मंसिर ४ गते पनि वैद्य बाजेको ड्यास माओवादीले गाडी चल्न नदिने गरी यातायात बन्दको घोषणा गरेको छ। त्यो दिनको बन्द भने भव्य सफल हुने निश्चित छ।
किनभने त्यो दिन वैद्य बाजेका कार्यकर्ता सडकमा उत्रनै पर्दैन, सरकार आफैले बन्द गराउनेछ। मंसिर ४ गते गाडी त के, मोटरसाइकल पनि चलाउँछु भन्ने कल्पना नगर्नुस्। त्यो दिन गाडी चलाउनु भयो भने वा
मोटरसाइकल चलाउनु भयो भने सुरक्षाकर्मीले तपाईँलाई रोक्नेछ।
त्यो दिन गाडी चलाउन तपाईँले छेउको फोटोमा जस्तो पास लिनु पर्नेछ। पास लिए पनि त्यो गाडी वा मोटरसाइकलले मतदातालाई ओसार्न पाइने छैन।
कसले भन्या ? निर्वाचन आयोगले भन्या। निर्वाचन आयोगले निकालेको सूचनामा यस्तो व्यवस्था गरिएको छ। यसरी सरकारी संयन्त्र नै लागेपछि हुने भएन त बन्द भव्य सफल ?
वैद्य बाजेले त बरु प्रेसलाई चल्न दिने भनेका थिए। तर यो दिन त सरकारले मिडियालाई पनि कडिकडाउ गर्नेछ। टिभीले त क्यामेरा अनुसार जति नि पास पाउने रे तर बिजोग त दैनिक, साप्ताहिक र रेडियोलाई पो हुने भएछ। उनीहरुले एउटा मात्र पास गाडी वा मोटरसाइकल चलाउन पाउने रे। हरे त्यो एउटा पासमा सम्पादक हिँड्ने कि फोटोग्राफर ! अझ अनलाइनलाई त मिडिया नै नगन्ने रहेछन्। यसको विरोध नहुने निश्चित छ किनभने ठूला पत्रिकाका निर्वाचन आयोग बिट हेर्ने रिपोर्टरहरु नै लाख लाख रुपियाँ तलब खाने गरी कन्सल्ट्यान्ट छन्।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !