CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एटिएम कार्डको प्रयोगः सजिलो खतरा : खराब पक्ष

एटिएम कार्डको प्रयोगः सजिलो खतरा : खराब पक्ष

एटिएमको प्रयोगः सजिलोसंगै जोखिम
एटिएमको प्रयोगः सजिलोसँगै जोखिम
एटिएमको प्रयोगः सजिलोसँगै जोखिम
एटिएमको प्रयोगः सजिलोसँगै जोखिम

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड बोकेर हिड्नेहरुको संख्या बढेको छ। कुनै डिपार्टमेन्टल स्टोर वा रेस्टुरेन्टको बिल तिर्न कार्डको प्रयोग गर्ने सहरी उपभोक्ताको बानी बनिसकेको छ। जोसुकैले प्रयोग गर्न
सक्ने र परिचय प्रमाणित गर्नु नपर्ने भएकाले कार्ड हराएमा अरुले नै खर्च गरिदिने जोखिम पनि बढेको छ।

काठमाडौं मनमैंजुका सुमन कट्टेलको एटिएम कार्ड हराएपछि ब्लक गर्न नपाउँदै भेटाउनेले एक सुपरमार्केटमा करिब सात हजारको सामान खरिद गर्‍यो। 'मेरो खातामा ४३ हजार रुपैंया थियो। कार्ड भेटाउनेलाई बैंकमा कति रकम छ भन्ने थाहा नभएकाले होला, सात हजार मात्र खर्च गरेछ,' उनले भने। कार्ड हराएको भोलिपल्ट मात्रै बैंकले रोकिदिएकाले भेटाउनेले त्यो रकम खर्च गर्न नसकेको उनले बताए। 'बैंकले बिहान ८ बजेपछि मात्र कार्ड ब्लक गर्दो रहेछ। फोन गरेर सबै विवरण बुझाउनु पनि झन्झटिलो छ,' उनले भने।

विकसित मुलुकहरुमा कार्डबाट कारोबार गर्दा सामान बिक्री गर्ने ठाउँ (प्वाइन्ट अफ सेल, पिओएस) टर्मिनलमा छुट्टै मेसिनबाट पिन कोड थिच्न भनिन्छ। पिन कोड थिच्न नसकेमा पिओएसका काउन्टरमा रहेका क्यासियरले कार्डमा लेखिएको नामसँग मिल्ने परिचयपत्र खोज्ने गर्छन्। नेपालमा भने पिओएसमा कार्डमार्फत कारोबार गर्दा पिन कोड र परिचयपत्र माग्ने चलन छैन।

राष्ट्र बैंकले २०६९ भदौमा जारी गरेको सूचना प्रविधि निर्देशिकाले पिओएसमा हस्ताक्षरको प्रयोग गरी डेबिट कार्ड र क्रेडिट कार्डको माध्यमबाट गरिने कारोबारलाई व्यक्तिगत पहिचान नम्बर (पिन नम्बर) प्रणालीमा आधारित हुने गराउन सिफारिस गरेको छ। निश्चित समयभित्र पिन प्रयोग नहुने पिओएस टर्मिनलहरु खारेज गर्ने समेत भनेको छ। पिओएसमा हुने कारोबारलाई थप व्यवस्थित गर्न राष्ट्र बैंकले अहिले नेपालमा प्रयोग भइरहेको म्याग्नेटिक स्ट्राइप कार्डलाई चिपमा आधारित कार्डले विस्थापित गर्न समेत निर्देशन दिएको छ।

राष्ट्र बैंकले साढे एक वर्ष अगाडि नै यस्तो निर्देशन दिएपनि बैंकहरुले पालना गरेका छैनन्। स्मार्ट च्वाइस टेक्नोलोजिजले जारी गरेको कार्ड प्रयोग गर्ने बैंकहरुले दिने एससिटी कार्डबाट पिओएसमा सपिङ गर्दा मात्र पिनकोड थिच्नुपर्छ। करिब ९ वर्ष अघिदेखि नै एससिटीले पिओएसमा सामान किनी कार्डबाट भुक्तानी गर्दा पिनकोड थिच्नुपर्ने व्यवस्था प्रयोगमा ल्याएको थियो।

पिओएसमा पिनकोड माग्न उचित नहुने एभरेस्ट बैंकका सहायक महाप्रबन्धक होमनाथ गुरुङ बताउँछन्। 'मान्छेको नियत गलत भएपछि कसको के लाग्छ र?' उनी प्रतिप्रश्न गर्छन्। पिनकोड प्रयोग गर्नुभन्दा एटिएम हराउनासाथ बैंकमा फोन गर्नुपर्ने उनको सुझाव छ। बैंकको हाताभन्दा बाहिर गएपछि कार्डको जिम्मेवारी बैंकले लिन नसक्ने उनले बताए। यसलाई सुरक्षित राख्ने कुरामा ग्राहक आफै चनाखो हुनुपर्ने उनको भनाई छ।

एक व्यक्तिको नाममा जारी गरेको कार्ड अर्कोले प्रयोग गर्नु गैरकानूनी भएको राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवाली बताउँछन्। 'यस्तो गरेका पाइएमा मुद्दा दायर गर्न सकिन्छ,' उनी भन्छन्। राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकले प्रयोगमा ल्याउनुपर्ने र यसो नगरे कारवाही हुने बताउँछन्। 'उपभोक्तालाई कार्डको दुरुपयोग रोक्न र सुरक्षित महशुश गराउन बैंकहरुले पिनमा आधारित प्रमाणीकरण सुरु गरिसकेका छन्,' उनले भने। यसको अनुगमन भइरहेको र चाँडै नै यस्तो व्यवस्था कार्यन्वयन हुने उनको दाबी छ। 'एकै परिवारको सदस्यले एक अर्कालाई पिन कोड भन्ने कुरालाई त रोक्न सकिदैंन तर बाहिरी व्यक्तिले कार्ड प्रयोग गर्नबाट रोक्नलाई पिनमा आधारित प्रमाणीकरणले सहयोग गर्छ,' उनले भने।

कार्ड दुरुपयोग हुने जस्ता समस्यालाई कम गर्न र उपभोक्तालाई सुरक्षित कारोबार गराउनका लागि नबिल बैंकले दुई महिनाभित्रै पिन कोडमा आधारित प्रमाणिकरण प्रणाली (पिन बेस्ट अथराइजेसन) सुरु गर्न लागेको छ। पिओएसमा कार्डबाट सपिङ गर्दा पिन कोड हाल्नुपर्ने व्यवस्था गर्न लागेको बैंकको कार्ड तथा इ–बैंकिङ प्रमुख निरज शर्माले जानकारी दिए। कार्ड हराएपछि अरु कसैले सपिङ गरेर बैंकमा पैसा घटेको गुनासो उनले पनि सुनेका छन्। 'मार्चको अन्तसम्म यो सुरु गर्न लागिपरेका छौं,' शर्माले भने।

देशका विभिन्न ६ ठाउँमा सुपरमार्केट चलाइरहेको भाटभटेनी डिपार्टमेन्टल स्टोर एन्ड सुपरमार्केटका कार्ड इन्चार्ज रमेश ढकाल आफूहरुको स्टोरमा कार्डबाट सपिङ गर्दा पिन कोड थिच्नुपर्ने प्रविधि ल्याउने योजना नरहेको बताउँछन्। 'राम, श्याम, सिता, गिता को आउँछ भन्ने कुरा हामीलाई थाहा हुँदैन। जसले कार्ड ल्याउँछ, सिधै स्वाइप गरेर पैसा लिन्छौं,' उनी भन्छन्। ढकालका अनुसार भाटभटेनी सुपरमार्केटमा एससिटीबाहेक अरु कुनै पनि कार्डमा पिन कोड माग्ने गरिएको छैन।

पिओएसहरुमा पिनकोडमा आधारित प्रमाणिकरण प्रविधि सुरु नहुँदासम्म आफ्नो थैली बलियोसँग बाँध्नु नै सबैभन्दा उपयुक्त हुने अधिकारीहरु बताउँछन्। बैंकअनुसार कुनैको २४ घण्टा नै ब्लक गर्न मिल्ने सुविधा छ भने कुनै बैंकको बिहान साढे सात बजे देखि साढे १० बजेसम्म कार्ड ब्लक गराउन सक्ने सुविधा छ।
साभार : नागरिक न्युज

काठमाडौं- पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड बोकेर हिड्नेहरुको संख्या बढेको छ। कुनै डिपार्टमेन्टल स्टोर वा रेस्टुरेन्टको बिल तिर्न कार्डको प्रयोग गर्ने सहरी उपभोक्ताको बानी बनिसकेको छ। जोसुकैले प्रयोग गर्न सक्ने र परिचय प्रमाणित गर्नु नपर्ने भएकाले कार्ड हराएमा अरुले नै खर्च गरिदिने जोखिम पनि बढेको छ।

Laptop Bag with every nagarik

- See more at: http://nagariknews.com/economy/story/12948#sthash.63pu6ZQ5.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !

हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis