CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हिरोइनको धम्की

हिरोइनको धम्की


नायिका विनीता बरालका बारेमा समाचार लेख्नुअघि पत्रकारले निकै सोचविचार गर्नुपर्ने भएछ। अलिकति तलमाथि भयो भने उनको खप्की खानुपर्ने हुन सक्छ। चपली हाइटमा आफूमाथि अन्याय गर्ने दुई पुरुषको वध गरेकी विनीता वास्तविक जीवनमा पनि त्यत्तिकै खरो स्वभावकी रहिछन्। एक सञ्चारकर्मीले फिल्मलाइनबाट विरक्तिएर तरकारी खेतीमा लागेको समाचार
लेखिदिएपछि उनले आफ्नो फेसबुकमार्फत आक्रोश पोखेकी छन्, 'आइन्दा यस्तो समाचार लेख्नुअघि किसानहरूको एकता र क्षमताबारे चेतना भया!'

विनीता पछिल्लो समय राजधानीनजिकै टोखामा दुई रोपनी जग्गामा तरकारी खेती गररिहेकी छन्। कृषि पेसा अपनाउनु आफैँमा सराहनीय काम हो तर फिल्ममा असफलता बेहोरेपछि नै उनले कुटो-कोदालो समातेकी हुन्। त्यसैले वादविवादमा उत्रनुभन्दा तरकारीकै हेरविचारमा ध्यान दिनु उनका लागि श्रेयस्कर होला। आगे विनीताकै मर्जी।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis