CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » स्काउटको आमरण अनसनलाई कसैले वास्ता गरेन, पैसा तिर्छु भन्दा पनि विज्ञप्तिसमेत छापिएन

स्काउटको आमरण अनसनलाई कसैले वास्ता गरेन, पैसा तिर्छु भन्दा पनि विज्ञप्तिसमेत छापिएन

ansan-हरिराम पौडेल-
सामान्यतया पत्रिकाले पैसा तिरेपछि जसको पनि विज्ञापन छाप्ने गर्छ। विभिन्न विज्ञप्ति विज्ञापनहरु पनि पत्रपत्रिकामा छापिएको हामीले देख्दै आएका हौँ। तर जब एक पक्षको विज्ञापन छापिने अनि अर्को पक्षको चाहिँ पैसा तिर्छु भन्दा पनि नछापिने स्थिति आउँछ, त्यसलाई के भन्ने ?
प्रसंग मिडियाले बेवास्ता गरिरहेको स्काउट आन्दोलनको हो। स्वार्थ नमिलेर हो कि किन हो यो विषय कुनै पनि मिडियाको प्राथमिकतामा पर्न सकिरहेको छैन।

नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछाने १६ वर्षदेखि कायम छन्। राजतन्त्रसँगै गणतन्त्रमा पनि उनको पावर उत्तिकै छ। हरेक पार्टी, मन्त्री र प्रधानमन्त्रीलाई रिझाउन उनी सफल भएका छन्। ।
नेपाल स्काउटको केन्द्रीय कार्यालय वरपर भवनहरु निर्माण हुँदा पनि उनलाई सार्वजनिक खरिद ऐन र नियमावलीले छुँदै छोएन। अख्तियार र राष्ट्रिय सर्तकताले उनलाई हालसम्म छुन सकेको छैन।
स्काउटको ऐनमा भएको व्यवस्थालाई ठाडो चुनौति दिदै उनले शैक्षिक योग्यता नपुगेकालाई आयुक्त बनाएका छन्।
५६ हजार युवाको आस्था र भरोसाको केन्द्र स्काउटभित्र भएका भ्रष्टचार, अनियमितता र शैक्षिक योग्यताको विषयलाई लिएर युवा स्काउटरहरुले आन्दोलन चर्काए। टेबलमा बसेर वार्ता नि गरे। आठ बुँदे सहमति पनि भयो। (तल हेर्नुस् सहमति)
तर सहमति लागू भएन। हरेक उपाय र प्रयास अनि टेबल वार्तामा असफल भएपछि युवा स्काउटरले कठोर आन्दोलन सुरु गरे – लामिछानेलाई हटाउने प्रमुख मागका साथ। स्काउट लिडर गुणराज प्याकुरेल र रमिला नगरकोटी आमरण अनसनमा छन्। प्याकुरेलको आज १७ र नगरकोटीको आज १४ दिन भयो आमरण अनसनमा बसेका।
यो कठोर आन्दोलन अधिकांश सञ्चार माध्यमको आँखामा परेन। कारण उनै लामिछाने हुन्। पैसा तिरेर तलको विज्ञप्ति निकाल्न खोज्दा पनि ‘कान्तिपुर’ले छाप्न मानेन। जबकि अर्को पक्षको विज्ञप्ति विज्ञापनका रुपमा यसरी छापिएको थियो। अन्य पत्रपत्रिका छिटफुटमात्र पुगे र पुगेका जति सबैले समाचार पनि बनाउन जाँगर गरेनन्। समाचार बनेर पुगेका पनि सम्पादकको टेबुलमा पुग्दा त्यही काँटछाँट भयो।
अनसनरतहरुको स्वास्थ्यस्थिति नाजुक बन्दै गए पछि युवामन्त्री पुरुषोत्तम पौडेल अनसनरत लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालयमा पुगे र आन्दोलनकारीलाई मन्त्रालयमा भेट्न बोलाए। तर उनी मन्त्रालय पुग्दा नपुग्दै उनकै बोली फेरियो। अलि बिजी छु केही दिन पछि भेटौला भनेछन्। भित्री पावरले त्यहाँ पनि काम राम्रैसँग गरेछ।
स्काउटको यो आन्दोलनमा नन स्काउटरहरुको समर्थन भने यथेष्ट देखियो। आमरण अनसनलाई समर्थन गर्दै राष्टि्य परिषदका चारजना सदस्यहरुले राजिनामा पनि दिइसकेका छन्।
आमरण अनसनमा बसेका प्याकुरेल र नगरकोटीले आफ्नो आन्दोलन भ्रष्टाचार र नेपाल स्काउटको आमुल परिवर्तनका मागका लागि भएको हुँदा उक्त माग पूरा नहुन्जेल अनसन जारी रहने बताउँछन्। उनीहरुको स्वास्थ्यस्थिति भने अत्यन्तै नाजुक छ।
विश्वमा स्काउटिङ युवाहरुको लागि लक्षित गरी तयार पारिएको नौलो किसिमको शैक्षिक कार्यक्रम भए पनि नेपालमा भने वृद्ध र वृद्ध सोच भएकाहरुको अवकाशपूर्ण जीवन बिताउने थलो बन्दै गएकोमा युवा स्काउटरहरुले गुनासो राख्दै आएका छन्।
नेपाल स्काउटमा वैशाख ३० गतेबाट आमरण अनसन सुरु भएको हो।

पैसा तिर्छु भन्दा पनि नछापिएको विज्ञप्ति

unpublished
आन्दोलनकारीहरुको पर्चा-
parcha
यस्तो भएको थियो सहमति-
sahamarti1
sahamati
sahamati3
राष्ट्रिय मानवअधिकार आयोगले पनि यसमा चासो देखाइसकेको छ
NHRC
अनसनकारीको अवस्था खराब हुँदै गएपछि आज दुई आयुक्तले राजीनामा दिएका छन्
rajinama

साभार : माई संसार 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis