CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बुझौं आफ्नो प्रेमलाई ? टेस्ट गर्नुस यसरी !

बुझौं आफ्नो प्रेमलाई ? टेस्ट गर्नुस यसरी !

के तपाईं उनलाई साँचै प्रेम गर्नुहुन्छ ? के उनी तपाईंलाई साँच्चै माया गर्छन् ? वा तपाईंको सम्बन्ध मात्र सहुलियतमा आधारित छ ?

१. जब आफ्नो प्रेमी वा प्रेमिकासित कुराकानी गर्नुहुन्छ...

क. केही कुरा नलुकाई जे मनमा आउँछ त्यो व्यक्त गर्नुहुन्छ ।

ख. आफ्नो कुरा काँटछाँट गरी बताउनुहुन्छ ।

ग. केही गोप्यबाहेक बाँकी सबै कुरा बताउनुहन्छ।

२. आफ्नो प्रेमी वा प्रेमिकाका बारेमा सोच्नुहुन्छ कि....

क. उनलाई आकर्षण बनाउन के गर्ने हो ।

ख. शारीरिक आवश्यकता पूरा गर्नुछ।

ग. आफू एक्लै छैन भन्ने कुरा सोचेर आनन्द महसुस हुन्छ।

३. जब आफ्नो प्रेमी वा प्रेमिकाबाट टाढा रहनुहुन्छ...

क. दुःखी र डिप्रेस हुनुहुन्छ ।

ख. आराम महसुस गर्नुहुन्छ, कारण यतिबेला अरूसित पनि डेटिङ गर्न पाइन्छ ।

ग. ती रमाइला-रोमान्टिक क्षणलाई स्मरण गर्नुहुन्छ, जुन तपाईंहरूले एकसाथ बिताउनुभएको थियो।

४. आफ्नो प्रेमी वा प्रेमिकासित सेक्स...

क. मस्त, रोमाञ्चक ।

ख. राम्रो, सन्तोषपूर्ण ।

ग. मात्र एक शारीरिक आवश्यकता।

५. जब कुनै हट युवक वा युवतीलाई भेट्दा...

क. आफ्नो उत्तेजनालाई सम्हाल्ने प्रयास गर्नुहुन्छ ।

ख. आफ्नो भाग्य परीक्षा गर्नुहुन्छ ।

ग. हट त लाग्छ तर आफ्नो प्रेमी वा प्रेमिकाभन्दा राम्रो लाग्दैन।

६. तपाईंका मित्रजन भन्छन्....

क. तपाईं र तपाईंको प्रेमी वा प्रेमिका एक-अर्काका लागि बनेका हुन् ।

ख. तपाईंको प्रेमी वा प्रेमिका असाध्यै राम्रो छ ।

ग. तपाईंको जोडी कुनै दृष्टिकोणले सुहाउँदैन।

७. तपाईंको भावना वा सोच आफ्नो प्रेमी वा प्रेमिकाका बारेमा....

क. अधिकांश स्थितिमा राम्रो र स्थायी ।

ख. समय-समयमा परिवर्तन भैरहन्छ ।

ग. त्यति महत्वपूर्ण छैन, यसबाहेक अन्य महत्वपूर्ण कामहरू छन्।

८. जब एकसाथ रहनुहुन्छ तब

क. केही समय पश्चात दिक्क हुन थाल्नुहुन्छ ।

ख. साथलाई इन्ज्वाय गर्न योजना बनाउनुपर्ने हुन्छ ।

ग. केही फरक पर्दैन, जब साथ रहनुहुन्छ, तब सबै कुरा इन्जोय गर्नुहुन्छ।

स्कोर

प्रश्न ः १    २    ३    ४    ५    ६    ७    ८

कमा    ३    २    २    ३     २    ३    ३    १

खमा     १    ३    १    २    १    २    २    २

गमा     २    १    ३    १    ३    १    १    ३

मूल्यांकन

-(२३-३०) बधाई छ, तपाईं वास्तवमै प्रेममा हुनुहुन्छ। तपाईंको प्रेम सतप्रतिशत साँचो छ। आफ्नो प्रेमी वा प्रेमिकाको पूर्णरूपमा ख्याल राख्नुहोस्। तपाईंहरूबीचको भावना एकदम विशेष छ, भाग्यमानीलाई नै साँचो प्रेम प्राप्त हुन्छ।

-(१४-२२) आफ्नो प्रेमी वा प्रेमिकासित खुसी त हुनुहुन्छ तर केही कुरा यस्ता छन् जसले सम्बन्धलाई पूर्णता प्रदान गर्नबाट रोकिरहेको छ। सम्भवतः तपाईंको प्रेमी वा प्रेमिका त्यो व्यक्ति होइन जसको तपाईंलाई खोजी थियो। तपाईं उसको साथमा आफ्नो लगाव बढाउन डराउनुहुन्छ। अन्तिम निर्णय लिनुपूर्व राम्रोसँग आफू र आफ्नो प्रेमी वा प्रेमिकाको भावना एवं व्यक्तित्वलाई बुझ्ने प्रयास गर्नु उत्तम हुन्छ।

-(१०-१३) तपाईंको सम्बन्ध लगभग सहुलियत खालको छ। यसमा भावनाको स्थान अत्यन्त न्यून छ। तपाईं र तपाईंको प्रेमी वा प्रेमिकालाई मात्र सजिलो अवसर प्राप्त भैरहेको छ। यो सम्बन्धलाई कुनै निचोडमा पुर्‍याउनु पूर्व राम्रोसँग सोच विचार गर्नु आवश्यक छ।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis