CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » तनावको कारक स्मार्टफोन

तनावको कारक स्मार्टफोन

तनावको कारक स्मार्टफोनतनावको कारक स्मार्टफोन
कहिलै विचार गर्नु भएको छ तपाइँ के का कारण सधै‌ तनावमा रहनुहुन्छ? घर परिवार? अथवा कामको चाप? तनाव उत्पन्न गराउने यी पुरानै कारणहरु हुन्। जीवन सहज बनाउन आविष्कार गरिएका प्रविधिले
पनि तपाइँलाई तनावमा धकेलिरहेको हुनसक्छ। तपाईँले आफ्नो स्मार्टफोनलाई कहिल्यै तनावको कारण मान्नु भएको छ? स्मार्टफोनलाई प्रेमी जोडी जस्तो अन्तरङ्ग ठानिरहनु भएको छ भने सावधान हुनुहोस् स्मार्टफोनको लतले तपाइँको तनाव बढाइरहेको छ। एउटा अनुसन्धानले देखाएको छ– स्मार्टफोनको प्रयोग आधुनिक जीवनशैलीमा तनावको डिग्री बढाउने एउटा मुख्य कारण हो।

झट्ट हेर्दा स्मार्टफोन रमाइलो, उपोगी र रवाफ बढाउने डिभाइस जस्तो लाग्न सक्छ। तर जब तपाइँ यसको छुट्नै नसक्ने लतमा पर्नुहुन्छ त्यसपछि तपाइँको मानसिक स्वास्थ्य तहसनहस हुने प्रक्रिया सुरु हुन्छ। पटक–पटक फोन चेक गरिरहनु पर्ने, आएका मेसेजको तत्काल जवाफ दिनुपर्ने जस्ता बाध्यता पैदा हुँदै जान्छन्। पछि गएर मस्तिष्कको स्थिति यतिसम्म नाजुक हुन्छ कि भाइब्रेसन नै नभए पनि आफ्नो फोन भाइब्रेट भएको जस्तो भ्रम हुने, फोनको घन्टी नबजे पनि फोन आए जस्तो लाग्ने र बिना प्रयोजन फोन निकालेर पटक पटक हेरिरहने बानीको विकास हुन्छ।

हालै बेलायतमा भएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अविष्कार भएपछि मानिसहरुमा तनावको स्तर ३० प्रतिशत सम्म बढेको छ। स्मार्टफोनबाट २४ सै घण्टा इन्टरनेटमा झुम्मिरहने युवाहरु सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहनाले मस्तिष्कले आराम नपाउने उक्त अनुसन्धानको निष्कर्ष छ। 'डिस्ट्रयाक्सन ट्रयाप' पुस्तककी लेखिका फ्रान्सिस बुथले बेलायतमा गरेको अनुसन्धानले ग्याजेट आशक्त बेलायतीहरु स्मार्टफोनका कारण पहिले भन्दा बढी तनावको स्थितिमा पुगेको प्रस्ट चित्र देखाएको हो। आफ्नो स्मार्टफोन कहिल्यै स्वीच अफ गर्न नचाहाने बानीका कारण मानिसहरु साथीभाइ र अफिसको कामबाट कहिलै टाढा रहन पाउँदैनन्। अर्थात् यस्ता नेटवर्कमार्फत् मान्छे जति टाढा पुगे पनि काम र साथी सर्कलसँग सधै जोडिइ रहन्छन्। यसले गर्दा प्राकृतिक रुपमा मस्तिष्क र शरीरले पाउनुपर्ने जति आराम पाउँदैन। यो प्रवृत्तिका कारण स्मार्टफोन प्रयोगकर्तामा तनावको स्तर बढ्दै गएको बुथ अनुसन्धानले औंल्याएको छ। मानिसको छाया जस्तै हरदम साथै रहने इमेल र एसएमएसका कारण मानिस सामाजिक तनावको कहिलै नटुंगिने भुँवरीमा रुमलिँदै गएको र आफ्नो स्वास्थ्यलाई आफैँले ध्वस्त पारिरहेको छ।

खासमा यी डिभाइसहरुले मानिसको काममा सहयोग गरी कामको चापलाई कम गर्नु पर्ने हो तर 'डिजिटल डिस्ट्रयाक्सन'की अग्रणी लेखिका बुथ भने यसले मानिसमा थप दुःख थपेको बताउँछिन्। उनले आफ्नो अनुसन्धानका क्रममा ४० वर्ष मुनिका १५ जना वयस्कहरुका तनावको स्तर जाँच गरेकी थिइन्। उनीहरुलाई एक हप्ता सधैं प्रयोग गर्ने डिजिटल डिभाइस प्रयोग गर्न दिइएको थियो भने एक हप्ता बिना कुनै डिभाइस राखिएको थियो। त्यो समूहले पहिलो हप्ता तनाव स्तर उच्च भएको महसुस गरेको थियो भने अर्को हप्ता धेरै जसो सहभागीले तनावको स्तर कम भएको र आफ्नो मुड समेत राम्रो भएको प्रतिक्रिया दिएका थिए। तनाव र स्मार्टफोनको यो सम्बन्ध थाहा पाएपछि ती सहभागी मध्ये ६५ प्रतिशतले आफू 'डिजिटल्ली' टाढा बस्न चाहाने उल्लेख गरेका थिए।

'अनुसन्धानको नतिजा निकै छक्कलाग्दो आयो। हामीले के पत्ता लगायौँ भने दिनको चौबिसै घण्टा र हप्ताको सातै दिन स्मार्टफोन र ट्याबलेटसँग बिताउनेहरुको तनावको स्तर पुरानो मोडलको फोन प्रयोग गर्नेको भन्दा उच्च देखियो', उनले भनिन्। फेसबुक, ट्विटर र युट्युबमा झुन्डिरहने नेपालीहरु पनि बढ्दैछन्। यसले जीवन सहज बनाएको अथवा आफूलाई बढी आधुनिक देखाएको ठान्नेहरु पनि होलान्। तर अनुसन्धानले के देखाएको छ भने सामाजिक सञ्जाल साइटहरु र सधैँ स्मार्टफोनमा झुम्मिन प्रोत्साहन गर्ने गेम र अन्य एपहरुका कारण मानसिक स्वास्थ्यमा ठूलो समस्या उत्पन्न भइरहेको छ। यसले धेरै मान्छेलाई रोगी बनाइरहेको छ।

फेसबुकमा अपडेट गरिएको फोटोमा आएको लाइक हेर्न होस्, टि्वटरमा आफ्ना टि्वटका रिटि्वट हेर्न होस् वा जरुरी इमेल चेक र रिप्लाई गर्न नै किन नहोस् हातमा भएको स्मार्टफोनलाई पटक पटक चेक गर्दा मानिसको जीवनस्तर घटेको पनि उक्त अनुसन्धानले देखाएको छ। स्मार्टफोन र ट्याब्लेटमा झुम्मिने युवाले आफ्नो मष्तिष्कलाई थोरै मात्र पनि आराम दिएर उसलाई स्वतन्त्र छोड्न नसकेको अनुसन्धानले औंल्याएको छ। तनावको जीवनलाई अझ बढाएर यसले मस्तिष्ककै कार्य क्षमता घटाइरहेको अनुसन्धानको निष्कर्ष छ। तनाव कारण मानिसहरुमा निदाउन नसक्ने समस्या बढ्दै गएको, छिटै रिसाउने अनुपात बढेको र यसले शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर परेको अनुसन्धानको निष्कर्ष छ। निद्राविद् प्रोफेसर जेसन एलिसका अनुसार मानिसहरु निरन्तर थाक्छन् तर निदाउन सक्दैनन्। किनभने उनीहरु लगातार तनावमा हुन्छन्। स्मार्टफोन स्वीच अफ गर्न नसक्नाले मानिसहरु आराम गर्ने र निदाउने समयमा समेत सामाजिक सञ्जालमा सक्रिय भइरहन्छन् अथवा त्यसका बारेमा सोचिरहन्छन्। यसले गर्दा स्मार्टफोन प्रयोगकर्ताहरु झेल्नै नसक्ने तनावतर्फ होमिँदै गएको अनुसन्धानले देखाएको छ।

स्मार्टफोनको तनावबाट कसरी छुटकरा पाउने?

स्मार्टफोनका तनावहरु बारे भएका अनुसन्धान सँगसँगै यसबाट बच्ने उपायहरुका बारेमा पनि खोजी हुन थालेका छन्। यदि तपाईँ स्मार्टफोनको तनावबाट पीडित हुनुहुन्छ भने निम्न बुँदाहरुलाई ध्यानमा राख्नुहोस् :

१. आफ्ना प्राथमिकताहरु परिवर्तन गर्नुहोस्

यदि तपाईँ आफू र स्मार्टफोनबीचमा परिवारलाई पनि आउन दिनुहुन्न भने अब तपाइँले आफ्ना प्राथमिकता परिवर्तन गर्ने बेला आएको छ। यो निकै खतरनाक अवस्था हुनसक्छ। 'प्रविधिले सम्बन्ध, काम र स्वास्थ्यमा समेत हस्तक्षेप गर्न सक्छ किन कि यसले मानिसलाई सम्बन्धबाट टाढा राख्छ', अमेरिकी मनोवैज्ञानिक डा. म्याक्की भन्छन्।

२. डिजिटल दिनलाई छिटै अन्त गर्नुहोस्

मान्छेको मस्तिष्क र शरीरको प्रकृति २४ घन्टै ल्यापट, स्मार्टफोन, ट्याब्लेट अथवा अन्य डिजिटल डिभाइसलाई सहने किसिमिको छैन। त्यसैले सुत्ने समयमा एसएमएस र इमेल चेक गर्ने झन्झन्ट नगर्नुहोस्। बेडमा पुगेपछि मस्तिष्क र शरीरलाई आराम दिन तयार हुनुहोस्। आनन्ददायक शान्ति संगीत वा शान्ति प्रवचन सुन्दै आफूलाई निदाउने तयारी गर्नुहोस्। सक्नुहुन्छ भने श्वासलाई अवलोकन गर्दै निदाउनुहोस्। गहिरो निद्रा तपाइँको सुनौलो दिनको कारक हो।

३. तर्कसंगत सोच्नुहोस्

आफ्नो कामप्रति इमान्दार छु भनेर देखाउन रातको २ बजे कार्यालयको इमेल फर्काउन जरुरी हुँदैन। आफूलाई मानसिक रुपमा दवाबमुक्त राख्ने प्रयास गर्नुहोस्। राति नै आएको काम भोलि गर्दा के हुन्छ वा हुँदैन भनेर तर्कपूर्ण तरिकाले सोच्नुहोस्। स्माटफोनबाटै सम्पन्न गर्न सकिने कामको चापबाट आफूलाई टाढा राख्नुहोस्।

४. आराम दिनुहोस्

हरेक दिन केही घण्टा स्मार्टफोन र अन्य डिजिटल डिभाइसलाई आराम दिनुहोस्। ती डिभाइसमार्फत् हुने काम अन्य कुनै कुराले विस्थापन गर्न सक्छ भने त्यसबारे चनाखो हुनुहोस्। परिवारलाई समय दिने, राम्रो किताब पढ्ने वा कतै घुम्न जाने योजना बनाएर डिजिटल तनावबाट मुक्त हुने उपाय खोज्नुहोस्।

५. अफ बटन थिच्नुहोस्

स्माटफोनमा निरन्तर आउने अलर्ट मेसेजले तपाईँको तनावको स्तर बढाउँछ भने फोन अफ गरिदिनुस्। डिभाइसलाई पुरै अफ गर्न सक्नुहुन्न यदि भने पनि कम्तिमा अलर्ट टोन अफ गरेर यो तनावबाट बच्न सकिन्छ।

६. श्वास प्रश्वासमा ध्यान दिनुहोस्

यदि माथि बताइएका सबै उपाय असफल भएमा डा. म्याक्कीले एकछिन रोकिन र आफ्नो स्वास प्रश्वासमा ध्यान दिन सुझाव दिएका छन्। उनका अनुसार श्वासलाई विस्तारै ध्यान केन्द्रित गर्न सकेमा पनि तनावबाट मुक्त हुन सकिन्छ। शान्त हुन सकिनछ। किनभने श्वास मस्तिष्कको सोझो सम्बन्ध हुन्छ।
साभार : नागरिक न्युज

तनावको कारक स्मार्टफोन
कहिलै विचार गर्नु भएको छ तपाइँ के का कारण सधै‌ तनावमा रहनुहुन्छ? घर परिवार? अथवा कामको चाप? तनाव उत्पन्न गराउने यी पुरानै कारणहरु हुन्। जीवन सहज बनाउन आविष्कार गरिएका प्रविधिले पनि तपाइँलाई तनावमा धकेलिरहेको हुनसक्छ। तपाईँले आफ्नो स्मार्टफोनलाई कहिल्यै तनावको कारण मान्नु भएको छ? स्मार्टफोनलाई प्रेमी जोडी जस्तो अन्तरङ्ग ठानिरहनु भएको छ भने सावधान हुनुहोस् स्मार्टफोनको लतले तपाइँको तनाव बढाइरहेको छ। एउटा अनुसन्धानले देखाएको छ– स्मार्टफोनको प्रयोग आधुनिक जीवनशैलीमा तनावको डिग्री बढाउने एउटा मुख्य कारण हो।

- See more at: http://nagariknews.com/technology/story/10815#sthash.JpmcoeJq.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !

हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis