चेपारे हिरो
फिल्म लाइनमा टिक्न अभिनय क्षमता मात्र भएर पुग्दैन, मीठो बोलीचाली र व्यवहार पनि चाहिन्छ। नपत्याए नायक गजित विष्टलाई हेरे हुन्छ। मायाज बारबाट अभिनय यात्रा सुरु गरेका गजितलाई अहिले सबैले हाई-हाई गर्छन्। एउटै कारण, उनी न कसैको कुरा काट्छन्, न रसि गर्छन्। बरू हिरो, हिरोइन, निर्माता, निर्देशक, पत्रकार, प्राविधिक सबैसँग सुमधुर सम्बन्ध राख्छन्। सोही कारण उनलाई कति साथीभाइले माया गरेर 'चेपारे' भनेर बोलाउँछन्। तैपनि, उनी खिस्स हाँसिदिन्छन्। उनको शालीन स्पष्टोक्ति हुन्छ, "तर, मैले चेपारो घसेको चाहिँ छैन है! मेरो बानी नै यस्तै हो।" सायद यही बानीले गर्दा हुन सक्छ, उनको व्यस्तता बढिरहेको छ। उनका दुई फिल्म तोरी लाहुेर र गल्ली प्रदर्शनका क्रममा छन्।
साभार : नेपाल
Labels:
Entertainment,
Movies
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !