CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'रोवोट अंकल! आधा किलो चिनी दिनुस्'

'रोवोट अंकल! आधा किलो चिनी दिनुस्'


'रोवर्ट अंकल! आधा किलो चिनी दिनुस्'न्युयोर्क- केही समय पर्खनुस् मात्र। तपाइलाई किराना पसलमा रोवर्टले सामान दिने छ। यो रोवर्टको निर्माणको कार्य अहिले जारी छ। यस प्रकारको रोवर्ट निर्माणका विभिन्न चुनौती सँग वैज्ञानिनहरु जुधिरहेका छन्।


किराना पसलमा काम गर्नको लागि बनाउन
लागिएको पीआर २ रोवर्ट कारखानामा काम गर्ने रोवर्ट भन्दा धेरै होसियार हुने छ। कारखानामा काम गर्ने रोवर्टले एउटै कामलाई बारम्बार दोहोर्‍याउने गर्छ। यसलाई त्यही अनुसार निर्माण गरिएको हुन्छ।

अमेरिकाको कोर्नेल विश्वविधालयमा पीआर २ माथि काम गरिरहेका प्रध्यापक आशुतोष सक्सेनाले यो रोवर्टले अझै केही हैरानी ब्यहोर्नु पर्ने बताएका छन्।

रोवर्टको लागि अहिले पनि सबैभन्दा ठूलो चुनौती परिवेश र परिस्थिति थाहा पाउनु रहेको छ। तर कुनै कारणवस त्यसमा थोरै गडवढी भयो भने त्यही अनुसार काम गर्ने क्षामता राख्नु यसको चुनौती हो।

यो रोवर्टको बेक्सटर नाम दिइएको छ। यसले आफै सोच्छ तर विज्ञहरु यसले अपराधिक गतिविधिबारे सोच्न सक्ने तर्फ चिन्तित छन्। यसो भयो भने यो एउटा दुर्घटनाको नतिजा हुने छ।

कोर्नेल विश्वविधालयका विधार्थीले यसमा कमन सेन्सको क्षमताको विकास गर्ने कोसिश गरेका छन्।

कोर्नेल विश्वविधालयमा अध्यान गरिरहेका विधार्थी आसिष जैनले रोवर्टलाई अलग अलग बस्तु हेरेर पहिचान गर्न सक्ने क्षमताको विकास गर्न सक्नु असहज काम भएको बताएका छन्। अलग अलग समान बारे फरक छुट्टयाउने क्षमताको विकास गर्न समय लाग्ने यसको निर्माणमा जोडिएकाहरुले बताएका छन्।

विश्वविधालयकै अर्का विधार्थी इयान लेन्जले रोवर्टमा थ्रीडी क्यामेराको प्रयोग गरेको बताएका छन्। तर उनले रोवर्टको हातमा प्रयोग गर्नको लागि सूक्ष्म क्यामेरा तयार भैनसकेको बताएका छन्।

प्रोफेसर आसुतोष सक्सेनाले रोवर्टले कुनै खास काम मानिसको साथ साथ रहेर गर्न सक्ने बताएका छन्। उनले आउने दिनमा मानिस र रोवर्ट मिलेर काम गर्ने दावा गरेका छन्। यसो गर्दा काममा छिटो सम्पन्न हुने उनको विश्वास छ। पीआरटूको निर्माणमा तीन लाख डलर खर्च भैसकेको छ।
साभार : नागरिक न्युज

न्युयोर्क- केही समय पर्खनुस् मात्र। तपाइलाई किराना पसलमा रोवर्टले सामान दिने छ। यो रोवर्टको निर्माणको कार्य अहिले जारी छ। यस प्रकारको रोवर्ट निर्माणका विभिन्न चुनौती सँग वैज्ञानिनहरु जुधिरहेका छन्।


किराना पसलमा काम गर्नको लागि बनाउन लागिएको पीआर २ रोवर्ट कारखानामा काम गर्ने रोवर्ट भन्दा धेरै होसियार हुने छ। कारखानामा काम गर्ने रोवर्टले एउटै कामलाई बारम्बार दोहोर्‍याउने गर्छ। यसलाई त्यही अनुसार निर्माण गरिएको हुन्छ।

अमेरिकाको कोर्नेल विश्वविधालयमा पीआर २ माथि काम गरिरहेका प्रध्यापक आशुतोष सक्सेनाले यो रोवर्टले अझै केही हैरानी ब्यहोर्नु पर्ने बताएका छन्।

रोवर्टको लागि अहिले पनि सबैभन्दा ठूलो चुनौती परिवेश र परिस्थिति थाहा पाउनु रहेको छ। तर कुनै कारणवस त्यसमा थोरै गडवढी भयो भने त्यही अनुसार काम गर्ने क्षामता राख्नु यसको चुनौती हो।

यो रोवर्टको बेक्सटर नाम दिइएको छ। यसले आफै सोच्छ तर विज्ञहरु यसले अपराधिक गतिविधिबारे सोच्न सक्ने तर्फ चिन्तित छन्। यसो भयो भने यो एउटा दुर्घटनाको नतिजा हुने छ।

कोर्नेल विश्वविधालयका विधार्थीले यसमा कमन सेन्सको क्षमताको विकास गर्ने कोसिश गरेका छन्।

कोर्नेल विश्वविधालयमा अध्यान गरिरहेका विधार्थी आसिष जैनले रोवर्टलाई अलग अलग बस्तु हेरेर पहिचान गर्न सक्ने क्षमताको विकास गर्न सक्नु असहज काम भएको बताएका छन्। अलग अलग समान बारे फरक छुट्टयाउने क्षमताको विकास गर्न समय लाग्ने यसको निर्माणमा जोडिएकाहरुले बताएका छन्।

विश्वविधालयकै अर्का विधार्थी इयान लेन्जले रोवर्टमा थ्रीडी क्यामेराको प्रयोग गरेको बताएका छन्। तर उनले रोवर्टको हातमा प्रयोग गर्नको लागि सूक्ष्म क्यामेरा तयार भैनसकेको बताएका छन्।

प्रोफेसर आसुतोष सक्सेनाले रोवर्टले कुनै खास काम मानिसको साथ साथ रहेर गर्न सक्ने बताएका छन्। उनले आउने दिनमा मानिस र रोवर्ट मिलेर काम गर्ने दावा गरेका छन्। यसो गर्दा काममा छिटो सम्पन्न हुने उनको विश्वास छ। पीआरटूको निर्माणमा तीन लाख डलर खर्च भैसकेको छ।
- See more at: http://nagariknews.com/technology/story/11805#sthash.9K7H5ggc.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis