CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रचण्ड, बाबुराम र उर्मिलाहरू

प्रचण्ड, बाबुराम र उर्मिलाहरू

­­­
मेरो मेरुदण्डको थोर्‍यासिक भर्टिब्रा नम्बर-७, ८, ९ र १० सुकेको बाँसजस्तो भएको भनी वीर अस्पतालका डा दीर्घराज आरसीको टिमले पत्ता लगायो। उनीहरूले यसको उपचार नेपालमा नहुने भएकाले विदेश जान सल्लाह दिए। संगठनका साथीहरूको आर्थिक सहयोगमा म उपचारका लागि ०६८ को फागुनमा दिल्ली गएको थिएँ। त्यहाँबाट फर्किने क्रममा बुटवल आइपुग्दा मलाई पाल्पाको
कचहल जान मन लाग्यो। तर, शारीरकि रूपमा धेरै समय उभिन नसक्ने, लामो समय पैदल हिँड्न नसक्ने र गाडीमा लामो यात्रा गर्न नसक्ने भइसकेको थिएँ। अबका दिनमा फेर ियसभन्दा बढी स्वास्थ्य बिगि्रएला र आफूले चाहेको स्थानमा पैदल हिँड्न नसकुँला जस्तो लाग्यो।

फेर िपार्टीभित्र अन्तरसंघर्ष तीव्र भइरहेको थियो। कुनै पनि समयमा पार्टी विभाजन हुन सक्थ्यो। त्यसपछि आन्दोलनमा कहाँ र कस्तो जिम्मेवारी पर्ने हो, थाहा हुने कुरा भएन। त्यसैले फेर िकचहल जाने वातावरण बन्छ कि बन्दैन ? भन्न सकिने अवस्था पनि थिएन। धेरै सोचविचारपछि अन्ततः कचहल जाने टुंगोमा पुगेँ। हाम्रा संगठनका केन्द्रीय सदस्य गुणाखर भट्टराईको मोटरसाइकलमा चढेर ६ फागुन ०६८ को बिहानै पाल्पाको कचहल गाविसतिर लाग्यौँ। हामीसँग रूपन्देहीका अर्का शिक्षक केशवराज अर्याल पनि थिए। दोभानबाट हामीले सिद्धार्थ मार्गलाई छाड्यौँ। दोभान नदीमाथिको झोलुंगे पुल तरेर हामी कचहलतिर लागेका थियौँ। गए राती परेको पानीले कच्ची बाटो हिलाम्मे भएकाले मोटरसाइकल चलाउन अप्ठ्यारो भयो, अधिकांश ठाउँमा पैदल हिँड्नुपर्‍यो।

बिहान ११ बजे मात्र हामी लड्दैपड्दै कचहल गाविस भवन पुग्यौँ। त्यहाँ एकदिने आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन भएको रहेछ। गाविसको प्रांगणमा रहेको एक मात्र गाउँले होटलमा मीठो मानी खाना खायौँ। त्यहाँ बसिन्जेल मलाई देखेका, चिनेका र नाम सुनेका मान्छेको स-सानो भीड जम्मा भयो। यो मान्छे यस्तो गाउँमा अहिले किन आयो होला भन्ने जिज्ञासात्मक प्रश्नवाचक उनीहरूको मुखाकृतिमा पढ्न सकिन्थ्यो। उनीहरूका प्रश्नहरूको उत्तर दिन मैले आफू आउनुको उद्देश्य प्रस्ट्याउनु पथ्र्यो र प्रस्ट्याएँ पनि। मेरा कुरा सुनिसकेपछि उनीहरूको मुखाकृति आश्चर्यजनक र संवेदनशील बन्यो। उनीहरूमा केही गर्व, केही हीनताबोध र आश्चर्यबोध भएको मैले अनुभूत गरेँ।

मलाई यी परघिटनाले रोमाञ्चकारी बनायो। हामीसँग रेवन्तबहादुर छहरी, चुमनबहादुर रायमाझी, धनबहादुर गाहा, नारायणबहादुर बुचा र हेमबहादुर बगाले जाने भए। उनीहरू बाटो देखाउँदै अगाडि लागे। त्यहाँबाट उकालो लाग्यौँ। मोटरबाटो खन्नका लागि डोजरले अलिअलि खोस्रेको रहेछ। गेगर ढंुगा र ठूला ढुंगाले बाटो भरएिको थियो। उकालो, त्यसमा पनि बिगि्रएको बाटोका कारण हिँड्न अप्ठ्यारो भइरहेको थियो। ६ वर्षको सहर बसाइ, लवाइखवाइ र मोटरयात्रा गर्ने बानीले उकालो उक्लिन हामीलाई महाभारत भयो। युद्धकालभर िभारत बसेका, मीठोमीठो खाएर बडेमानको भुँडी बनाएका प्रचण्ड, बाबुराम भट्टराई र उनका सन्तान ०६१ सालका केही महिना रोल्पाका डाँडाकाँडामा घोडामा सवार भएर हिँड्नुपर्दा, दुस्मनका घेराहरू तोड्नुपर्दा, दिल्ली, मुम्बई, चेन्नई वा चन्द्रगढीका पकवानहरूको रसास्वादन गर्न नपाउँदा नै बन्दुक उठाउनु गलत रहेछ भन्ने निष्कर्षमा पुगेको देखिन्छ। क्रान्ति हाम्रो वशको कुरा होइन, यो त 'मूर्ख'हरूको काम हो भन्ने निष्कर्षमा प्रचण्ड र बाबुराम पुग्नुका धेरै कारणमध्ये माथि उल्लिखित कारण थियो कि भन्ने मलाई लागेको थियो। जनयुद्धकालमै दिल्लीमा प्रचण्ड र बाबुराम सँगै बसेर सोमरसको स्वाद लिँदै 'रोल्पा, रुकुमका मगरहरू मूर्खै हुन्, बत्तीमा पुतली होमिएझैँ होमिएका छन्, ज्यानको पर्वाह नगरी' भनेर संवाद गरेको कुरा नचुहिएका होइनन्।

डोटीबाट लगातार पैदल हिँडेर सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, तनहुँ, गोरखा, धादिङ, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, फेरि काभ्रे हुँदै काठमाडौँ पुग्ने ज्यान पनि यही हो। हामी उक्लिएको डाँडो न त मैले चढिसकेको टोप्लाको लेकजस्तो थियो, न त गोरखाको थलबाट गुम्दा जाँदाको जस्तो उकालो, न त अछामको रामारोशन वा जाजरकोटका डाँडाजस्तो नै। तर पनि सास बढेर मेरो फोक्सो खँलातीभन्दा बढी फुकिरहेको थियो। एक घन्टाको उकालो काटेर हामी बुढीकोट पुग्यौँ। पहिले पढाएको ठाउँ भएकाले गुणाखर यहाँ परििचत रहेछन्। त्यहाँ स्थानीयसँग हामीले केही बेर गफ गर्‍यौँ। अनि, उत्तरतिर लम्पसार परेको बुढीडाँडा, जुन कचहल गाविसमा अवस्थित छ, को तेर्पायतेर्पाय बाटो हुँदै ओरालो लाग्यौँ।

प्रत्येक पाइला अगाडि बढ्दै जाँदा मेरो मुटुको धड्कन त्यत्ति नै तीव्र हुँदै गइरहेको थियो। म बोल्न सकिरहेको थिइनँ। साथीहरू विभिन्न प्रसंग निकालेर कुरा गररिहेका थिए। अलि पर एक जना बूढा मान्छे ढुंगामाथि बसेका रहेछन्। गुणाखरले मलाई भने, "दाइ, ऊ पर ढुंगामाथि झिल्के बा बस्नुभएको रहेछ।" मैले प्रसंग नै बुझिनँ। केही बेरमै हामी ती बूढा बसेको ठाउँमा पुग्यौँ। ती ठूलो ढुंगोमाथि बसेर बाँसको चोया काढिरहेका थिए। सबैले पालैपालो नमस्कार गरे, मैले पनि गरेँ। अरूलाई त झिल्के बाले चिनेका थिए। उनका लागि म नयाँ मान्छे थिएँ। "यी बाबु को हुन् नि ?" झिल्के बाले मेरो परचिय लिन खोजेे।

गुणाखरले मेरो परचिय गराए, "३ भदौ ०५९, सोमबारका दिन सेनाले एक जना महिलालाई मारेको थियो नि यतै कता हो, उहाँ तिनै महिलाको श्रीमान् हुनुहुन्छ। त्यो घटना कसरी भएको थियो भनेर जान्न आउनुभएको।" गुणाखरका कुरा सुनेपछि बूढाले अँध्यारो मुख लगाए। "बालाई के के थाहा छ भनिदिनूस् न !" गुणाखरले विनम्रतापूर्वक अनुरोध गरे।

झिल्के बा भन्न थाले, "म ऊ त्यो पाखामा गाई र बाख्रा चराइरहेको थिएँ। सेना तपाईंहरू आएको बाटो लुकलुकी आइरहेका थिए। खप्टे गैराको झोलुंगे पुल तरेर तीन जना मान्छे गुनगुन गर्दै यही बाटो आए। सबैभन्दा अगाडि रक्षा थिइन्। हामीले ती नानीलाई रक्षा भनेर चिनेका थियौँ। मास्टर्नी रहिछन्, त्यसैले यता हुँदी रक्षा मेडम पनि भन्थे। मेरो नजिकै सेनाको फौजै थियो। मैले कराएर सेना आएको छ भन्न सक्ने स्थिति थिएन। हातले त इसारा गरेको थिएँ। उनीहरूले देखेनन् होला। उनीहरूको सेनासँग जम्काभेट भयो। पछाडिका दुई जना फरक्क पछाडि फर्किएर भागे। रक्षा पनि त्यसै गरी भाग्न खोजिन्। उनको खुट्टामा सेनाले गोली हान्यो। रक्षा खोच्याउँदै तल झरनि्। यही ढुंगाको ओडारमा लुकिन्।" बाले इसारा गर्दै लुकेको ठाउँ पनि देखाए।

"सेनाले खोज्यो तर देखेन। भिरालो र्झन अप्ठ्यारै थियो। सेना बाटैबाटो पर पुगेपछि रक्षा ओडारमा लुकेको देखेछन्। अनि, अन्धाधुन्ध गोली चलाए। अब त मरी होली भन्ने ठानेर उनीहरू नजिकै गएर ताने। गोली खुट्टामा मात्र लागेको रहेछ। सेनाले तँ को होस् भनेर सोधपुछ गर्‍यो। उनले म ऊ त्यो डाँडाको ज्ञानमाला माविमा पढाउँछु भनिन्। सेनाले घिसार्दै डेदु दोभान -फेक र कचहलको सिमाना)मा लग्यो। उनी हिँड्न सक्ने अवस्थामा थिइनन्। विद्यालयबाट सेनाले प्रधानाध्यापक मोहनसिंह यादवलाई बोलाएर ल्यायो। उनले रक्षालाई चिन्दै चिन्दिनँ, कसरी हाम्रो स्कुलको शिक्षिका हुनु भन्ने जवाफ दिए। उनले शिक्षिका हुन् भनिदिएको भए रक्षा बाँच्थिन् सायद। त्यसपछि त के चाहियो र ? सेनाले वर्णन नै गर्न नसकिने यातना दिन थाल्यो। रक्षाको अनुहारबाट डर हराइसकेको थियो। उनले भनिन्, म माओवादी हुँ । तिमीहरूलाई जे गर्न मन लाग्छ गर। म माओवादी पार्टीको डीसीएम हुँ। त्यसपछि यातना सुरु भयो। राइफलको कुन्दाले हानेर उनका अगाडिका सबै दाँत झारएि। बलात्कार गरे। गुप्तांगमा सुकेको खुर्सानीको धूलो छरििदए। उनी चिच्याउँदै गइन्। उनको चीत्कारले बुढीडाँडा र फेक डाँडा थर्कियो। म निरीह भएर सबै हेररिहेँ। मलाई सेनाले कतै हलचल गर्न पनि दिएन। उनलाई कुनै नेताको नाम भनिदिए जेल चलान गरििदने भनियो। तर, उनले आफूलाई केही पनि थाहा छैन, भए पनि भन्दिनँ, हदै भए मार्ने न हौ, मार भनिन्।"

बा भन्दै गए, "खोलामा बाढी आइरहेको थियो। सेनाले यही भीरबाट खसालिदियो। उनको टाउको ऊ त्यो ढुंगामा बजारयिो। मुखबाट चीत्कार निस्कियो। सेनाको मुख्य मान्छेले अझै ज्यूँदै रहेकाले ढुंगाले थिचेर मार्न आदेश दियो। सेनाका जवान कमान्डरको आदेश पालना गर्दै बच्चाले चिप्लेटी खेलेझैँ खोलामा झरे। रक्षालाई पानीमा घिसारे। खोलाको पल्लो तीरपारि लगे। उनलाई सर्वाङ्ग नांगो पारे। उनको ज्यूँदो शरीरमाथि ढुंगा बर्साउन थाले। प्रत्येक ढुंगा हान्दा उनको मृतप्रायः शरीर चलबलाउँथ्यो। छाती तलमाथि गररिहेको थियो। रक्षाको टाउको मात्र देखिने गरेर सबै शरीर ढुंगाले पुरििदए। र, सकी-नसकी बाटोमा उक्लिए। कमान्डरले सबै गाउँलेलाई जम्मा गरेर फर्मान गर्‍यो कि, यसको लासलाई यत्तिकै राख्नू। कसैले नचलाउनू।" उनका भनाइमा, तीन दिनसम्म त्यो लास त्यत्तिकै बस्यो। चौथो दिन घनघोर वषर्ा भयो। लासलाई बगाएर दुई किलोमिटर तल पुर्‍याएछ। गाउँलेले खेतमा पानी लगाउन आउँदा देखेछन्। श्यालले शरीरका केही भागको मासु लुछेर खाएको रहेछ। लास गनाएको पनि थियो रे ! गाउँलेले खोलाको बगरमा ल्याएर गहिरो खाडल खनी लास पुरििदएछन्।

सच्चा कम्युनिस्ट आफ्नो जीवनको अन्तमा महान् किसान र मजदुरहरूको मुक्तिको ध्वजा कम्युनिस्ट पार्टीको झन्डा ओढ्न चाहन्छ। र, भीषण क्रान्तिकालमा क्रान्तिकारीहरूको यो अन्तिम इच्छा पूरा नहुन सक्छ। तापनि, उनीहरू त्याग, बलिदान र समर्पणका शृंखला खडा गररिहेका हुन्छन्। रक्षा अर्थात् मेरी पत्नी उर्मिलाले पनि अन्तिम बिदाइ पाइनन्। न त उनलाई झन्डा नै ओढाइयो।

झिल्के बुढाको मुखबाट उर्मिलाको सहादतको वर्णन सुनिरहेको थिएँ। मलाई थाहा थिएन, यी घटना सुन्ने साहस ममा कहाँबाट आइरहेको छ। म केवल सुनिरहेको थिएँ। कुनै प्रतिक्रिया जनाइरहेको थिइनँ। मेरा आँखाबाट आँसु झरेको सबै साथीहरूले देखिरहेका थिए। त्यसैले गुणाखर मतिर नहेरेर अन्तै हेररिहेका थिए। धेरै बेरसम्मको सन्नाटापछि मैले आवाज निकालेँ, "एकपटक उर्मिलालाई पुरेको ठाउँ हेर्न जाऊँ न !" केही पनि नबोलीकन सबैले स्वीकार गरे। हामी घिस्रीघिस्री खोलामा झर्‍यौँ। बाटैबाट छर्लङ्गै देखिने ठाउँ तर ठूलो ढुंगाको कोप्चेरामा रहेछ उर्मिलाले अन्तिम सास फेरेको ठाउँ।

त्यहाँ पुग्दा साथी के के भनिरहेका थिए, म ध्यान दिइरहेको थिइनँ। मेरी उर्मिलाको अन्तिम सास चलेको ठाउँलाई स्पर्श गर्न मन लाग्यो मलाई। मैले हातले त्यहाँको ढुंगा छोएँ। सहादत प्राप्त गरेको १० वर्षपछि पनि उर्मिला यतै कतै त छैनन् भन्ने भ्रम पनि पर्‍यो। मेरो मानसपटलमा हामीहरूले अन्तिमपटक हात मिलाएको, हामी छुट्टँिदा उनका ठूला आँखाहरू राता भएका र 'तपाइर्ं त सुपुर्दगीमा पर्ने हो, म त सहिद हुने हो' भन्ने संवाद र दृश्य घुमिरहेको थियो। मनमनै मैले तिमी साँच्चै महान् मान्छे हौ भनेँ। श्रद्धाञ्जलि दिएँ। साथीहरूको कल्याङकुलुङ भने कायमै थियो। मलाई भने 'ए गद्दार प्रचण्ड र बाबुरामहरू ! तिमीहरूले मेरी प्यारी उर्मिलालाई फिर्ता ल्याइदेओ, नत्र....!' भनी चिच्याउ“mजस्तो लाग्यो। उनीहरू मेरा सामु भइदिएको भए के गर्थें भन्न सक्दैनथेँ। हाम्रा पि्रय मान्छेहरूको रगतमा टेकेर उनीहरू हिजो दिल्ली र मुम्बईमा पैसाको डसनामा सुते। अहिले लाजिम्पाट र बालुवाटार दरबारमा मस्त निदाएका छन्। हामीले नै हो उनीहरूको निद्रा भंग गर्ने। अरू कसैले सक्दैन पनि। उनीहरूले आफू र आफ्ना परविारलाई

चाउचेस्कु बनाएका छन्।

नेपाल आमाका असल छोरी उर्मिलाहरू बलात्कार, हत्या र यातनाको कुनै पर्वाह नगरी जनयुद्धमा लामबद्ध भइरहेका थिए। ठीक त्यसै समयको सेरोफेरोमा एसडी मुनीका अनुसार प्रचण्ड र बाबुरामहरू भारतीय विस्तारवादका सामु बिन्तीपत्र बुझाइरहेका थिए। भारतका ठूला सहरका महलमा बसेर विदेशी रक्सीको स्वाद लिँदै देश र जनताको मुक्तिका खातिर जीवन न्यौछावर गर्ने उर्मिलाहरूलाई मूर्खहरूको संज्ञा दिइरहेका थिए, सायद। उनीहरू यसो किन गररिहेका थिए भने क्रान्ति उनीहरूका सामु खडा भइरहेको थियो। क्रान्तिले उनका पत्नी, छोराछोरी, नातागोतालाई समेट्दै थियो। क्रान्तिबाट परविारलाई अलग गर्ने उनीहरूको सोच थियो। हामीजसरी अंकित र अनुज्ञाजस्ता दूधे बालकलाई टुहुरो पारेर क्रान्तिमा होमिन चाहँदैनथे। ओजोनजसरी युद्धमोर्चामा नै आमाको काखमा भोक, प्यासबाट तड्पाउन चाहँदैनथे।

कथित शान्ति प्रक्रियाका यी ६ वर्षमा प्रचण्ड र बाबुरामका राष्ट्रघात, जनघात र वर्गघातका विरुद्ध पार्टीभित्रको क्रान्तिकारी तप्काले भीषण अन्तरसंघर्ष लड्यो। त्यसमा म पनि सामेल मात्र भइनँ, अग्रमोर्चामै रहेँ। क्रान्तिकारी भइराख्ने र सर्वहारावर्गका विरुद्ध चल्ने दूषित सुनामीका विरुद्ध सतिसालझैँ उभिइरहन्छु भन्ने आत्मविश्वास ममा उर्मिलाको सहादतको प्रेरणा हो। म कुनै हालतमा उर्मिलाका सपना मार्न सक्दिनँ। उनले अन्तिम सास लिँदै गर्दा लिएको अभीष्ट कुण्ठित गर्न सक्दिनँ। यस्तो अवस्थामा मलाई कमरेड माओको जीवनको याद आउँछ। च्याङ्काई सेकले माओकी जीवनसाथी आङ्काई हुईको हत्या गरे। यसै सन्दर्भलाई लिएर माओले मृत्युको नयाँ परभिाषा निकाले, 'कस्तो मृत्यु ? पहाडजस्तो गह्रौँ कि प्वाँखजस्तो हलुका !' क्रान्तिकारीहरूले पीडालाई आक्रोशमा कसरी बदल्नुपर्छ भन्ने माओले क्रान्तिकारी जीवनको संश्लेषण गरेका थिए। माओले जीवनसाथी मात्र गुमाएनन्, छोरा पनि गुमाए। त्यसैले उनलाई सर्वहारा वर्गप्रति बढी निष्ठावान् हुन पे्ररति गरेको हुनुपर्छ। लेनिनले दाइ अलेक्जेन्डर गुमाए।

जनयुद्धकालमा हामी पनि प्रचण्डलाई माओ र लेनिनसँग दाँज्ने गथ्र्यौं। तर, तिनीहरूले  जनयुद्धकालमा कुनै शारीरकि वा मानसिक कष्ट बेहोर्नुपरेन, न परविारको कुनै सदस्य नै गुमाए। जनताका छोराछोरीलाई बन्दुकको नाल समाउन लगाए, मोहरीका सामु बाँच्न आदेश दिए। तर, आफ्ना सन्तानलाई बन्दुकको आवाज पनि सुन्न दिएनन्।

१ फागुनमा जनयुद्धको १९औँ वर्षगाँठ नजिकिँदै गर्दा मैले फेरि उर्मिलालाई सम्भिmएँ । उनको अन्तिम सास सदाका लागि बन्द भएको ढुंगामाथि उभिएर मैले ६ फागुन ०६८ मा एकपटक प्रतिबद्धता व्यक्त गरेको थिएँ, 'उर्मिला तिमीले सँगै खाएको मुक्ति या मृत्युको कसम आज फेर िएकपटक खाँदै छु तिम्रो चिहानमा उभिएर। तिमीले मृत्युवरण गर्‍यौ। मेरो जीवनको फेर िपरीक्षण हुँदै छ। नेपाली कम्युनिस्ट आन्दोलनभित्रका नयाँ संस्करणका निकिता ख्रुस्चेव, तेङ सियाओ पिङहरूविरुद्ध जेहाद छेडिसकेका छौँ। तिमी ज्यूँदो भएको भए अचम्म मान्थ्यौ होला, प्रचण्ड नयाँ बाकुनिन भएको देखेर, बाबुरामले लेन्डुपलाई उछिनेको देखेर। हामी नयाँ तरकिाले नयाँ संस्करणका बाकुनिन् वा लेन्डुपका विरुद्ध जेहाद छेडिरहेका छौँ। छेडिरहने छौँ।'
(एक समय माओवादी समर्थित शिक्षक संगठनका अध्यक्ष रहेका लोहनी हाल नेकपा-माओवादीका केन्द्रीय सदस्य छन् ।)साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis