CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » "रेकर्ड नै फिल्म विकासको सूचक"

"रेकर्ड नै फिल्म विकासको सूचक"

काठमाडौ, कार्तिक २५ - बलिउड अभिनेता हृत्तिक रोशन यतिबेला फेरि सहरमा सुपरहिरोका रूपमा बच्चादेखि फ्यानसम्म छाएका छन् । उनको साइफाई फिल्म 'क्रिस ३' ले बक्स अफिसमा निकै राम्रो कलेक्सन गरेको छ । यसबाट फिल्म टिम उत्साहित छ । फिल्मले रिलिजको चौथो दिन सोमबारसम्ममै ३५ करोड भारुको व्यापार गरेको छ, जुन एकदिने कलेक्सनमा हालसम्मकै उच्च हो । यो नयाँ रेकर्डपछि उक्त फिल्मले कुल कलेक्सनमा पनि 'चेन्नाई एक्सप्रेस' को रेकर्डलाई तोड्ने अनुमान गरिएको छ । तर हृत्तिक भने रेकर्ड्स तोडिनकै लागि बन्छन् र हरेक पटक फिल्मले नयाँ कोसेढुंगा पार गर्छ अनि त्यो नै फिल्मको साँचो विकास हो भन्ने ठान्छन् रे ।

हृत्तिकको डबल रोल रहेको 'क्रिस ३' ले रिलिजको पहिलो सातामा भारतमा १ सय ६६ करोडसहित विश्वभरबाट २ सय २ करोड भारु कमाइसकेको छ । उक्त फिल्मले 'चेन्नाई एक्सप्रेस' को रेकर्ड ब्रेक गर्ने अनुमान लागिरहेका बेला यसका हृत्तिकले भने 'क्रिस ३' को रेकर्ड पनि चाँडै तोडियोस् भन्ने कामना गरेका छन् । यसका लागि उनले 'धुम ३' लाई बलियो दाबेदार ठानेका रहेछन् ।

'आशा गर्छु र भगवानसँग प्रार्थना पनि गर्छु, अब आउने फिल्मले नयाँ रेकर्ड कायम गरोस्,' 'धुम २' मा चोर बनेर खेलेका हृत्तिकले भने, 'त्यो नै खासमा फिल्म क्षेत्रको विकास हो । प्रगति हो । त्यत्ति हो, रेकर्ड चाहिँ तोडिइरहनुपर्‍यो ।'
साभार : इकान्तिपुर
"रेकर्ड नै फिल्म विकासको सूचक"
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis