संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा सर्वसाधारणको रुचि डीभी (डाइभर्सिटी भिसा) फाराम भर्नेमा देखिन्थ्यो। त्यो लर्को हेर्दा लाग्थ्यो, डीभी भर्नेहरू चाँडोभन्दा चाँडो देश छाडेर परदेश पुग्ने हतारोमा छन्, उनीहरूलाई निर्वाचनसँग कुनै लिनुदिनु छैन।
धेरैका लागि सपनाको देश अमेरकिा पुग्न सकिने भाग्योदय चिट्ठा हो, डीभी। डीभी फाराम भरेर महिना दिनका लागि भए पनि केही युवाले स्वदेशमा नै काम पाए भने केहीले कसैको सपनाको राम्रै व्यवसाय पनि गरे। काठमाडौँको न्युरोडको एक डीभी भर्ने ठाउँमा मात्रै दिनको १ हजार ५ सयका दरले एक महिनाको अवधिभित्र ४५ हजार युवाले डीभी भरेछन्। यस्ता डीभी केन्द्रको अनुमानित संख्या जोड्दा १५ लाख नेपालीले डीभी भरेको हुनुपर्छ। केहीलाई छाडेर भन्नुपर्दा मूलतः डीभी भर्नेहरू युवा समूहकै छन्।
एकातिर खाडीमा ठूलो युवा संख्या रोजगारीमा छ भने देशमा भएकाहरू पनि विदेशिने अवसरको खोजीमा छन्। तैपनि, राजनीतिक दलहरूले आ-आफ्ना घोषणापत्रमा यी युवालाई देशमा रोजगार सिर्जना गरेर रोक्न सक्ने बलियो आधार प्रस्तुत गरेका छैनन्। अरू त अरू, यसपटकको संविधानसभाको निर्वाचनमा १८ लाख युवा मतदानबाट वञ्चित छन्। यो मुद्दालाई कुनै दलले सम्बोधन गर्नुपर्ने ठानेका छैनन्। यिनै 'बूढा'हरूले देश चलाइरहने र युवाहरू पलायन भइरहने हो भने १० वर्षपछिको नेपालको चित्र कस्तो होला हँ ? साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !