CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यो चैं के ? बाघको छालामा स्यालको रजाइँ ?

यो चैं के ? बाघको छालामा स्यालको रजाइँ ?

IMG_2099 -खेम बहादुर अधिकारी-
यो के हो ? सिधै KATHMANDU नै नाम दिएर भारतीय खानाको प्रचार गर्नु पर्छ? विश्वकै चर्चित युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसको नजिक डेभिस टाउनमा रहेको उक्त रेस्टुरेन्टले विश्वका धेरै देशबाट अध्ययन गर्न आउनेहरुलाई के सन्देश दिन खोजेको हो ?
सुन्नमा आए अनुसार त्यो पहिला नेपालीको स्वामित्वमा थियो तर अहिले
भारतीयको स्वामित्वमा छ।
के हामी नेपालीले गर्न सकेनम् भन्दैमा नेपालीको पहिचानमा अरुले रजाइ गर्न पाउँछ?
यो त बाघको छालामा स्यालको रजाइ जस्तो भएन र?
IMG_2099
IMG_2098

नेपाली पहिचान नै नभए पछि KATHMANDU नाम किन राखी राख्ने ? DELHI KITCHEN भने हुँदैन ?
नेपाली खाना नै नपस्किए पछि KATHMANDU KITCHEN किन भनिराख्ने?
यदि राम्रै मनसाय भएको भए BEST INDIAN AND NEPALESE FOOD भनिदिए पनि हुने हो नि। खाना जे भए पनि मानिसहरु नामले गर्दा नेपालीपन छ कि भनेर आउलान्। तर त्यहाँ न त नेपालीपन भेटिन्छ, न त नेपाली मन। अस्ति एकजना पाकिस्तानी मूलकी अमेरिकनले मलाई सोधी ‘के यो नेपाली खाना नै हो त ?’
अनि त मैले यथार्थ भन्नै पर्यो।
भोलि अर्कोले यो KATHMANDU भन्ने पनि इंडिया मै रहेछ भनेर बुझ्ला रे, त्यति खेर के गर्ने ?
साभार :माईसंसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis