ढकढकढक !
आइतबार त्यस्तै मध्याह्न साढे १२ बजेको थियो होला। मेरो कोठामा कसैले ढक्ढकायो।
‘को हो ?’ मैले सोधेँ।
‘म हो, खोल्नुस् न,’ एक अपरिचित महिलाको आवाज आयो। ढोका खोलेर हेरेको त त्यस्तै २२/२३ वर्षकी एक युवती रहिछिन्।
आइतबार त्यस्तै मध्याह्न साढे १२ बजेको थियो होला। मेरो कोठामा कसैले ढक्ढकायो।
‘को हो ?’ मैले सोधेँ।
‘म हो, खोल्नुस् न,’ एक अपरिचित महिलाको आवाज आयो। ढोका खोलेर हेरेको त त्यस्तै २२/२३ वर्षकी एक युवती रहिछिन्।
म शंखमूलको एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेकी छु। घरमा अरु पनि भाडामा
बस्नेहरु छन्। तर यो समयमा प्रायः सबै नै घरबाहिरै हुन्छन्। घरको मूल ढोका ‘लक’ गरिएको थिएन। तर सामान्यतया बन्द नै हुन्छ ढोका। उनले पहिले घन्टी बजाउन सक्थिन्, अनि बल्ल अनुमति लिएर माथि आउन सक्थिन्। तर तिनी अपरिचित घरमा सिधै छिरेकी रहिछिन्।
ढोका खोलेँ र सोधेँ- कुरो के होला ?
तिनले मेरो हातमा एउटा अलि पुरानो फोटोकपि गरिएको ‘आर्थिक सहयोग गरिदिने बारे’ भन्ने लेखिएको पत्र थमाइदिइन्। लेटरहेड ‘अभियान केन्द्र’ कुसुन्ती –१३ को नामको थियो।
केको लागि भनेर सोध्दा उनले भनिन्- “अनाथ बालबालिका हेर्ने संस्थाको लागि।”
यो संस्थाको मुख्य मान्छे को हो ? मैले सोधेँ।
उनले त्यही पत्रमा लेखिएको उमानन्द अधिकारीको नाम हातैले देखाइन्।
म उक्त संस्थाको वास्तविकता या भनौं भने ती युवतीको नियतबाट आश्वस्त हुन सकिनँ र त्यही पत्रमा लेखिएको उमानन्द अधिकारीको मोबाइल नम्बर टिपी उनलाई फर्काइदिएँ।
उनलाई फर्काइदिएपश्चात धेरै बेरसम्म मनमा खुल्दुली भइरह्यो। शंका उपशंकाहरु उब्जिरहे। म एक सामान्य महिला, वास्तविकता खोतलेर सत्यसम्म पुग्न पनि समय र साधनको कमी छ। त्यही शंकालाई ‘माइसंसारमा’ पोखिदिए त्यसको वास्तविकता अगाडि आउँथ्यो कि भन्ने लागेर लेख्न थालेँ। म बुँदागत रुपमा मेरा शंकाहरु तल उल्लेख गर्दैछु।
• सञ्चारका यति धेरै माध्यमहरु हुँदाहुँदै पनि किन सहयोगका लागि घर-घर चहारिन्छ, त्यो पनि दिउँसोको समयमा जतिखेर प्राय: मानिसहरु अफिस, स्कूल, कलेज गएका हुन्छन्? पत्रपत्रिकामा एउटा समाचार पढेर सहयोग गर्नेहरु थुप्रै हुन्छन्। अझ विदेशमा रहनुभएकाहरुको सहयोगले पनि कति जनाको जीवन परिवर्तन भएको पढिएको छ, सुनिएको छ। यदि उक्त संस्था साँच्चीनै अनाथ बालबालिकाको लागि भएको भए, आर्थिक सहयोगको लागि अपरिचितको कोठा-कोठा ढक्ढकाउनु ठिक हो र ? के अहिलेको समयमा अरु विकल्पहरु छैनन्?
• हामीले दिने सहयोग ठीक ठाउँमा र जेका लागि दिइएको हो, त्यही प्रयोजनका लागि प्रयोग हुन्छ भन्ने आधार के हो?
• मिहिनेतको कमाई खुलेआम कसैको ठगिखाने भाँडो त बन्दैछैन?
• ती किशोरीले पहिले घन्टी बजाउन सक्थिन, अनि बल्ल अनुमति लिएर माथि आउन सक्थिन्। तर तिनी अपरिचित घरमा सीधै त्यसरी छिर्नु कहाँको नैतिकता हो?
मैले एकजना कुसुन्तीतिरै घर भएको साथीलाई फोन गरेँ। उसले पनि उसको घरमा विभिन्न बहानामा आर्थिक सहयोग लिन आउने कुरो बतायो। अझ थोरै दिए रिसाउने र स्वीकार नगर्ने पनि सुनायो।
‘अभियान केन्द्र’ को वास्तविकताप्रति म पूर्ण रुपमा अनभिज्ञ छु। मेरो आशय यसलाई बदनाम गर्नु पनि होइन। उक्त संस्थाको नाम मात्रै लिएर ती किशोरी उनकै फाइदाको लागि पनि आएको हुन सक्छ। यो घट्नालाई मैले एक उदाहरणको लागि पेश गरेकी हुँ। यसबारे तपाईँलाई केही थाहा भए जानकारी दिनुहोला। तपाईँले पनि यस्तै भोग्नुभएको छ कि ? तल कमेन्टमा जानकारी दिनुहोला।
चोरीजस्ता आपराधिक क्रियाकलापमा संलग्नले पनि यस्तो कुराको फाइदा उठाएर समाजमा अझ बढी असुरक्षा बढ्न सक्छ। आम जनताको जीउधनको रक्षाको लागि पनि यस्ता गतिविधिमा लगाम लगाउनु अत्यावश्यक देखिन्छ। हेर्दा सानो लाग्ने विषयलाई नजरअन्दाज गर्दा त्यसले ठूलो रुप लिन सक्छ।
-प्रमिला अधिकारी-
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !