अक्सर मिडिया प्रोपागान्डा चलिरहने भारतमा पछिल्लो पटक एक पत्रकारले सनसनी मच्चाइरहेका छन्। तरुण तेजपाल नामक यी पञ्जाबी मूलका ५० वर्षे सम्पादकको नाममा सिंगो भारतको बौद्धिक र मिडिया तप्का विभाजित भएको छ– उनको कुनै बौद्धिक कामले होइन, यौन दुव्र्यवहारले।
'तहल्का' म्यागजिनले अघिल्लो साता गोआमा आयोजना गरेको 'थिंकफेस्ट' नामक बौद्धिक सम्मेलन कभर गर्न गएकी आफ्नै सहकर्मी पत्रकारमाथि सम्पादक तरुणले बलात्कार प्रयास गरेका थिए। घटना खुल्ने थाहा पाएपछि उनले इमेल र टेक्स्ट पठाउँदै उनीसँग क्षमा मागे। तहल्काकी प्रबन्ध सम्पादक सोमा चौधरीसँग घटना सकारे । अनि ६ महिने स्वनिलम्बनको घोषणा पनि गरे।
तर, कुरा यतिमै सकिएन। राजनीति, सुरक्षा, प्रशासन क्षेत्रका गोप्य सूचना उत्खनन् गर्दै भारतीय सत्तालाई आच्छुआच्छु पार्ने यी पत्रकारको बलात्कार प्रयासलाई पुलिस र अदालतभन्दा पर लगिएको छ। आम चुनाव सम्मुखमा रहेका बेला दिल्ली सत्ताको एक मुख्य दाबेदार भारतीय जनता पार्टीले तरुण–काण्डलाई राजनीतिक रंग दिएको छ।
र, फेरि भारतीय मिडिया त्यसकै बलमा आफ्नै एक पेसाकर्मीलाई मसला बनाएर बेचिरहेका छन्।
तरुणकी समकालीन भारतीय लेखक अरुन्धती रोयलाई यस्तो पटक्कै मन परेको छैन। भाजपाले घटनालाई मोड्न खोजेपछि आउटलुक म्यागजिनमा लेख्दै उनले महिला अधिकार र तरुणविरोधी अभियानमा आक्रामक भएर लाग्नेप्रति कटाक्ष गरेकी छन्। तरुणविरोधी जनमत बन्दै गएका बेला अरुन्धतीको टिप्पणीले बहसलाई नयाँ दिशातर्फ मोडेको छ।
अरुन्धतीले तरुण आफ्ना पुराना साथी रहेको, उनको बुकर प्राइज विजेता उपन्यास 'गड अफ स्मल थिंग्स' छाप्दाताकाको प्रकाशकसमेत रहेको सम्झना गरेकी छन्। आफूले सधैं सहयोगी, दयालु ठानेका व्यक्तिले निकालेको 'तहल्का'ले मच्चाएको तहल्काको उनले प्रशंसा गरेकी छन्। यौन उत्पीडनको विषय प्रहरी अनुसन्धान र कानुनी कारबाहीको विषय हुँदाहुँदै हिन्दुवादी दक्षिणपन्थीले आफ्नो स्वार्थका लागि भजाउन खोजेकामा उनको आपत्ति छ।
'दोषी सम्पादकविरुद्ध सतित्वको लडाइँ लड्ने ती पत्रकार थाहै नपाई भाजपाको फासिवादी एजेन्ट बन्न पुगेकी छिन्,' अरुन्धतीको कडा टिप्पणी छ, 'के यो उनको पत्रिका तहल्का स्वयंले भन्ने गरेको 'स्वतन्त्र, पारदर्शी र निडर' नाराविरुद्ध भएन र?'
उनले थपेकी छन्, 'के यो बलात्कार नम्बर दुई भएन र?'
सन् २००० मा सुरु भएको तहल्कामार्फत् तरुणले कमाएका 'शत्रुहरू' उनलाई नांगेझार पार्न कस्सिएका छन्। केही महिनापछि भारतमा हुन लागेको आम चुनावको एक मुख्य प्रत्यासी भारतीय जनता पार्टीको तारो बनेका छन्, तरुण। गुजरात दंगामा भाजपाका अध्यक्ष लक्ष्मण बंगारुको संलग्नतालाई स्टिङ अपरेसनबाट पुष्टि गरेपछि उक्त पार्टी तरुणसँग आक्रोशित भएको थियो । चुनावको मुखमा आफ्नो विरोधी पत्रकारलाई ठीक पार्ने अमोघ अस्त्र भाजपाले फेला पार्यो । त्यसै घटनाको बदला भावनाबाट प्रेरित भएर भाजपाले यौन दुव्र्यवहारको मुद्दालाई राजनीतिक रंग दिन खोजेको तरुणको जिकिर छ।
तरुणले यसपालि सोह्रैआना गल्ती गरेका छन्। उनको पक्षमा कोही बिरलै उभिएला। प्रबन्ध सम्पादक सोमाले भने तरुणको पक्ष लिएको भन्दै सोमबार तीन तहल्काकर्मीले राजीनामा दिएका छन्।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाले अति प्रभावशालीको सूचीमा पारेका तरुणको यो गल्ती विशाल परिघटना बनेवापत नै थाहा हुन्छ– भारतको एक प्रतिरोधी पत्रकार कति शक्तिशाली छ!
तरुणलाई एसियाविकले सन् २००१ मा एसियाका ५० शक्तिशाली पत्रकारको सूचीमा छनोट गरेको थियो । बिजनेसविकले एसियाली परिवर्तनका ५० नेतामध्ये एक भनेको थियो। उसैले सन् २००९ मा एसियाका ५० शक्तिशालीभित्र छनोट गरेको थियो। प्रसिद्ध बेलायती अखबार 'द गार्डियन'ले तरुणले भारतको नयाँ कुलीन घराना सिर्जना गर्न भूमिका खेल्ने २० व्यक्तित्वमा तरुणलाई पनि छानेको थियो। तरुणको अन्तर्राष्ट्रिय प्रभावका यस्ता अनेक उदाहरण छन्।
'द स्टोरी अफ माई असासिन्स', 'द अल्केमी अफ डिजायर' र 'द भ्याली अफ मास्क्स' नामक तीन उपन्यास लेखेका तरुण दुई वर्षअघि काठमाडौं आएका थिए। 'काठमान्डु लिटरेरी जात्रा' मा उनले आफ्नो पत्रिकाबारे बोलेका थिए, 'हप्तामा ६ दिन अफिस हुन्छ, एक दिन बिदा। तीन दिन पत्रिकाको काम गर्छु, तीन दिन अदालतमा मुद्दा खेप्न जान्छु।'
तहल्काको खोजमूलक रिपोर्टिङविरुद्ध असंख्य मुद्दा पर्दोरहेछ। अधिकांश मुद्दा प्रतिवादी तरुण नै जित्दा रहेछन्।
अर्को एक सन्दर्भमा पश्चिमा सञ्चार जगत्मा अनलाइन मिडिया हाबी भएकाले छापा पत्रकारिता संकटग्रस्त हुँदै गएको तर्क गर्नेहरूलाई उनले भारत र एसियाली जनताले अझै आधा शताब्दी अखबार र म्यागजिन नछाड्ने जिकिर गरेका थिए। यी हक्की पत्रकारले अमेरिकी वक्ताहरूलाई उडाएका थिए, 'पश्चिमाहरू आफूले जे गर्यो, बाँकी विश्व पनि त्यही गर्छ भन्ठान्छन्, तिनलाई थाहै छैन दक्षिण एसिया कसरी चलेको छ। यहाँका मिडिया कसरी चलेका छन्।'
यी मुखर वक्ताको स्वभावलाई कतिपय समकालीनहरू दम्भ मान्ने गर्छन्। सूचना संकलनका लागि गहिरा अपरेसन चलाउनु, यदाकदा अवैधानिक मानिएका बाटोबाट पनि सूचनाको सिकार गर्नु, मिडियाको पहुँच नभएका ठाउँहरू पुगेर अनुसन्धानका सनसनी रिपोर्टिङ गर्नु तरुणको रुचिमा पर्छ। उनको यही रुचिलाई आत्मसात् गर्दै सन् २००० बाट 'तहल्का' साप्ताहिकको अंग्रेजी र हिन्दी संस्करण सुरु भएको हो।
उनी सार्वजनिक पद धारण गरेका मानिसमा पारदर्शिता र जवाफदेहिता हुनुपर्ने लडाइँका लागि आजपर्यन्त लडिरहेका छन्। उनका लागि क्यामराले नभेट्ने कुनै ठाउँ हुन सक्दैन। तर उनी स्वयंबारे फेसबुक र ट्विटरमा निर्मित थुप्रै फेक अकाउन्टमध्ये एकमा यस्तो प्यारोडी–परिचय लेखिएको छ ।
'बायो' – तरुण तेजपाल। एक्लै भेटिएका महिला मन पराउने। क्यामरा मन नपराउने। गोआका होटल मन पराउने। नरेन्द्र मोदी मन नपराउने।
भाजपाका तिनै मोदी, जो आगामी चुनावमार्फत् भारतको प्रधानमन्त्री हुने सपना देखिरहेछन्। तरुणले उनको निद्रा पटकपटक हराम गरिदिएका छन्।
यसपल्ट भने तरुण स्वयंको निद्रा हराम गरिदिएको छ, मोदीको भाजपाले।
(एजेन्सी र पत्रिकाहरूको सहयोगमा)

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !