CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भोजन र चरित्रको अन्तरसम्बन्ध

भोजन र चरित्रको अन्तरसम्बन्ध

bikasananda-- डा. योगी विकासानन्द --
प्रसंग महाभारतको हो । भीष्म पितामह शर-शैय्यामा पल्टेर मृत्यु पखर्ंदै थिए । वरिपरि उनका स्वजनहरू बसिरहेका थिए । शर-शैय्यामा पल्टिरहेका भीष्मले ज्ञान, विज्ञान, राजनीति र दर्शन आदिबारे आफ्ना पि्रयजनलाई उपदेश दिइरहेका थिए । भीष्मको उपदेश सुनेर उनका स्वजनहरू मन्त्रमुग्ध थिए, तर द्रौपदी भने मन्द-मन्द हाँस्दै थिइन् । यो कुरा चाल पाएका भीष्मले द्रौपदीलाई लक्षित गरेर सोधे- 'द्रौपदी,
तिमीले मलाई खिस्याएर हाँसेको भान भइरहेछ, के तिमी साँच्चै मलाई खिस्याउँदै छ्यौ ?'
भीष्मको जिज्ञासाका कारण द्रौपदी आफ्नो मुख खोल्न बाध्य भइन् । उनले भनिन्-  'पितामह, जुनबेला युधिष्ठिरले मलाई जुवामा थापेका थिए, त्योभन्दा पहिले नै उनले जुवा हारिसकेका थिए, केही पनि बाँकी थिएन, उनीसँग । हारिसकेका युधिष्ठिरले पछि मलाई पुनः दाउमा राखे । यो सरासर नीति विपरीत र अन्याय थियो । उनले मलाई जुवामा थाप्नु किमार्थ न्यायसंगत थिएन । त्यसबेला मैले हजुरसंग प्रश्न सोधेकी थिएँ, तर तपाईले त्यसबेला स्पष्ट जवाफ दिन सक्नुभएन । आज तपाई उपदेश दिँदै हुनुहुन्छ, ज्ञानगुनका कुरा सुनाउँदै हुनुहुन्छ, नीतिको चर्चा गर्दै हुनुहुन्छ । तपाईका यी कुरा सुन्दा व्ािगत सम्झेर हाँसो उठिरहेछ । त्यतिबेला तपाईका यी सबै ज्ञान कहाँ गएका थिए ?'
द्रौपदीको प्रश्न जायज थियो । भीष्मले रहस्य खोले- 'द्रौपदी, त्यो बेला म दुर्योधनको अन्नमा बाच्थेँ । त्यसकारण मेरो बुद्धि भ्रष्ट भएको थियो । किनभने भ्रष्ट मान्छेको अन्न खाँदा असल मान्छे पनि भ्रष्ट हुन्छ । दुर्योधनको अन्नकै कारण मेरो बुद्धि पनि भ्रष्ट भएको
थियो । आज दुर्योधनको अन्न खाई-खाई बनेका रगतका कणहरू अर्जुनको वाण लागेर मेरो शरीरबाट बगिसकेका छन् । अब मेरो शरीरमा दुर्योधनको अन्नको प्रभाव छैन, त्यसैले मैले ज्ञानगुनको उपदेश दिएको हुँ ।' यो एउटा मार्मिक प्रसंग हो । यहाँ भीष्म पितामहजस्ता शूरवीर र बुद्धिमान व्यक्ति पनि गलत मान्छेको भनौं दुष्टको अन्न खाएर आफ्नो बुद्धि भ्रष्ट भएको स्वीकार गर्छन् ।
प्रसंग बदलौं । सन् १८८७ तिरको कुरो हो ।  अमेरिकाको एउटा बस्तीमा घटेको घटना  । एउटा किराना पसलमा एक नियमित ग्राहक सलगम किन्न आउँछन् । साहुजीले सलगम उठाएर ग्राहकलाई सुम्पन्छन् र त्यही हातले ग्राहकले दिएको बीस डलरको नोट समाउँछन् । अचम्म ! भिजेको हात डलरमा पर्नासाथ नोटको रंग हातमा सर्छ । र खरिददार जानासाथ दुकानदार उक्त पैसा लिएर पुलिस थाना पुग्छन् । अनुसन्धानपछि पत्ता लाग्छ, त्यो कसैले हातले लेखेको नक्कली नोट रहेछ ।
तुरुन्तै पुलिसले उक्त ग्राहकको घरमा छापा मार्छन् । र एउटा निकै सनसनीखेज तथ्य प्रकाशमा आउँछ- नक्कली नोट लेख्ने व्यक्ति अरू कोही हैन, ख्यातिप्राप्त चित्रकार एमानियल निंगर हुन्छन् । अनुसन्धानपछि उनको कोठाबाट उनले बनाएका अरू तीन थान भिन्न-भिन्न चित्र बरामद हुन्छन् । जुन १६०० हजार डलरमा लिलाम हुन्छ, एउटा चित्रको पाँच हजार डलरभन्दा बढी मूल्यमा । घोर आश्चर्यको कुरा- निंगरले २० डलरको नोट लेख्नलाई जति समयशक्ति खर्चन्थे, त्यति नै परिश्रममा पाँच-पाँच हजार डलरभन्दा बढीका चित्रसमेत बनाइरहेका थिए । यस अर्थमा नक्कली नोट बनाएर अरूलाई ठग्ने अपराधमा संलग्न उनले सबभन्दा बढी आफैंलाई ठगिरहेका थिए । एक प्रतिष्ठित एवं स्वनामधन्य नागरिकलाई पनि आपराधिक प्रवृत्तिले किन गाँज्छ ?  यस प्रश्नको उत्तर पहिल्याउन केही वैज्ञानिक दस्तावेजको अंश प्रस्तुत गरिन्छ ।
सन् १९२१ तिरको कुरा हो । अमेरिकन बायो सोसियलका निर्देशक डा. साउसले केही जेलहरूमा गरिएको अनुसन्धानअनुसार ८०-८५ प्रतिशत अपराधीहरूको रगतमा चिनीको मात्रा चाहिनेभन्दा कम पाइयो । यिनै तथ्यांकलाई मध्यनजर राख्दै क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रा.डा. स्टेफन जे स्कोनथलरले कैदीहरूको भोजनमा पर्याप्त सुधार ल्याई चरित्रमा समेत सुधार गरेका छन् । अपराधीहरूको भोजनबाट चिनी र चिनीजन्य पदार्थहरू हटाइयो । त्यस्तै पालिस गरिएका सेता चामल एवं मैदाबाट बनेका खानेकुराको साटो नफलेको चामल र चोकरसहितको आँटाका परिकार पस्किएको थियो । परिणामस्वरूप कैदीहरूका रक्तशर्करामा सन्तुलन आई उनीहरूका आपराधिक वृत्तिमा ५४ प्रतिशत सुधार आएको तथ्यांकित गरियो ।
ख्यातिप्राप्त स्वास्थ्य-पत्रिका 'द लानसेट'ले सन् १९८५ मार्चको अंकमा छापिएअनुसार  डा. एगरले ७२ जना अपराध प्रवृत्तिग्रस्त मान्छेमाथि परीक्षण गरेका थिए । त्यसमध्ये ३१ जना नराम्ररी आक्रामक देखिन्थे । जब तिनीहरूको भोजनबाट केही दूधजन्य पदार्थ हटाइयो, उनीहरू सामान्य मान्छेको कोटीमा आउन सफल भए । त्यस्तै भोजन र मानसिकताको सम्बन्धलाई लिएर सन् १९७८ तिर जर्जियामा गरिएको शोध-खोज पनि अन्यन्त अर्थपूर्ण देखिन्छ । एउटा पब्लिक स्कुलका विद्यार्थीहरूलाई तीन जोडा मुसा दिइयो । हरेक जोडालाई फरक-फरक भोजन दिनुपर्ने आदेश दिइयो । जसअनुसार पहिलो जोडालाई स्वास्थ्यबर्द्धक मानिने खाना ख्वाइयो भने दोस्रो जोडालाई सामान्य मान्छेले दैनिक खाने भोजन दिइयो र तेस्रो जोडालाई भने पालिस गरिएको सेतो चामल अर्थात् फलेको चामल र दूधमात्र दिन लगाइयो । कालान्तरमा तीनै जोडाले तीन थरीका व्यवहार देखाए । स्वस्थकर खाना खाएर हुर्केकाहरू तुलनात्मक रूपमा स्वस्थ र शान्त नै देखिए भने आम मान्छेले खाने जथाभाबी आहारमा हुर्केकाहरू अति मोटे, अल्छी, सुस्त एवं डरछेरुवा भेटिए । र सेतो चामल र दूधमात्र खाएकाहरू अशान्त एवं जंगली देखिए ।
भोजनको प्रभावले रक्तशर्करामा मात्र परिवर्तन आउने नभई कपालको रासायनिक संरचनामा समेत फरक पार्ने रहेछ । यसै तथ्यलाई मध्यनजरमा राखी अचेल कपालको वैज्ञानिक विश्लेषण गरेरसमेत अपराधी पत्ता लगाउने प्रविधिको विकास भएको देखिन्छ । डा. साउस आफ्नो पुस्तक 'डाइट, क्राइम एन्ड डेलिङ्क्वेन्सी'मा भन्छन्- कपालमा हुने म्याङ्गनिजजस्ता खनिज पदार्थको मात्राको आधारमा पनि मान्छेको प्रवृत्ति ठम्याउन गार्‍हो पर्दैन । अपराधीहरूको  कपालमा  म्याङ्गनिजको मात्रा ०.७ पीपीएम हुन्छ भने उनीहरूको तुलनामा सामान्य मान्छेमा यसको मात्रा ३ प्रतिशतमात्र हुन्छ । उनी थप्छन्- यसरी म्याङ्गनिज र जिंकजस्ता खनिज शरीरमा चाहिनेभन्दा बढी भएकाहरू पढ्न नसक्ने विद्यार्थीदेखि मान्छे मार्ने हत्यारासमेत बनेका थु्रपै उदाहरण पाइन्छन् ।
माथि उल्लेखित तथ्य-तथ्याङ्कको अध्ययनबाट चित्रकार निंगर किन अपराधी भए भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ । र यस्ता दुष्प्रवृत्तिबाट बच्न भोजनमा सुधार गर्नुपर्ने टड्कारो देखिन्छ । त्यस्तै खानपान बाहेक अन्य तत्त्वहरू पनि हाम्रा चारैतिर छन्, जसले मान्छेलाई अनायास अपराध गर्न उस्काउँछन् । नमुनाका लागि हेभी मेट्लस र केमिकलहरूलाई लिन सकिन्छ ।
हामीले खाना पकाएर खाने अल्मुनियम भाँडा होस् वा सवारी साधनबाट निस्किने धुवाँको सिसा । त्यस्तै दाँतको प्वाल भर्नमा प्रयोग हुने मर्करी होस् वा चुरोटको धुवाँबाट निस्कने क्याडमियम । यस्त्ाा अनगिन्ती हेभी मेटल पार्टीकलहरू दैनिक हाम्रो शरीरमा छिरिरहनाले पनि कालान्तरमा हाम्रो शरीर निकै विषाक्त भई आपराधिक भावना उत्पादन हुने कुरा वैज्ञानिक रूपमै सिद्ध भइसकेको छ । त्यस्तै यस्ता तत्त्वले बालबालिकाहरूको एकाग्र गर्ने क्षमतामा समेत ह्रास ल्याउने कुरा पुष्टि भइसकेको छ । कीटनाशक औषधी लगायत हाम्रो घरमा प्रयोग हुने सबै खाले केमिकलले पनि अन्ततः मानव शरीरलाई रुग्ण बनाउँछ ।  यिनीहरूकै कारण मानसिक रूपमा कन्फ्युजनदेखि डिप्रेसनसम्मका समस्या देखापर्छ भने शारीरिक रूपमा शरीर दर्ददेखि क्यान्सरसम्म हुनसक्ने कुरा पनि अनुसन्धानले पुष्टि गरेको छ ।
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis