CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अमेरिकी बिज्ञापन जसले अरबमा आक्रोश निम्त्यायो

अमेरिकी बिज्ञापन जसले अरबमा आक्रोश निम्त्यायो

Be-togetherयो एक यस्तो तस्वीर हो, जसले विश्वभरका मुस्लिम देशमा ठूलो आक्रोस जन्माएको छ । अमेरिकी सैनिक र मुस्लिम महिलाले अंगालो मारेको तस्वीरअंकित होर्डिङबोर्ड अमेरिकाको हलिउडमा राखिएपछि त्यसले तरङ्ग उत्पन्न गरेको छ । मुस्लिम देशहरुमा
रहेको अमेरिका बिरोधी भावना यतिबेला फेरी सामाजिक संजालमा छताछुल्ल भएको छ ।
यो बिज्ञापनले मुस्लिम महिलाको अपमान गरेकेा टिप्पणी हुन थालेको छ भने अमेरिका भित्रै चाहिं सैनिक जीवनको खिल्ली उडाएकोसम्म टिप्पणी भएको छ ।
खासमा यो बिज्ञापन एक औषधी कम्पनीको हो जसले घुर्ने रोगलाई ठिक पार्ने स्प्रेहरु उत्पादन गर्छ । ‘बी टुगेदर’ र ‘किपिङ यु टुगेदर’ नारा दिइएको यो बिज्ञापनले त्यस्तो स्प्रेको प्रयोग गर्दा जोडी छुटिनुबाट बच्ने सन्देश दिन खोजेको उत्पादकले बताएको छ ।
बिबाद बढ्दै गएपछि उत्पादक कम्पनी ‘स्नोर स्टप’ले प्रष्टीकरणसमेत दिनुपरेको छ । ‘हामीले तस्वीरको गलत प्रयोग गरेका छैनौं, आलोचकहरुले के बुझ्नुपर्छ भने तस्वीरमा देखाइएजस्ता जोडी पनि यो संसारमा छन’ प्रवक्ता मेलोडी डेभमार्कले भनिन् । कम्पनीले भने विविधता देखाउन यस्तो विज्ञापन बनाइएको बताएको छ ।
तस्वीरमा रहेका जोडी भने सैनिक जेमी सुट्टोन र उनकी पत्नी आलियाको भएको समाचार अन्लाईन खबर मा छापिएको छ |

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis