कारोबारको पारदर्शी हिसाब नभएको नेपालको कमोडिटिज् डेरिभेटिभ बजारबाट हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ ठगिंदा पनि सरकारको आँखा खुलेको छैन।
काठमाडौंका सञ्जयप्यारा श्रेष्ठले क्रमशः उकालो लागेको सुनको मूल्यको आकलन गरेर मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स) मार्फत कमोडिटिज् डेरिभेटिभ बजारमा लगानी गर्दा
चार महीनाको बीचमा रु.१९ लाख गुमाए। शुरूमा गुमेको ९ लाख उठाउन फेरि लगानी गर्दा थप रु.१० लाख डुबेपछि झ्सङ्ग भएर यो बजारमा पैसा खन्याउन छोडेका श्रेष्ठ भन्छन्, “अब म यो बजारमा कसैलाई पनि लगानी गर्ने सल्लाह दिन्न।”
नेपालीहरूलाई जुवाघर (क्यासिनो) प्रवेशमा रोक छ। तर, ६ वर्षदेखि सञ्चालित त्यस्तै प्रकृतिको कमोडिटिज् तथा डेरिभेटिभ एक्सचेञ्जहरूबाट हजारौं नेपालीले अर्बौं रुपैयाँ गुमाएका छन्,धेरैको घरबास उठेको छ। सुन, चाँदी, तामा, कच्चा तेल, भटमास, मकै, कफी, गहुँ जस्ता वस्तुको विश्वबजारको मूल्यका आधारमा नेपालका कमोडिटी एक्सचेञ्जमा लगानी गर्नेमध्ये ८० प्रतिशतभन्दा बढी नेपालीले लगानी गुमाएका धितोपत्र बोर्डको 'कमोडिटिज् डेरिभेटिभ बजारको अन्तर्राष्ट्रिय अभ्यास तथा नेपालको सन्दर्भ' शीर्षकको अध्ययनले देखाएको छ।
रु.१२ लाख गुमाएका नाम बताउन नचाहने पाटनका एक लगानीकर्ता यो बजारलाई जुवाघर नै मान्छन्। हुन पनि वस्तुको भौतिक उपलब्धता र खरीदबिक्रीको कागजपत्र विना विश्व बजारको मूल्य हेरेर घटबढको अड्कलका भरमा गरिने लगानी जुवाको खालमा पैसा खन्याए जस्तै हो। भविष्यमा वस्तु वा रकमको हिसाबकिताब गर्ने गरी आजै मूल्य तोकेर लगानी गरिने कमोडिटिज् बजारको भेद बुझेका अर्का एक लगानीकर्ता भन्छन्, “यो अर्को क्यासिनो हो, जसले हजारौंलाई डुबाएको छ।” अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य बढ्छ या घट्छ भनेर च्याँखे थाप्ने शैलीमा गरिने यस्तो लगानीमा धेरैले गुमाएकै कारण एक–डेढ वर्षअघि २० हजार पुगेको कमोडिटिज् बजारका लगानीकर्ताको संख्या अहिले ५००० मा झ्रेको बोर्डको अनुमान छ।
कसरी डुब्छ पैसा
करीब रु.५० लाख पर्ने एक केजी सुनमा कमोडिटिज् एक्सचेञ्जमार्फत लगानी गर्न त्यसको १.५ प्रतिशत 'मार्जिन रकम' अर्थात् रु.७०–७५ हजार भए पुग्छ। तर, लगानीकर्ताले एक केजी सुनको मूल्य रु.५० लाखकै नाफा–घाटा वहन गर्नुपर्ने हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सामान्य तलमाथि हुँदा पनि ठूलै रकम गुमाउँछन्। अन्तर्राष्ट्रिय बजारमा एक औंस (३१.१०३४ ग्राम) सुनको मूल्यमा १ अमेरिकी डलर तल–माथि हुँदा पनि नेपालमा लगानी गर्नेको करीब रु.२५०० फरक पर्छ। एक दिनमा सुनको मूल्य प्रति औंस ३० डलर घटेमा सबै पैसा गुम्ने मात्र हैन, फेरि बजार बढे पनि लगानीकर्ताले गुमिसकेको पैसा फिर्ता पाउन सक्दैनन्।
कसरी डुब्छ पैसा
करीब रु.५० लाख पर्ने एक केजी सुनमा कमोडिटिज् एक्सचेञ्जमार्फत लगानी गर्न त्यसको १.५ प्रतिशत 'मार्जिन रकम' अर्थात् रु.७०–७५ हजार भए पुग्छ। तर, लगानीकर्ताले एक केजी सुनको मूल्य रु.५० लाखकै नाफा–घाटा वहन गर्नुपर्ने हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सामान्य तलमाथि हुँदा पनि ठूलै रकम गुमाउँछन्। अन्तर्राष्ट्रिय बजारमा एक औंस (३१.१०३४ ग्राम) सुनको मूल्यमा १ अमेरिकी डलर तल–माथि हुँदा पनि नेपालमा लगानी गर्नेको करीब रु.२५०० फरक पर्छ। एक दिनमा सुनको मूल्य प्रति औंस ३० डलर घटेमा सबै पैसा गुम्ने मात्र हैन, फेरि बजार बढे पनि लगानीकर्ताले गुमिसकेको पैसा फिर्ता पाउन सक्दैनन्।
सुनको मूल्यमा प्रति औंस दिनमा ३०–५० डलर तलमाथि हुनु अन्तर्राष्ट्रिय बजारमा सामान्य हो। नाफाघाटा जे भए पनि एकपटक कारोबार गर्दा अर्थात् 'सेल' वा 'बाई' अप्सनमा क्लिक गर्दा लगानीकर्ताले कमिसन, भ्याट र स्प्रेड गरी रु.२००० भन्दा बढी शुल्क तिर्नुपर्छ। एक्सचेञ्जमा आउनेलाई रु.७०–७५ हजार लगानी गरेर रु.५० लाख बराबरको सुनको नाफा हुने भनेर लोभ्याइन्छ। तर, १.५ प्रतिशत मार्जिन राखेर लाखौंको कारोबार गर्दा फाइदा हुने सम्भावना अत्यन्त कम हुन्छभने अलि धेरै लगानी गर्नेले पनि एकैपटक धेरै केजी सुनको 'कन्ट्रयाक्ट' लिन्छन् र क्षणभरमै लाखौं डुबाउँछन्।
सफ्टवेयरमा गोलमाल
नियमन र सुपरीवेक्षणको अभावमा एक्सचेन्जहरूले अस्वस्थ तथा अपारदर्शी कारोबार गरेको मात्र होइन, सफ्टवेयरमा म्यानुपुलेसन गरेर ठगी धन्दा चलाइरहेका धितोपत्र बोर्डका उप–निर्देशक डा. नवराज अधिकारी बताउँछन्। उनी भन्छन्, “कमोडिटिज् कारोबारको अन्तर्राष्ट्रिय अभ्यास, नियम र मापदण्डलाई नेपाली सञ्चालकहरूले पूरै बेवास्ता गरेका छन्।”
सफ्टवेयरमा गोलमाल
नियमन र सुपरीवेक्षणको अभावमा एक्सचेन्जहरूले अस्वस्थ तथा अपारदर्शी कारोबार गरेको मात्र होइन, सफ्टवेयरमा म्यानुपुलेसन गरेर ठगी धन्दा चलाइरहेका धितोपत्र बोर्डका उप–निर्देशक डा. नवराज अधिकारी बताउँछन्। उनी भन्छन्, “कमोडिटिज् कारोबारको अन्तर्राष्ट्रिय अभ्यास, नियम र मापदण्डलाई नेपाली सञ्चालकहरूले पूरै बेवास्ता गरेका छन्।”
लगानीकर्ता श्रेष्ठ पनि आफ्नो पैसा डुब्नुलाई अस्वाभाविक ठान्छन्। कपासमा ठूलो लगानी गरेर मूल्य राम्रो भएको बेला 'सेल' अर्डर दिन खोज्दा सफ्टवेयर क्लिक नभएको र फाइदा नहुने बिन्दुमा ओर्लेपछि मात्रै क्लिक भएको उनको अनुभव छ। सबैजसो लगानीकर्ताका समस्या यस्तै छन्। बजार विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, “यसमा एक्सचेन्ज र क्लियरिङ हाउसले मिलेर सफ्टवेयरमा गोलमाल गरी लगानीकर्तालाई मर्कामा पार्छन्।”
कमोडिटिज् कारोबारमा एक्सचेन्जले लगानीका लागि प्लेटफर्म उपलब्ध गराउँछ, क्लियरिङ हाउसले लगानीकर्तालाई हुने नाफा–घाटाको हिसाबकिताब गर्छ। लगानीकर्ताले क्लियरिङ हाउसले तोकेको ब्याङ्कको खातामा आवश्यक मार्जिन रकम राखेर एक्सचेञ्जको दलाल (ब्रोकर) ले दिने सफ्टवेयर प्रयोग गरी कारोबार गर्न सक्छ। नेपालमा क्लियरिङ हाउस नै बजार निर्माता तोकिएकोले यसले कारोबारको अर्को पक्षको रूपमा समेत काम गर्छ। क्लियरिङ हाउसलाई लगानीकर्ताले खोलेको ब्याङ्क खाताको सबै विवरण र पासवर्ड थाहा हुने भएकाले उसले नै खाताको रकम तान्न, थप्न वा राफसाफ गर्न सक्छ। धितोपत्र बोर्डको अध्ययनले सबै एक्सचेन्जले छद्म नाममा आफ्नै क्लियरिङ हाउस खोलेर नाफाको झ्ेली खेल खेलिरहेको देखाएको छ।
विकसित देशहरूमा किन्न र बिक्री गर्न चाहने लगानीकर्ताबीच सम्झौता भएर मात्र कारोबार हुने सफ्टवेयर प्रयोग हुन्छ। नेपालमा जस्तो एक्सचेञ्ज आफैंले क्लियरिङ हाउस चलाउन र खरीद–बिक्री गर्न पाउँदैनन्। लगानीकर्ताले यो जोखिमको खेल त्यसैसँग खेल्नुपर्छ, जसले आफैं नियम बनाउँछ। रु.१२ लाख गुमाएका नुवाकोट जिलिङका गोपीचन्द्र ढुङ्गाना भन्छन्, “लगानीकर्तालाई नाफा हुने अवस्था आए एक्सचेन्जहरूले सफ्टवेयर ढिला बनाइदिएर खरीद वा बिक्री नै हुन दिंदैनन्।”
अन्तर्राष्ट्रिय बजारमा 'रियल टाइम' मा कारोबार भइरहे पनि एक्सचेन्ज र क्लियरिङ हाउसको मिलेमतोमा नेपालमा पाँच मिनेटसम्म ढिलो गरिन्छ। “एक सेकेण्डमै हजारौं रुपैयाँ फरक पर्ने कारोबारमा क्लियरिङ हाउसलाई फाइदामा लैजान र लगानीकर्तालाई डुबाउन यस्तो ढिलाइ गरिन्छ”, ढुङ्गानाको अनुभव छ। एक्सचेञ्ज सञ्चालकहरू भने प्राविधिक कारणले इन्टरनेट स्लो भएको दाबी गर्छन्। नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एनडेक्स) का प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधान आफूहरूले म्यानुपुलेसन नगरे पनि अन्य कम्पनीहरूले भने गरिरहेको सुनेको बताउँछन्।
यो कारोबारको अर्को डरलाग्दो पक्ष मूल्य निर्धारणमा अपारदर्शिता हो। एक्सचेन्जहरूले निर्धारण गर्ने वस्तुको सन्दर्भ मूल्य एउटै स्रोतबाट लिनुपर्ने भए पनि फरक–फरक ठाउँबाट लिएर आफूखुशी तोकिरहेकाले लगानीकर्ताको कम्प्युटरको सफ्टवेयरमा आउने सूचनामा पनि 'म्यानुपुलेसन' हुन्छ। त्यसैले, एक्सचेन्ज र क्लियरिङ हाउस मिलेर चाहेअनुसार वस्तुको मूल्य घटाउन–बढाउन सक्छन्। सञ्चालनमा रहेका सबै एक्सचेन्जले तोकेको वस्तुको मूल्यमा समेत एकरुपता छैन। डलरसँगको विनिमय दर नेपाल राष्ट्र ब्याङ्कले मात्र निर्धारण गर्न सक्ने भए पनि सबै एक्सचेञ्जले आफूखुशी विनिमयदर तोकेका हुन्छन्। एक्सचेन्ज सञ्चालकहरू तीन महीनाको औसत विनिमयदरलाई आधार मानिने हुँदा राष्ट्र ब्याङ्कको विनिमयदरसँग फरक परेको दाबी गर्छन्।
सर्वत्र लूट
धितोपत्र बोर्डको अध्ययनले नेपाली एक्सचेञ्जहरू स्वनियमनमा नबसेकोे, पूँजी पलायन गरेको, लगानीकर्तालाई पर्याप्त सूचना नदिएको, कारोबार अपारदर्शी भएको, पर्याप्त पूँजी नभएको, राजस्वमा गडबडी गरेको, अवैध 'सट्टेबाजी' गरेको आदि समस्या देखाएको छ।
सर्वत्र लूट
धितोपत्र बोर्डको अध्ययनले नेपाली एक्सचेञ्जहरू स्वनियमनमा नबसेकोे, पूँजी पलायन गरेको, लगानीकर्तालाई पर्याप्त सूचना नदिएको, कारोबार अपारदर्शी भएको, पर्याप्त पूँजी नभएको, राजस्वमा गडबडी गरेको, अवैध 'सट्टेबाजी' गरेको आदि समस्या देखाएको छ।
वार्षिक अर्बौंको कारोबार गर्ने एक्सचेञ्जहरूमा पूँजी लगानी जम्मा रु.१५ करोड मात्र छ। सबैभन्दा धेरै कमोडिटिज् एण्ड मेटल एक्सचेन्ज नेपाल (कोमेन) को चुक्ता पूँजी रु.६ करोड २४ लाख ५१ हजार छ भने मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स) तथा एन्डेक्स र कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) प्रत्येकको रु.२ करोड ५० लाख। नेपाल स्पट एक्सचेन्जले रु.१ करोड र वेल्थ एक्सचेन्जले रु.२५ लाख मात्र चुक्ता पूँजी लिएर काम गरिरहेका छन्। यस्तै १५ वटा क्लियरिङ हाउस र २०० दलालको चुक्ता पूँजी जोड्दा रु.१० करोड पनि हुँदैन। “अर्बौंको कारोबार गर्ने एक्सचेन्जहरू यति न्यून पूँजीले चल्नु अत्यन्त जोखिमपूर्ण हो”, धितोपत्र बोर्डका उप–निर्देशक अधिकारी भन्छन्, “संसारभरि कमोडिटिज् एक्सचेन्जको चुक्ता पूँजी सामान्यतः रु.१ अर्बभन्दा कम छैन।”
सर्वसाधारणको अर्बौं कारोबार गर्ने नेपाली कमोडिटिज् एक्सचेन्जहरू एकल वा व्यक्तिगत स्वामित्वमा सञ्चालन हुनु अर्को डरलाग्दो पक्ष हो। वेल्थ नामक एक्सचेन्ज त पूरै प्रालिका रूपमा दर्ता छ भने अन्य ६ वटा पब्लिक लिमिटेड भए पनि सबैमा अधिकांश शेयर एकै परिवारको छ। कमोडिटिज् बजारको संवेदनशीलताकै कारण भारतमा प्रत्येक एक्सचेन्जमा सरकारी स्वामित्वका संस्थाको पूँजी लगानी कम्तीमा २६ प्रतिशत हुनुपर्ने तर व्यक्तिगत लगानी १ प्रतिशतभन्दा बढी हुनु नहुने कानूनी व्यवस्था छ। यहाँ नियमन नभएकोले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता मात्र गरेर आफूखुशी एक्सचेञ्ज सञ्चालन भएका छन्।
दैनिक रु.५ करोडको कारोबार गर्ने एक्सचेन्जहरूले पाँच वर्षमा सरकारलाई जम्मा रु.२३ करोड ९८ लाख मात्र राजस्व बुझाएका छन्। थोरै नाफा देखाएर एक्सचेन्जहरूले आयकर कम तिरिरहेको प्रमाण हो यो। एक्सचेञ्जहरूले वार्षिक लेखापरीक्षणको वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन्। क्लियरिङ हाउस र दलालले कम्पनी रजिष्टारको कार्यालयलाई समेत लेखापरीक्षण प्रतिवेदन र हिसाबकिताब बुझ्ाएका छैनन्।
वित्तीय विवरणमा कम्पनी घाटामा गएको देखिए पनि सञ्चालकले लाखौं रुपैयाँ पेश्की लिएको, एक्सचेन्ज आफैंले अर्को एक्सचेञ्ज खोलेर कारोबार गरेको, लगानीकर्ताले ब्याङ्कमा राखेको पैसाको समेत ब्याज उठाएर खाएको भेटिएको छ। नेपाल स्पट एक्सचेन्जमा मेक्स र यसमा आबद्ध अधिकारीहरूकै पूर्ण लगानी पाइएको छ। सबै एक्सचेन्जले अमेरिकी डलरको अवैध कारोबार समेत गरिरहेका छन्।
यसले कमोडिटिज् एक्सचेन्जले लगानीकर्तालाई खुल्लमखुल्ला ठगिरहेको देखाउँछ। एक्सचेञ्जहरू राजनीतिक र प्रशासनिक उच्चतहको आडमा सञ्चालन भएकाले पनि तिनका सामु सरकारी निकायहरू निरीह देखिन्छन्। भर्खरै सञ्चालनमा आएको सीएफएक्समा पूर्व सेना प्रमुख धर्मपालवरसिंह थापा अध्यक्ष र क्यासिनो र्याडका मालिक किशोर सिलवाल सञ्चालक छन्। विभिन्न एक्सचेञ्जमा मन्त्री र एमाओवादीका नेताहरूको समेत लगानी छ।
सबै एक्सचेन्जको पूँजी लगानीको स्रोत प्रष्ट छैन। धितोपत्र बोर्डका एक अधिकृत भन्छन्, “कानूनको कुरा गर्दा एक एक्सचेञ्ज सञ्चालकले आफ्नो कम्पनीमा पाकिस्तानी डन दाउद इब्राहिमको लगानी भएकाले सचेत हुन चेतावनी दिए।” नेपालमा सञ्चालनमा रहेका कोमेन, मेक्स र वेल्थ एक्सचेन्जमा विदेशी लगानी छ भनिए पनि पुष्टि भइसकेको छैन। तर यिनमा भारतीय नागरिकहरू प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। कोमेनका पूर्व सञ्चालक दीपक बुढाथोकी भन्छन्, “अस्पष्ट स्रोतले लगानी गरेको नेपालका एक्सचेन्जहरूले नेटवर्क मार्केटिङभन्दा ठूलो जालो खडा गरेर सर्वसाधारणलाई ठगिरहेका छन्।”
अवैध खेल
पूँजीबजार नै बलियो बनिनसकेको नेपालमा कमोडिटिज् तथा डेरिभेटिभ कारोबारलाई सन् २००७ मा कोमेनले भित्र्याएको हो, त्यसपछि अरू पनि थपिए। विना कानून सञ्चालन भइरहेका कमोडिटी एक्सचेञ्जलाई कानूनी संरक्षण दिलाउन यसका सञ्चालकहरू नेटवर्क मार्केटिङका सञ्चालकहरूले सर्वोच्च अदालतले अवैध घोषणा गर्नुअघि वैधता दिन ऐन माग गरे जस्तै गरी विभिन्न निकाय धाइरहेका छन्। धितोपत्र बोर्डले नियमन गर्ने बताइए पनि संसद् भङ्ग भएसँगै तत्काल धितोपत्र ऐन संशोधनको सम्भावना टरेको छ। बोर्ड अध्यक्ष बाबुराम श्रेष्ठ ऐन संशोधन हुन नसकेपछि छुट्टै निर्देशिका जारी गरेर कमोडिटिज् बजारको नियमन गर्ने बताउँछन्।
अवैध खेल
पूँजीबजार नै बलियो बनिनसकेको नेपालमा कमोडिटिज् तथा डेरिभेटिभ कारोबारलाई सन् २००७ मा कोमेनले भित्र्याएको हो, त्यसपछि अरू पनि थपिए। विना कानून सञ्चालन भइरहेका कमोडिटी एक्सचेञ्जलाई कानूनी संरक्षण दिलाउन यसका सञ्चालकहरू नेटवर्क मार्केटिङका सञ्चालकहरूले सर्वोच्च अदालतले अवैध घोषणा गर्नुअघि वैधता दिन ऐन माग गरे जस्तै गरी विभिन्न निकाय धाइरहेका छन्। धितोपत्र बोर्डले नियमन गर्ने बताइए पनि संसद् भङ्ग भएसँगै तत्काल धितोपत्र ऐन संशोधनको सम्भावना टरेको छ। बोर्ड अध्यक्ष बाबुराम श्रेष्ठ ऐन संशोधन हुन नसकेपछि छुट्टै निर्देशिका जारी गरेर कमोडिटिज् बजारको नियमन गर्ने बताउँछन्।
हाल नेपालमा कोमेन, मेक्स, एन्डेक्स, वेल्थ, नेपाल स्पट, सीएफएक्स र एभरेष्ट गरी सात वटा कमोडिटिज् एक्सचेन्ज सञ्चालनमा छन् भने अन्य चार वटा सञ्चालनको तयारीमा छन्। कम्पनी रजिष्टार कार्यालयमा ५२ वटा थप एक्सचेन्ज दर्ता भएका छन्। करीब रु.४५ हजार तिरेर दर्ता हुने एक्सचेन्जहरूको कारोबार भने अर्बौंमा हुन्छ।
खर्बौंको कारोबार हुने भारतमा जम्मा पाँच वटा केन्द्रीयस्तरका एक्सचेञ्ज सञ्चालनमा छन् भने चीनमा तीन वटा। “रातारात च्याउ जसरी कमोडिटिज् एक्सचेन्ज स्थापना हुनुले दालमा कालो रहेको प्रमाणित गर्छ”, विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, “अहिलेको बजारलाई एक वा दुई कमोडिटिज्ले मज्जाले धान्न सक्छन्।” एक्सचेन्ज सञ्चालकहरू पनि यो खतरापूर्ण रहेको बताउँछन्। एन्डेक्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधान भन्छन्, “कमोडिटी बजारको अनुगमन र नियमन गर्न मात्र होइन, यसको कारोबारमा पारदर्शिता ल्याउन पनि ढिला भइसकेको छ।”
खाद्यान्न र अन्य उपभोग्य वस्तुको भविष्यमा हुने मूल्य थपघटको जोेखिमलाई न्यूनीकरण गर्न कमोडिटिज् बजार आवश्यक ठानिन्छ। नेपालको लागि कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता, किसानलाई उत्पादनको उचित मूल्य प्रदान तथा कालोबजारी न्यून गर्न सहयोगी हुनसक्ने भए पनि एक्सचेञ्जहरूले हालसम्म सट्टेबाजी बाहेक अन्यत्र ध्यान दिएका छैनन्।
१० सेकेण्डमा७० लाख गुमाएँ
(नाम बताउन नचाहने एक लगानीकर्ता)
कमोडिटिज् बजारमा लगानी गर्दा फाइदा हुन्छ भन्ने लोभमा मैले एन्डेक्समा रु.७० लाख लगानी गरेर एकैपटक १७० केजी सुनको करार सम्झौता गरें। अफिसकै कम्प्युटरमा बसेर 'बाई पोजिसन' लिएको १० सेकेण्डभित्रै मेरो खाताको रकम सकियो भन्ने सूचना पाएँ। शुरूमा त विश्वास नै लागेन, पछि बुझदा थाहा भयो सुनको मूल्य घटेको भनेर मेरो खाताको सबै पैसा तानिएको रहेछ।
यो घटनापछि मैले पटक–पटक आत्महत्याको प्रयास गरे पनि श्रीमती र परिवारका कारण मर्न सकिनँ। त्यसपछि भारतका विभिन्न एक्सचेन्जमा पुगेर अध्ययन गर्दा नेपालमा एक्सचेन्ज, क्लियरिङ हाउस र सरकारी अधिकारीहरूकै मिलेमतोमा ठूलो ठगी धन्दा चलेको र फूटपाथका मान्छे अर्बपति बनेको थाहा पाएँ। विना नियम यस्तो डरलाग्दो खेल सञ्चालन गर्न दिने सरकार यसमा दोषी छ। धन्दा गर्नेहरू त कमाएर भाग्छन्, साँच्चिकै पीडितलाई न्याय दिने हो भने गुमेको पैसा फिर्ता पाउनुपर्छ।
अन्यायमा परियो
ईश्वरीप्रसाद पौडेल, हाथवे इन्भेष्टमेन्ट
ईश्वरीप्रसाद पौडेल, हाथवे इन्भेष्टमेन्ट
शुरूमा ६ महीना मेक्सबाट र पछि एन्डेक्सबाट सुन, चाँदी, तामामा लगानी गर्दा मेरो रु.२० लाख गुम्यो। संसारभरि १०–१२ घण्टा हुने यो कारोबार नेपालमा २४ घण्टा गरिंदा पनि लगानीकर्ताले गुमाएका छन्। राति १२ बजे बजार घट्यो, खातामा रकम घट्यो भन्दै मार्जिन कल आयो, तर यतिबेला कुन बैंकबाट कसरी रकम थप्ने?
लोभ देखाएर ठगे
(नाम बताउन नचाहने पाटनका प्रधान थरका एक लगानीकर्ता)
लोभ देखाएर ठगे
(नाम बताउन नचाहने पाटनका प्रधान थरका एक लगानीकर्ता)
मसहित पाँच जनाको टीमले सामूहिक लगानी गर्दा कमोडिटिज्बाट वर्ष दिनमा रु.३० लाख सकियो। रु.१ लाख लगानी गर्दा दिनको १००० नाफा हुन्छ भनेर लोभ देखाइएपछि हामीले लगानी गरेका थियौं। एक पटक क्लियरिङ हाउसले हामीले पाउनुपर्ने रु.६ लाख दिन समेत नमानेर बल्ल–बल्ल सात महीनापछि फिर्ता पायौं। कमोडिटीले कैयौंलाई सडकमा झ्ारेको मैले देखेको छु।
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !