मुम्बइ । संजय लिला भन्साली निर्देशित चलचित्र ‘राम–लीला’ले प्रदर्शनको पहिलो दिनमै राम्रो कमाइ गरेको छ । चलचित्रले भारतमा मात्र पहिलो सो बाटै २० करोडको कमाइ गरेको छ । यो
कमाइ बलिउडमा निकै राम्रो कमाई मान्ने गरिन्छ ।‘गोलियों का राशलीला रामलीला’को सुरुवाती नाममा हिन्दुवादी संघसंस्थाले विरोध जनाएपछि ‘रामलीला’मा छोट्टयाइएको थियो । भगवान रामलाई लिएर नकारात्मक सन्देश दिन खोजेको आरोप लगाउँदै रिलिज रोक्न र यसका निर्देशक भन्सालीसहित अभिनेता तथा अभिनेत्री रणविर सिंह र दीपिका पादुकोणविरुद्ध एफआइआर दर्ता गरिएको थियो । तर हरियाणा–पन्जाब हाइ कोर्टले गिरफ्तारीलाई अस्विकार गर्दै चलचित्रको नाम रामलीलाई ड्यासले छुट्याइएको थियो । चलचित्र सुरुवाती देखिकै यस्तै आलोचना खेप्दै आएकाले चलचित्रको प्रोमोसन बढिनै भएको थियो । (एजेन्सी)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !