CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मान्छेको दिमाग चोरेर अनलाइनबाट विक्री !

मान्छेको दिमाग चोरेर अनलाइनबाट विक्री !

Man steals brainsघटना कुनै हरर हलिउड फिल्मको कहानी भन्दा कम छैन । तर, बास्तविक हो । पैसाका लागि एक व्यक्तिले मेन्टल प्यासेन्टको ब्रेन चोरेर इबे वेबसाइटमार्फत बेचेका छन् ।

इन्डियानापोलिसमा बस्ने २१ वर्षीय डेविड चाल्र्समाथि इन्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट
ह्युमन ब्रेन राखिएको बट्टा र अन्य मानव अंग चोरीको आरोप लागेको छ ।

डेविडले म्युजियमबाट धेरै पटक चोरी गरेको र लिलामी वेबसाइट इबेमार्फत बेचेको बताइएको छ । १९४८ देखि १९९४ सम्म यो सेन्ट्रल स्टेट हस्पिटल थियो, जहाँ मनोविकारी एवं मानसिक रुपमा अस्वस्थ मानिसहरुको उपचार हुन्थ्यो, जसलाई अहिले म्युजियममा परिर्वतन गरिएको छ ।

एक व्यक्तिले इबेमार्फत ६०० डलरमा ह्युमन बेनको ६ बटा बट्टा किनेका थिए । ती बट्टामा म्युजियमको स्टिकर भेटिएपछि चोरीको रहस्य खुलेको हो । प्रहरीले इबेको डिटेलका आधारमा डेविड पत्ता लगाएपछि ग्राहकको नाटक गरेर पक्राउ गरिएको थियो ।
साभार : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis