CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गोर्खा बियरको गोर्खाली पारा

गोर्खा बियरको गोर्खाली पारा

gorkha_beer2-सूर्यराज गिरी-
म आम्स्टरडाममा सानो रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेको को छु। नेपाली गोर्खा बियरको बिक्री वितरण पनि गर्ने गरेको छु। तर आज एक गोराले निकै नरमाइलो लाग्ने गरी भन्यो।
वस्तुको मूल्य अभावमा थाहा हुन्छ, एक मूठी पानीको मूल्य सुनसान मरुभूमिमा उभिएको बेला थाहा हुन्छ भनेर एक लेखकले लेखेका थिए। नेपाली र नेपालसँग सरोकार राख्ने वस्तुहरु
विदेशमा बस्ने नेपालीहरुका लागि महत्वको विषय मात्र नभई शान पनि हो। नेपालले सियो पनि उत्पादन गर्न सक्दैन भन्ने उखान सबै नेपाली या विदेशी जनजिब्रोमा छ। यसो हुँदैमा नेपालमा केही हुन्न भन्ने भ्रम चाहीँ गलत हो। नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु विश्वभर पाइन्छ। नेपाली कला र सिपले धेरैलाई मन्त्रमुग्ध पनि पारेको छ।
नेपालमा उत्पादित गोर्खा बियरले यूरोप वा अमेरिकी बजारमा स्थान पाएको सुन्दा जो कसैको मन पनि प्रफूल्लित हुन्छ। तर हामीले आफ्ना सामग्रीहरु निर्यात गर्दा धेरै कुरामा ध्यान दिनु अति नै जरुरी छ।
यहाँहरु मध्ये कतिलाई थाहा छ कि गोर्खा बियरमा अल्कोहलको मात्रा कति छ ?
आज हिमालयन किचन आम्स्टरडामको रेष्टुरेन्टमा आउने एक पाहुनाले नेपाली बियरको फर्मान गरे, सिधा हिसाबले दिइयो, नेपालबाट सिल बन्द गरेर आएको बियर हो। तर ती महाशयले सोधे यसमा अल्कोहलको मात्रा कति छ?
अब आफूले पनि हेरिएन खरिद गर्ने बखत। अक्क न बक्क भइयो, फेरि भनेँ- हेर्नैपर्छ कति छ भन्ने। अलि पर गएर बोतल चारैतिर घुमाएर हेरेँ त्यस्तो केही लेखिएको पाइएन।
अब पर्‍यो आपत्। लेख्दै नलेखेको कुरा के भनेर विश्वास दिलाउने? मैले भनेँ- महाशय यसमा उल्लेख छैन, म यसै भन्न सक्दिनँ।
त्यसपछि उनले नेपाली गोर्खा बियर नपिउने बरु भारतीय किङफिसर वा कोब्रा पिउने निर्णय गरे। भारतीय बियरमा भने 4.8% अल्कोहल भनेर उल्लेख छ।
अब नेपालले विदेशमा निर्यात गर्ने वस्तुहरुमा सम्पूर्ण जानकारी नदिने हो भने त्यस्ता वस्तुहरुको उत्पादन बन्द गरे पनि हुन्छ जस्तो लाग्यो। सारै लाजमर्दो भइयो नेपाली हुनुमा आज।
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis