चर्चित ढुंगेल/अनन्त पोखरेल
कतार– दोहा सहरदेखि झण्डै ७० किलोमिटर टाढा रहेको जमेलियाको मजरामा कार्यरत
रामबहादुर नेपाली सात बर्षदेखि एउटै दैनिकी भोगिरहेका छन्। उनी विहान चार
बजे बिउँझिन्छन्, उठ्छन्, हातमुख धुन्छन् र फ्रेस
हुन्छन्। झण्डै वीस लिटर
जाने जार साइकलको पछाडि बाँध्छन् र लाग्छन् दुई किलोमिटर टाढा रहेको एउटा
मस्जिदमा चिसो पानी थाप्न। मालिकले ६ वर्षअगाडि मर्मत गर्न भनि लगेको कुलर
नल्याइदिएपछि हरेक बिहान पानीको जोहो गर्न यसरी नै मस्जिदतिर भौँतारिने
गरेको उनले सुनाए। उनी उखपात गर्मीमा पिचरोडको तातोमा साइकल पेल्दा
हत्तुहैरान हुन्छन्। उनलाई गर्मी महिनाहरु नआइदिउन् जस्तो लाग्छ। फ्रिज
छैन, भर्खर ल्याएको चिसो पानी एकाध घण्टामै तातिन्छ।
रामबहादुर र साथीहरु त्यही मजरामा पहिले सब्जी खेती गर्थे। मालिकले
दिएको चामल हुन्थ्यो। ताजा सब्जी टिप्थे, पकाउँथे, खान्थे। तर अहिले घाँस
खेती मात्रै छ। सब्जी किन्नुपर्छ। किन्दा खर्च हुन्छ। चामलबाहेक सवैथोक
किन्नुपर्छ। चामल मालिकले दिन्छ– दुई जनालाई एक महिनाको एक बोरा। ६ सय
रियाल तलव छ। त्यसबाट कति खानु? कति बचाउनु?
उनीसँगै एउटै काम गर्ने बंगलादेशी कामदारको भन्दा उनले सय रियाल कम तलव
पाउँछन। विहान दुई सिफ्ट काम गर्छन्। मालिकको अर्को मजरामा तीन/चार हजार
बाख्रा छन्, तिनै बाख्राका लागि रामबहादुर र अन्य तीन बंगलादेशी विहान साढे
पाँच बजेदेखि साढे दस बजे र दिउँसो साढे दुई बजेदेखि सा“झ पाँच बजेसम्म
घाँस काट्छन्, मुठो बाँध्छन्, बोकेर बाटासम्म ल्याउँछन् र राख्छन्। घाँस
काट्ने तीनवटा मेसिन छन्। तीनै मेसिनमा घास टुक्रयाउँछन्। गाडि आउँछ, लोड
गर्दिन्छन्। घाँसलाई पानी हाल्छन्। मल हाल्छन्।
उनको काम आठ घण्टा घाँससँग कुस्ती खेल्नु हो तर उनी आफ्नै लागि ओभरटायम
गर्छन्। पुर्ख्यौली पेसा सिलाइबुनाइ उनलाई आउँछ। वरपरका मजरामा काम गर्ने
नेपाली र ति नेपालीका सम्पर्कबाट चिनेका साथीभाइले नया“, उद्रेका लुगा लिएर
आउँछन्। रामबहादुर सुलाइदिन्छन्, तुनिदिन्छन्, आइरन पनि लाइदिन्छन्। यसरी
उनले सिलाएको, आइरन गरेको बाट महिनामा एक सय पचासदेखि तीन सय रियालसम्म
बनाउँछन्। यत्ति पैसा बनाउन उनले हरेक दिन रात बाह्र, एक बजेसम्म जागै रहनु
पर्छ।
‘मालिक हप्तैपिच्छे एकभारी लुगा लिएर आउँछ,’ थकित रामबहादुर भन्छन्,
‘आइरन लाइदिन्छु। कहिले पाँच रियाल दिन्छ। कहिले उहिले नै दिएको भन्छ।
कहिले पछि दिउँला भन्छ।’ उनी निरासामिश्रित भावमा निःशुल्क ओभरटायम गर्नु
परेको गुनासो सुनाउँछन्।
उनका आफ्नै दाजु जमेलियामा ‘हाउस ड्राइभर’ थिए। उनैले लमजुङ्गका
लालबहादुर भन्नेसँग पाँच सय रियालमा भिषा किनिदिएर रामबहादुर कतार आएका
रहेछन्। ‘दाजुले घरको पैसा घरमै राखेर आइज भन्यो, मैले काठमाण्डौंमा कान्छी
भाउजुलाई भिषाको पैसाबापत पन्द्र हजार दिएर आएको। यता आएर कमाएर दे भनेको
भए पनि त हुन्थ्यो नि। तर दाजुले किनेको भिषाको पैसा तिर्न म भाइले उतै ऋण
खोज्नु पर्योआ’, रामबहादुरले दुखेको पोखे।
दुई बर्षसम्म उनले महिनाको चार सय रियाल तलव थापे। खानलाई एक सय एक्ट्रा
पाउँथे। ‘दुई बर्षपछि पचास रियाल तलब बढेर साढे चार सय भयो। उत्तीबेलै म
विदामा नेपाल गएँ’, रामबहादुरले भने, ‘यता आएको साढे तीन बर्षपछि विदा
पाएँ। छुट्टी काटेर आएपछि एक सय बढाइदियो। अहिले भर्खरै पचास रियाल बढाएर छ
सय पुगेको छ।’ दुतावासले प्रमाणित गर्ने गरेको न्युनतम तलब (बेसिक नौ सय र
खानको तीन सय रियाल)ले लाखौ“ रामबहादुरलाई सम्बोधन नै गर्दैन।
एउटा बंगाली साथीले नेपाली बोल्छ। उनको पीरमार्का सुनाउने नजिकको मान्छे
नै उही हो। बोल्ने कोही नभएर भाषा बिर्सिने अवस्था आउन दिएको छैन रहेछ
बंगालीले।
उनी बर्षमा बढिमा दुईपटक दोहा आउँछन् पाँच, छ महिनामा पाएको एकमुष्ठ तलव
पठाउन। अरु बेला सरसापटी पाउँदा अरुहरुलाई नै पैसा पठाउन लाउँछन्।
उनको हेल्थ कार्ड छैन। हेल्थ कार्ड नहु“दा कुनै पनि अस्पतालमा उपचारमा
छुट पाइ“दैन, प्राइभेट अस्पतालमा महङ्गो पर्छ, सरकारी अस्पतालमा भर्ना हुन
मुस्किल हुन्छ। इन्सुरेन्स छ/छैन उनलाई थाहा छैन। कामको बेला केही भइहाले
क्षतिपूर्ती नपाउने सम्भावना धेरै हुन्छ इन्सुरेन्स नभए। हुनेहरुको पनि
कामदेखि बाहेकको समयको इन्सुरेन्सले कभर नै गर्दैन। सुतेको सुत्यै भएकाका
परिवारले केही पनि पाउँदैनन्।
‘नुवाकोट चैनपुर बसोबास गर्ने हामी पूणर््ँरुपमा खेतीकिसानी गर्छाै“।
बुबा कतार गएपछि एक खलो खेत जोड्न भ्यायौ“। परिवारमा हजुरबुबा, आमा, बुवा
अनि दुई दाजुभाई र हामी तीन दिदीबहिनी छौ“। जेठी दिदीको बिबाह भैसक्यो’,
तीन महिनादेखि घर जान प्रतिÔारत रामबहादुरको परिवारसँग सम्पर्क गर्दा माइली
छोरीले छोटकरीमा यति जानकारी दिइन्।
रामबहादुरका जेठा छोरा काठमाण्डौंको एउटा कलेजमा १२ कÔामा अध्ययनरत रहेछन्। अरु गाउँमै पढ्दै छन्।
आफ्ना वुवाले भोगिरहेको ‘दर्दभरे कथानक’बारे जानकारी दिएपछि रामबहादुरकी
माइली छोरी भन्छिन्, ‘हामीलाई पढाउनको लागि बुबाले कतारमा बसेर दुःख गर्दै
हुनुहुन्छ। हाम्रो परिवार ठूलो छ, चाडपर्व मान्न धनै चाहिन्छ। खेतीपातीबाट
आफुलाई खान मात्र ठिक्क हुन्छ। घरब्यबहार चलाउन वुवाले विदेशमा दुःख
गर्नुपरेको हो।’
‘कस्तो अवस्थामा वुवाको अभाव महसुस हुन्छ?’ भनेर सोधेपछि उनले आङ्खना
बुवा टाढा हु“दा स“धै अभाव महसुस हुने गरेको बताइन्। चाडबाडमा अझै नरमाइलो
अनुभव हुने बताउँदै गर्दा उनको बोली रोकियो। फोनमा सु“क्क सु“क्क आवाज
मात्र आइरह्यो।
माइली छोरीले एसएलसी दिए पनि पास भने गर्न सकिनछन्। अबको छुट्टिमा घर
गएर तिनै छोरीको विवाह गरिदिने योजना रामबहादुरले सुनाए। जेठी छोरीको
बिबाहमा समेत घर जान नपाएका उनी सात बर्Èको अवधिमा दोस्रोपटक घर जाने
‘कोसिस’मा रहेछन्। हरेक दुई बर्षमा कम्पनिको खर्चले आइजाइ गर्न पाउने
नियमकानुन छ।
धेरैअघिदेखि परिवारसँग टाढा रहेका उनले यो पटक चा“डै गरेर दशै“, तिहार
मनाउँला भनेर सरसामान किनेर ठिक्क पारेका रहेछन्। परिवार उता घरमुली
पखिर्ने, रामबहादुर यता ख्रुज(एक्जिट परमिट) र टिकट पखिर्ने। दुबैतिर
पर्खाइमा बाटोभरि पोखिएका आ“खामा निरासाको तुवा“लो पोतिदिएर दशै“, तिहार
बिदा भए तर पर्खाइमा अझै ति आ“खाहरु थाकेका छैनन्। यता रामबहादुरलाई ‘मजबुत
बक्सिस’ दिन्छु भन्दै तीन महिनादेखि अल्झाउँदै गरि“दो रहेछ भने उता
घरतिरकाले सोध्दा रामबहादुर ‘टिकट आएन’ भन्दै अल्झाउँदै गर्दा रहेछन्।
दुबैतिर आसाको त्यान्द्रो बाँकी छ। त्यही त्यान्द्रोले एकअर्कालाई बाँधेको
छ। गम्भिर मुद्रामा रामबहादुर भन्छन्, ‘आखिर एउटा यहि आसा त रहेछ, जसले
एकमुठी प्राण् धानेको छ।’
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !