हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै छ। पर्यटकीय हब भनिने ठमेलसँग पर्यटकहरू विरक्तिन थालेका छन्। किन घटिरहेको छ ठमेलको 'चार्म'? कसरी बिग्रिरहेको छ यसको 'इमेज'? धनबहादुर खड्काको 'मिसन ठमेल'।
साँझ ७ बज्न नपाउँदै ठमेल प्रवेश गर्ने मुख्य नाका केशरमहल चोकमा तेस्रोलिंगीको चहलपहल सुरु भइसकेको हुन्छ। 'हाई' भन्दै बटुवालाई ठाउँ कुठाउँ समाउने आइपुग्ने तेस्रोलिंगीको 'फेला परेका' को चाहिँ साँझतिर ढुक्कसँग ठमेल पस्ला र? उनीहरूका विभिन्न कटाक्ष देखेका कतिपयले ठमेल भनेकै तेस्रोलिंगीले देहव्यापार गर्ने थलोमात्र सम्झन सक्छन्।
जमलबाट भित्र पसेपछि ज्याठा चोकबाट सुरु हुने ठमेलको तस्बिर पनि कुरूप छ। प्रवेश गर्नेबित्तिकै दायाँतिरको एउटा घरमा हर्बल मसाज सेन्टर लेखिएको दुइटा बोर्ड झुन्डिएका देखिन्छन्। यसका झ्यालबाट कुनै रेडलाइट एरियामा यौनकर्मी महिलाले ग्राहक बोलाएझैँ आँखाको भाकाले देहसुखको निम्तो दिइरहेको दृश्य देखिन्छ। ठमेलभित्र प्रवेश गर्ने क्षेत्रपाटी चोक होस् वा सोह्रखुट्टे, सबैतिरको पारा एकैनासको छ।
पेटका लागि यौनधन्दा गर्न सडककिनारमा बसिरहेका तेस्रोलिंगीलाई केशरमहल चोकबाट हटाउने जति प्रयास गरे पनि प्रहरी सफल हुन सकेको छैन। उनीहरूको ठाडो जवाफ हुन्छ, 'कि खान देऊ, कि त काम देऊ, होइन भने हामीले जे गर्दै छौँ, त्यसैमा रमाउन देऊ।' महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रमुख डिएसपी गणेश चन्द पर्यटक प्रवेश गर्ने मुख्यचोकमै उनीहरू उभिएर 'र्या'क' गरिदिँदा ठमेलको नराम्रो 'इमेज' बाहिर गइरहेको स्वीकार गर्छन्, 'हटाउने कोसिस छ तर हामीसँग उनीहरूलाई त्यहाँ आउनै नदिने उपाय र कानुनी व्यवस्था छैन। साइरन बजाउँदै भ्यान कुदाउँदा जति भाग्छन्, भाग्छन्। त्योभन्दा बढी समातेर सार्वजनिक मुद्दा चलाउने हो भने पनि चार दिनमा छुटेर फेरि पुरानै ठाउँमा आइपुगिहाल्छन्।'
तेस्रोलिंगी छिचोलेर कर्मचारी सञ्चयकोष अगाडि पुग्नेबित्तिकै अर्को तमासा सुरु हुन्छ। 'दाइ रमाइलो गर्ने हो? केटी राम्री छ। मिलाएर गराइदिन्छु,' ठमेललाई आधार बनाएर यौन पेसामा लागेकाहरूका लागि ग्राहक खोजिदिने दलालहरू बाटोमा हिँड्नेहरूलाई घेर्न आइपुग्छन्। साँझपख आफन्त तथा मान्यजनसँग ठमेलतिर हिँड्दा डराउनुपर्ने अवस्था छ।
तेस्रोलिंगी छिचोलेर कर्मचारी सञ्चयकोष अगाडि पुग्नेबित्तिकै अर्को तमासा सुरु हुन्छ। 'दाइ रमाइलो गर्ने हो? केटी राम्री छ। मिलाएर गराइदिन्छु,' ठमेललाई आधार बनाएर यौन पेसामा लागेकाहरूका लागि ग्राहक खोजिदिने दलालहरू बाटोमा हिँड्नेहरूलाई घेर्न आइपुग्छन्। साँझपख आफन्त तथा मान्यजनसँग ठमेलतिर हिँड्दा डराउनुपर्ने अवस्था छ।
नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि पहिलो ढोकाका रूपमा व्याख्या गरिने पर्यटकीय हब ठमेलको 'इमेज' राम्रो छैन। नेपालमा घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशतले ठमेल घुम्छन् भन्ने अनुमान छ। विदेशी पर्यटकका लागि लक्ष्यि गरेर खोलिएका सयौँ पसल तथा रेस्टुरेन्टले ठमेल भरिएको छ। तर, ठमेलमा पर्यटकको मन भने अडिन सकेको छैन। नेपालमा विदेशी पर्यटक आउने भनेकै रमाइलो र घुमफिर गर्न हो। ट्रेकिङ र घुम्नका लागि नेपालमा प्रशस्त सुन्दर पर्यटकीय स्थल भए पनि 'नाइट'मा रमाउन चाहनेका लागि काठमाडौँमा उपयुक्त ठाउँ नै छैनन्। पर्यटकका लागि केही समय अड्याउन सक्ने भौतिक पूर्वाधार भएर पनि ठमेलको 'नाइट लाइफ' 'डेथ' बराबर भएको बताउँछन्, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया। ठमेललाई विदेशी तथा आन्तरिक पर्यटकका लागि पनि उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्न यसको बिग्रिएको इमेजलाई सुुधार गर्नुपर्ने देख्छन् उनी। 'ठमेल भन्नेबित्तिकै मसाज सेन्टरमा हुने धन्दा, तेस्रोलिंगीले दिने दुःख, डान्सबारमा ग्राहक ठगिने कथा र त्यहाँ कार्यरत महिला कामदारको यौन शोषणमात्र सामुन्ने आउने अवस्था छ,' थपलियाले भने, 'यसको अन्त्यका लागि परिषद्ले योजनाबद्ध ढंगले काम गरिरहेको छ।'
बोर्ड नयाँ, काम पुरानै
एकताका ठमेलका प्रायः घरमा विभिन्न नाममा मसाज सेन्टर लेखिएका बोर्ड झुन्डिएका हुन्थे। यस्ता बोर्ड झुन्डिएका सेन्टरमा मसाज होइन, यौन धन्दा हुने गरेको थियो। अघोषित 'रेड लाइट एरिया' जस्तै भएपछि ठमेल बद्नाम भयो। घरधनी तथा अन्य पेसा र व्यवसाय गर्नेहरूको जोडबलमा कतिपय मसाज सेन्टर बन्द गरिए पनि। तर, यौन पेसा गराउन पल्केका तथा पेटका लागि शरीर बेच्न बाध्यहरूले यो पेसालाई चटक्कै छोड्नसक्ने कुरै भएन। प्रशासन तथा स्थानीयवासीले कडाइ गरेपछि ठमेलका मसाज सेन्टरमा केही परिवर्तन आएको छ। धेरैले आफूलाई स्पाको नाम दिएका छन्। हिमालयन, नेचुरल, हर्बल अइल, बडी केयरजस्ता नाम राखेर मसाजको ठाउँमा स्पा सेन्टर तथा बुटिक लेखिएको छ। तर, अधिकांश स्पा लेखिएका केन्द्र पहिलाका मसाज सेन्टर हुन्। उनीहरू अहिले पनि यौन धन्दा नै चलाइरहेका छन्।
एकताका ठमेलका प्रायः घरमा विभिन्न नाममा मसाज सेन्टर लेखिएका बोर्ड झुन्डिएका हुन्थे। यस्ता बोर्ड झुन्डिएका सेन्टरमा मसाज होइन, यौन धन्दा हुने गरेको थियो। अघोषित 'रेड लाइट एरिया' जस्तै भएपछि ठमेल बद्नाम भयो। घरधनी तथा अन्य पेसा र व्यवसाय गर्नेहरूको जोडबलमा कतिपय मसाज सेन्टर बन्द गरिए पनि। तर, यौन पेसा गराउन पल्केका तथा पेटका लागि शरीर बेच्न बाध्यहरूले यो पेसालाई चटक्कै छोड्नसक्ने कुरै भएन। प्रशासन तथा स्थानीयवासीले कडाइ गरेपछि ठमेलका मसाज सेन्टरमा केही परिवर्तन आएको छ। धेरैले आफूलाई स्पाको नाम दिएका छन्। हिमालयन, नेचुरल, हर्बल अइल, बडी केयरजस्ता नाम राखेर मसाजको ठाउँमा स्पा सेन्टर तथा बुटिक लेखिएको छ। तर, अधिकांश स्पा लेखिएका केन्द्र पहिलाका मसाज सेन्टर हुन्। उनीहरू अहिले पनि यौन धन्दा नै चलाइरहेका छन्।
मसाज व्यवसायी संघ, प्रहरी प्रशासन तथा स्थानीयवासीको सहकार्यमा मसाज सेन्टरका लागि मापदण्ड तोकिएको छ। मसाजमा काम गर्ने महिलाले अनिवार्य रूपमा तोकिएको ड्रेस लगाउनुपर्ने, मसाज गर्दा ढोका खुला राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, मसाजका लागि चाहिने तेल तथा पाउडरको व्यवस्था गरिनुपर्ने आदि मापदण्ड तोकिएका छन्। कुन मसाजको कति रुपैयाँ पर्ने हो, त्यसको मूल्य लेखिएको मेनु पनि अनिवार्य गरिएको छ। तर, मापदण्ड पूरा गर्ने मसाज सेन्टर भेट्न मुस्किल छ।
नयाँ ग्राहक मसाज सेन्टरभित्र पस्यो भने उसलाई पहिला विभिन्न खालको मसाज गर्दा लाग्ने शुल्कः लेखिएको मेनु लिएर युवतीहरू बार्गेनिङ गर्न थाल्छन्। प्रायः सबै मसाज सेन्टरको एकै खालको रेट तोकिएको छ– एक घण्टाको १२ सय र आधा घण्टाको छ सय रुपैयाँ। मसाज सेन्टरका महिला तथा किशोरी नयाँ ग्राहकलाई आधा घण्टाको मसाज लिन कर गर्छन्। जो आधा घण्टाका लागि तयार हुन्छ, उसलाई केही बेर मसाज गरिदिएपछि यौन सम्पर्कका लागि आग्रह गरिन्छ। भुक्तभोगीका अनुसार त्यसपछि यौन सम्पर्क गरेको बढीमा एक हजारदेखि न्यूनतम छ सय रुपैयाँ असुल्छन्, मसाज सेन्टरका सञ्चालक। 'हामीले कडाइ गरेपछि मसाज सेन्टरमा हुने यौन क्रियाकलापमा केही कमी आए पनि चेकिङका क्रममा जोडीहरू समातिने क्रम रोकिएको छैन,' डिएसपी चन्दले भने, 'स्पा लेखिए पनि धेरैको काम अहिले पनि यौन धन्दा चलाउनु नै हो। पर्दा र तन्ना फेर्नेबाहेक अन्य केही नयाँ काम भएको छैन।' प्रहरीले अहिले छड्के चेकजाँचभन्दा पनि हप्तैभरि विभिन्न लोकेसनमा नियमित चेकजाँच गर्ने गरेको जानकारी चन्दले दिए।
डान्सका नाममा यौन धन्दा
ज्याठा चोकबाट थोरै ठमेलतिर पसेपछि दायाँतिर चाइनटाउन सपिङ सेन्टरको भवन आउँछ। यो भवनको दोस्रो तलामा सेलब्रेसन लाउन्ज बार एन्ड डान्स रहेको छ। सोमवार राति ठमेलको चित्र उतार्ने क्रममा त्यहाँ पुग्दा सपिङ सेन्टरको अगाडि एक जना किशोर बसिरहेका थिए। हामीलाई देख्नेबित्तिकै ती किशोरले रमाइलो गर्ने प्रस्ताव गरे। 'दाइ माथि डान्स रेस्टुरेन्ट छ, जाउँ हेरौँ। रमाइलो गरौँ,' उनी हामीलाई 'कन्भिन्स्ड' गर्न खोज्दै थिए। हामीले 'डान्समात्र त के हेर्नु भाइ? अरू व्यवस्था छैन?' भनेपछि उनले केटीसँग रमाइलो गर्ने रुम पनि भएको र रेट पनि खासै महँगो नभएको बताए। 'पाँच सयमा काम तमाम हुन्छ,' उनी भन्दै थिए।
उनको आग्रहपछि हामी माथि उक्लियौँ। सानो स्पेसमा रहेको यो डान्सबारको सेटिङ डान्स रेस्टुरेन्टका लागि गरिएको जस्तो थिएन। बीस वर्षभन्दा कम उमेरका देखिने किशोरीहरू ग्राहकका वरिपरि झुम्मिएका देखिन्थे। एक युवती स्टेजजस्तो सानो स्पेसमा नाचिरहेकी थिइन्। डान्सको बहानामा यौन धन्दा चलाउने उद्देश्यले खोलिएकाले नै होला, सडकमा बसेर ग्राहक बोलाइरहेका ती किशोर डान्स नहेर्ने भए सीधै कोठामा जान कर गरिरहेका थिए। 'डान्सबारमार्फत हुने यौन क्रियाकलापमा केही कमी आएको र 'न्युड डान्स' गर्न बन्द भएको थियो,' नशा डान्सबारका सञ्चालक रमेश कार्कीले भने, 'डान्स रेस्टुरेन्टको नाममा गलत काम गर्नेहरूलाई कारबाही गर्नुपर्छ। विगतको तुलनामा डान्सबार निकै मर्यादित र मापदण्डअनुसार सञ्चालन हुन थालेका छन्।'
सुनसान रात्री जीवन
सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला पनि पर्यटकीय क्षेत्र ठमेल रातभर खुलै हुन्थ्यो। संकटकाल लाग्दा पनि यहाँको रात्री जीवन राम्रै चलेको थियो। तर, लोकतन्त्र आएपछि ठमेलको कालो दिन सुरु भएको छ। तत्कालीन गृहमन्त्री वामदेव गौतमले बेलुका १० बजे नै काठमाडौँ सुत्नुपर्छ भन्ने उर्दी जारी गरेपछि भताभुंग हुन थालेको ठमेलको रात्री जीवन अहिले तहसनहस भएको छ। १० बज्न नपाउँदै ठमेल सुनसान हुन्छ। राति १२ बजेसम्म डान्सबार खोल्न पाउने व्यवस्था गरिए पनि व्यवसायीहरू प्रहरीले दिने अनावश्यक दुःखका कारण काम गर्न नपाएको गुनासो गर्छन्।
साउन्ड प्रुफ गरिएका र सिसिटिभी जडान गरिएका डान्सबार तथा क्लबलाई राति २ बजेसम्म खोल्न दिने भनिए पनि व्यवहारमा लागू हुन सकेको छैन। ठमेलमा अहिले एउटा मात्र नाइट क्लब सञ्चालनमा छ। 'यो क्लब पनि पुनरावेदन अदालतमा सरकारविरुद्ध मुद्दा लडेरमात्र राति २ बजेसम्म खोल्न पाइएको हो,' फायर क्लबका सञ्चालक राजु दनाई भन्छन्। विगतमा काठमाडौँमा १३ वटा नाइट क्लब तथा डिस्कोथेक थिए। राति १० बजेबाट सुरु हुनुपर्ने क्लब सबै गतिविधि १० बजेबाटै बन्द गर्नुपर्ने सरकारको उर्दीका कारण बन्द हुन पुगेका थियो। 'नाइट लाइफ नभएकै कारण टुरिस्टहरू नेपाल घुम्ने सेड्युल छोट्याइरहेका छन्,' ठमेललाई आधार बनाएर व्यवसाय गरिरहेका व्यवसायी रामशरण थापाले भने। उनले केही दिनअघि मात्रै सात दिन नेपाल घुम्ने योजना बनाएर आएका पर्यटकलाई ठमेलले दुई दिन धान्न नसकेको दृष्टान्त दिए। लन्डन ट्राभल्स एन्ड टुरिजम तथा होटेलसमेत चलाइरहेका उनले भने, 'एउटा ग्रुप 'हामी नोभल पढ्न नेपाल आएका होइनौँ' भन्दै दुई दिनमै थाइल्यान्डतिर लाग्यो। चौवालिस सय डलर खर्च गर्ने योजनासहित आएको त्यो ग्रुपले नेपालमा आठ सयमात्रै खर्च गर्योै।' तोकिएको मापदण्ड पूरा गरेका क्लब तथा डान्सबार राति अबेरसम्म खोल्न दिन ठमेल पर्यटन विकास परिषद् पनि सकारात्मक रहेको अध्यक्ष थपलियाले बताए।
फायर क्लबले नेपालको रात्री जीवनको एकमात्र क्षेत्र मानिएको ठमेल जगाइरहेको छ।
फायर क्लबले नेपालको रात्री जीवनको एकमात्र क्षेत्र मानिएको ठमेल जगाइरहेको छ।
दिनभरि काम गरेर थाकेका राजधानीवासी राति रमाइलो गर्ने ठाउँको खोजीमा हुन्छन्। हामी पनि फायर क्लब छिर्यौँभ, राति १२ बजे। भर्खरै डान्स गरेर थाकेका महिला–पुरुषको एउटा समूह टेबलमा बसेर बियर घुट्क्याइरहेको थियो। त्यही बेला अर्काे समूहको प्रवेश भयो। त्यो समूह टेबलमा बस्नै लाग्दा एक्कासि पहिल्यै बसेका समूहबाट एकजना पुरुष उठेर अर्काे समूहमा आइरहेकी महिलामाथि जाइलागे। सेक्युरिटीले माहोल कन्ट्रोल गर्योह। दुई मिनेटमै प्रहरी पनि आइपुगे। प्रहरीले उनीहरूलाई समातेर लगेपछि त्यसैको फलो गरियो। पुरुष महिलालाई तथानाम गाली गर्दै थियो। महिला पनि कम थिइनन्। थाहा भयो, उनीहरू त श्रीमान्–श्रीमती रहेछन्। श्रीमतीलाई अफिसका साथीहरूसँग धुलिखेल हिँडेको भनेका श्रीमान् र श्रीमान् धुलिखेल गएको समयमा फ्राइडे फनका लागि कलेज पढ्दाताकाका साथीहरूसँग रमाइलो गर्न आएकी श्रीमती एकै ठाउँमा पुगेपछि त्यो अवस्था आएको थियो। प्रहरीले बल्लतल्ल उनीहरूलाई मिलाएर घर पठायो। 'यो फायरले धेरैको घरबार जलाउने भयो,' एक सुरक्षाकर्मी टिप्पणी गर्दै थिए।
दोहोरीमा देखियो रौनक
नियमानुसार डान्स, बार र दोहोरी साँझहरू रातको १२ बजेसम्म खोल्न पाइन्छ। तर, व्यवसायीहरू ११ नबज्दै सटर तान्न आतुर हुन्छन् किनभने शुक्रवार र शनिवारबाहेकका दिनमा ग्राहक नै भेटिँदैनन्। जसरी पनि व्यवसाय चलाउने नियत भएका सञ्चालकका कारण फाट्टफुट्ट छिर्ने विदेशी 'मुर्गा' बनाइँदा रहेछन्। ठमेलमा डान्सबार खोज्दै हिँडेका एक हुल विदेशीलाई सञ्चालकले 'वेलकम सर' भन्नुपर्ने ठाउँमा 'नो चिटिङ सर' भन्दै थिए। तर, पनि डान्सबारहरू पूरै खाली थिए।
बरु दोहोरी साँझमा भने रौनक देखियो। रातको ९ बजे नगरकोट दोहोरी साँझ पुग्दा त्यहाँ खचाखच भीड देखियो । वरिपरि रहेका अरू दोहोरी पनि ग्राहकले भरिएका थिए। नगरकोट दोहोरीका सञ्चालक रामशरण थापाले दोहोरी साँझको व्यापार राम्रै भएको बताए। त्यसैगरी लाइभ ब्यान्ड रहेको पर्पल हेजलगायत ठाउँमा पनि युवायुवतीको भीड बाक्लै हुन्छ।
घट्दै छ गुण्डागर्दी
विगतमा कोही न कोही टोले दादाहरूले ठमेललाई आफ्नो कब्जामा लिएकै हुन्थे। २०५० सालमा राजु गोर्खाली समूह र दीपक मनाङे समूहले ठमेललाई टोले दादाको हातबाट फुत्काए र गुण्डागर्दीको ग्याङवार सुरु भयो। केही समयपछि चक्रे मिलन र कालु गुरुङहरूको दबदबा रह्यो। तर, चत्रे्क मिलनले आफूलाई त्यहाँ स्थापित गर्न सकेनन्। त्यसपछि दीपक मनाङेले त्यहाँ एकलौटी राज गरे। त्यसबेला उनका सहयोगीहरू साजन महर्जन, कुमार घैँटे, गणेश लामा थिए। त्यसमध्ये कुमार घैँटे पछिल्ला केही वर्ष निकै शक्तिशाली भए। मनाङेका प्रमुख सहयोगी भए। तर, घैँटे पनि आफ्नै समूह बनाउन लागे। उनको समूहले साजन महर्जनले साथ दिए।
त्यो साथ लामो समय टिकेन। साजनले स्वयम्भूको क्षेत्र आफ्नो भन्दै उता लागेपछि घैँटे एक्लिए। उनी कमजोर भएपछि मनाङेले घँैटेलाई पनि निकालिदिए र गणेश लामा मनाङेका सहयोगी भए। मनाङे एक व्यवसायीको हत्या र चक्रे मिलनलाई खुकुरी हानेको अभियोगमा जेल परेपछि लामाले काभ्रेली समूह बनाएर एकलौटी राज गरे। चार वर्षपछि पुनः मनाङे ठमेलमा सक्रिय भए। अहिले पनि लामा र मनाङेबाहेक अन्य गुण्डाहरूको ठमेलमा राज छैन। प्रहरी चाहिँ ठमेलमा गुण्डागर्दी घटेको दाबी गर्छ। ट्रान्जिट क्राइम सेन्टरका रूपमा जाली नोट, लागूऔषधका ओसापसार गर्नेहरू बेलाबेलामा समातिने बाहेक गुण्डाहरूको कब्जामा ठमेल नरहेको दाबी सुरक्षाकर्मीको छ। जतिबेला डान्सबार र क्लबहरूको व्यापार मारामार थियो, ठमेलमा गुण्डाहरूको सक्रियता बढी थियो। व्यापार सुस्ताएसँगै उनीहरू पनि सुस्ताएका छन्।
व्यवसायीका अनुभूति
मैले ठमेललाई आधार बनाएर व्यवसाय गर्न थालेको १० वर्ष भयो। सुरुवातका दिनभन्दा अहिले पर्यटक कम हुँदै गएका छन्। यसको मुख्य कारण हामीसँग पर्यटक आकर्षित गर्ने पोलिसी छैन। आफ्नै रहरले आएकाहरूलाई पनि भुलाउन सक्ने आधार छैनन्। ठमेललाई नेपालको नाइट लाइफ भएको क्षेत्रका रूपमा भनिने गरिए पनि पर्यटकले खोजेको नाइट लाइफ यहाँ छैन। रमाइलो गर्न आएकाहरूले त्यो अनुसार सुविधा नपाएपछि फर्केर आउँदैनन् र साथीभाइलाई पनि नजान भन्छन्। त्यसैले अहिले ठमेलमा पर्यटकको संख्या घट्दै गएको हो। सरकारले राम्रो पोलिसी ल्याउने हो भने ठमेलमा पर्यटकलाई रात्री जीवनको आनन्द लिने ठाउँहरू विस्तार गर्न हामी तयार छौँ। सरकारको मापदण्डअनुरूप १ करोड ९० लाख रुपैयाँको लागतमा लाउन्ज बार, दोहोरी साँझ बनाउन हामी लागिपरेका छौं।
- रामशरण थापा, व्यवसायी
- रामशरण थापा, व्यवसायी
व्यवसाय थालेको ११ वर्ष भयो। रात्री जीवन खोज्नेको सुविधाका लागि हामीले फायर क्लबमा सरकारको मापदण्डअनुरूप सिसिटिभी, साउन्ड प्रुफ र स्टाफ राख्यौँ। यति गरेपछि रातभरि खोल्ने पाइने भनिए पनि प्रहरी प्रशासनका कारण सम्भव भएन। पछि पुनरावेदन अदालतमा मुद्दा लडेर फायर क्लब २ बजेसम्म खोल्न पाएका छौँ। यो त डान्स क्लबमात्रै भयो। नाइट लाइफ धान्नका लागि विविधता चाहिन्छ। त्यसका लागि व्यवसायीले मात्रै प्रयास गरेर सम्भव छैन। सरकार र अन्य सरोकारवालाले पनि सकारात्मक भइदिनुपर्योत।
- राजु दनाई, व्यवसायी
- राजु दनाई, व्यवसायी
ठमेललाई पर्यटकमैत्री बनाउन सकिन्छ। यसका लागि हामीले भरमग्दुर कोसिस गरिरहेका छौँ। अहिले ठमेलको व्यापार–व्यवसायमा केही कमी आए पनि यसको आकर्षण अझै घटेको छैन। अर्बौं रुपैयाँको लगानीमा ठमेलभित्र नेपालको सबैभन्दा ठूलो सपिङ मल निर्माण हुँदै छ। एनआरएनको लगानीमा सुविधासम्पन्न होटल बनिरहेका छन्। रेस्टुरेन्ट तथा लाउन्ज बारमा पनि करोडौँ लगानी गर्ने उत्साही युवा अहिले पनि ठमेलमा क्रियाशील छन्। ठमेलको रात्री जीवन ब्युँताउन परिषद्को तर्फबाट पर्याप्त पहल भइरहेको छ। मापदण्ड पूरा गरेका डान्सबार र क्लबलाई राति अबेरसम्म खुला गर्ने विषयमा हामी व्यवसायीसँग मिलेर काम गरिरहेका छौँ। ठमेल चौबीसै घण्टा जागा होस् भन्ने हाम्रो चाहना छ। यहाँ सडक तथा भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन परिषद्ले काम गरिरहेको छ।
- रामशरण थपलिया, अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्
- रामशरण थपलिया, अध्यक्ष, ठमेल पर्यटन विकास परिषद्
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !