउने ! वाह वाह क्या काइदा !!
सम्बन्धित लिङ्क
यस्तो निर्णय गर्ने सञ्चालक समितिमा को को रहेछन् ? हेर्नुस्‌
यस्तो निर्णय गर्ने आयल निगमको व्यवस्थापन समूहमा को को छन्, हेर्न क्लिक गर्नुस्। त्यहाँ व्यवस्थापकहरुको इमेल पनि रहेको छ। चित्त नबुझे विरोधस्वरुप इमेल पठाउँदा उनीहरुले तपाईँहरुको असन्तुष्टि बुझ्ने मौका पाउँथे कि !
-द्रोणहरि-
साभार : माई संसार 
http://www.mysansar.com/2013/09/6978/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis