CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सित्तैको एकजोर कपडा लिन हजारौं अर्धनग्नको लाइन (फोटो फिचरसहित)

सित्तैको एकजोर कपडा लिन हजारौं अर्धनग्नको लाइन (फोटो फिचरसहित)

Seminaked Party 4सित्तैमा पाइने भएपछि मानिसहरु अलकत्रसमेत खान पछि पर्दैनन् भन्ने हाम्रोमा उखान छ । यो मामिलामा हामी मात्र हैन युरोपेली मुलुकका मानिसहरु झन एक कदम अगाडी देखिएका छन् ।

एउटा फेसन स्टोरले एक जोर कपडा सित्तैमा दिने घोषणा गरेपछि हजारौं युवायुवती अर्धनग्न भएर घण्टौं लाइन बसेका छन् । स्पेनिस ब्राण्ड डेजीगलले सुरु गरेको ‘अर्धनग्न आऊ, कपडा लगाएर जाउ’ अफरमा सहभागी हुन युवायुवतीहरु भित्री बस्त्रमात्र लगाएर लाइनमा बसे ।

यो चिसो बिहानीमा इटलीको रोममा बिहान उज्यालो नहुँदै स्टोरअघि सयौं युवा युवती लाइनमा थिए । युवतीहरुले टुपिस लगाएका थिए भने केटाहरुले कट्टुमात्र लगाएर आफ्नो बहादुरी देखाइरहेका थिए ।

Seminaked Party 7

लाइन यति चर्को थियो कि बिहान ३ बजेपछि लाइनमा बस्नेहरुले सित्तैमा कपडा लैजाने अबसरसमेत पाएनन् । किनकी फेसन ब्राण्डले सुरुका सय जनालाई मात्र यो अबसर दिने भनेको थियो ।

लाइन बसेका अर्धनग्न तन्नेरीहरु निराश नहोउन भनेर उसले बाँकीका लागि ५० प्रतिशत छुट अफरसमेत ल्याएको थियो । आयोजकका अनुसार सेमिनेकेड पार्टीमा दशौंहजार युवायुवती सहभागी भएका थिए ।
Seminaked Party 6
यो ब्रान्डले यसअघि स्पेनको मड्रिडसहितका शहरसँगै लण्डन, टोक्यो र न्यूयोर्कमा पनि सेमिनेकेड पार्टी आयोजना गरिसकेको छ । आगामी साता परिसमा यस्तै पार्टी आयोजना हुने छ जहाँ अर्धनग्न तन्नेरीहरुले सय मिटरको दौड पनि पुरा गर्नुपर्ने छ ।Seminaked Party 9
साभार : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis