CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » एभिन्यूज टेलिभिजन पनि ‘स्याटेलाइटबाट आउट’

एभिन्यूज टेलिभिजन पनि ‘स्याटेलाइटबाट आउट’


Avenues tv
काठमाडौं । स्याटेलाइटको पैसा बुझाउन नसकेपछि न्यूज २४ टेलिभिजन बन्द भएको केही दिन हुन नपाउदै अर्को एक नेपाली टेलिभिजन पनि स्याटेलाइटबाट आउट भएको छ । आफूलाई राष्ट्रकै सर्वश्रेष्ठ न्यूज च्यानल दावी गर्ने एभिन्यूज टेलिभिजन शुक्रबार दिउसो देखि नै टेलिभिजन सेटहरुमा अफ छ ।
एभिन्यूजको प्रसारण बन्द हुनु न्यूज २४ प्रकरणकै निरन्तरता भएको बताइएको छ । पछिल्लोपटक स्याटेलाइट प्रदायक संस्था थाइकम नेपाली टेलिभिजनहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएको र समयमै पैसा नतिर्ने टेलिभिजनहरु स्याटेलाइटबाट आउट गर्ने निती लिएको न्यूज २४ र एभिन्यूज प्रकरणबाट छर्लङ्ग भएको छ ।
एभिन्यूज टेलिभिजन पूर्णतः समाचार च्यानल हो । स्रोतका अनुसार एभिन्यूजले पनि थाइकमलाई स्याटेलाइट वापतको “मोटो रकम” तिर्न बाँकी छ । एभिन्यूज टेलिभिजनमा लामो समयदेखी तलब नपाएका कर्मचारीहरु कार्यरत छन् भने यसका सञ्चालक उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भाष्करराज राजकर्णिकार हुन् ।एभिन्यूजका कर्मचारीहरुलाई प्रसाशनले भने “छातामा समस्या देखिएको” भनेर टार्ने प्रयास गरेको छ ।
न्यूज २४ को बिकेन
news24nepal1स्याटेलाइटको पैसा तिर्न नसकेपछि स्याटेलाइटबाट काटिएको न्यूज २४ यतिबेला सुबिसु केबुलमा मात्रै आइरहेको छ । यो बीचमा न्यूज २४ बिक्री गर्ने तयारी त्यहाँको व्यवस्थापनले गरेपनि आफ्नो ५० प्रतिशत कायमै रहनुपर्ने अनिल जोशीको अडानका कारण बिक्री हुन नसकेको स्रोतले बतायो । यसैबीच, केबुलमा मात्रै आइरहेको न्यूज २४ केहीदिनमै पूर्ण रुपमा प्रसारण बन्द हुन लागेको बताइएको छ ।
-- समाज खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis