CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » चुनावमा फिल्मकर्मीका जमानत जफत

चुनावमा फिल्मकर्मीका जमानत जफत

चुनावमा फिल्मकर्मीका जमानत जफतकाठमाडौं, मंसिर ९ (नागरिक)– यसपटकको संविधान सभामा फिल्मकर्मीहरु पार्टी प्रवेश गर्ने प्रतिस्पर्धामा देखिन्थे। केहीले त पार्टी प्रवेशसँगै प्रत्यक्षमा टिकट पनि पाए। तर चुनावमा उनीहरुमध्ये धेरैको उपस्थिति लज्जास्पद रह्यो। राप्रपा नेपालबाट उठेका फिल्म तथा संगीतकर्मीले जमानत पनि बचाउन सकेनन्।
यसपटकको निर्वाचनमा कलाकारिता क्षेत्रबाट ६ जनाले प्रत्यक्षमा उम्मेदवारी दिएका थिए। तीमध्ये एमालेबाट क्षेत्र नं ८ बाट उम्मेदवार बनेका रामवीर मानन्धरले विजय प्राप्त गरे भने मोरङ क्षेत्र नं ८ मा कांग्रेसबाट प्रतिस्पर्धी रमेशजंग रायमाझी भने पराजित भए पनि एमालेका उम्मेदवारलाई टक्कर दिए। तर बाँकीका उम्मेदवारले सम्बन्धित क्षेत्रमा पाएको सफलता चुनावमा दोहोर्याउन सकेनन्।

एमालेबाट विजेता बनेका रामवीर बालाजुस्थित अष्टनारायण हलका सञ्चालक तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य हुन्। पहिले नेपाल चलचित्र संघको उपत्यका सभापति समेत रहेका मानन्धर हाल भने संघका सदस्य रहेका छन्। फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै विजयी हुनेमा उनी एक्ला बने। उनले कांग्रेसकी प्रमिला सिंह डंगोल तथा एकीकृत माओवादीकी प्रत्यासी हिसिला यमीलाई पराजित गर्न १३२८९ मत प्राप्त गरे।

'नाइँ नभन्नु ल', 'मलाई मन पर्यो' र रिलिज हुने क्रममा रहेको 'सन्त्रास'का निर्माता रमेशजंग मोरङको क्षेत्र नं ८ बाट चुनावमा प्रत्यासी थिए। निर्माताहरुको संस्था नेपाल चलचित्र निर्माता संघका सल्लाहकार समेत रहेका रायमाझीले एमालेका चन्द्रबहादुर गुरुङलाई टक्कर दिए पनि जितका लागि पर्याप्त मत प्राप्त गर्न सकेनन्। उनले १३००९ मत प्राप्त गर्दै दोस्रो हुँदा मोरङ क्षेत्र नं ८ बाट १५६८६ मत ल्याई गुरुङ विजयी बने।

हारे पनि रायमाझीले सम्मानित मत प्राप्त गरे। तर राप्रपा नेपालबाट प्रत्यासी बनेका कलाकार, गायकगायिका तथा निर्माताको भने अवस्था दयनीय रह्यो।

यस्तो अवस्था भोग्नेमा अगाडि रहे गोपीकृष्ण हलका सञ्चालक तथा निर्माता उद्धव पौडेल। फिल्मसम्बन्धी जिम्मेवारीबाट सन्न्यास दिएर राप्रपा नेपाल प्रवेश गरेका पौडेलले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका थिए। आफ्नै टेलिभिजन 'टिभी फिल्मी'मा दिनदिनै आफ्नो आत्मगान प्रसारण गर्नुको अलावा भएभरका कलाकार बोलाएर दिनदिनै घरदैलोमा हिँडाएका उद्धवले आफ्नो क्षेत्रबाट ३ हजार २ सय ६३ मत मात्र प्राप्त गरे। निर्वाचन आचारसंहिता समेतको खिल्ली उडाउँदै गाईमा भोट माग्न बाध्य पारिएका कलाकारले गाईमा भोटका लागि गरेको जोडतोडको अपिललाई जनताले पत्याएनन्। आफ्ना फिल्म हेर्न दर्शक बोलाउन नसकेका कलाकारहरुले चुनावमा गाईलाई भोट हाल्न गरेको अपिल कालान्तरमा उदेकलाग्दो दृश्यमा रुपान्तरण भयो।

उद्धव पौडेलले खरो प्रचारप्रसारका बावजुद ३ हजार हाराहारीको मत प्राप्त गर्दा टेलिसिरियलकी कलाकार शैलजा पाण्डेले ४ हजार १ सय ८० मत प्राप्त गरिन्। त्यसरी नै राप्रपा नेपालबाट उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठले २ हजार ३ सय ८५ मत प्राप्त गरे भने गायिका मिरा राणाले १ हजार ८ सय ३९ मत प्राप्त गरिन्।

कुनै पनि उम्मेदवारले खसेको मतमध्ये १० प्रतिशत मत प्राप्त नगरे उसको जमानत जफत भएको मानिन्छ। यो हिसाबले हेर्दा राप्रपा नेपालका सबै कलाकार उम्मेदवारको जमानत जफत भएको देखिन्छ। आफ्नो पार्टी प्रवेशले कुनै पनि पार्टीको समीकरण नै बदलिन्छ भने जसरी हल्लीखल्ली गर्ने कलाकारले यो चुनावमा पाएको मतले त्यस्ता भ्रम चिर्न मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ।
साभार : नागरिक न्युज
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis