CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » 'रयागिंग'ले विद्यार्थी डाक्टरलाई समस्या

'रयागिंग'ले विद्यार्थी डाक्टरलाई समस्या

'र्‍यागिङ'ले विद्यार्थी डाक्टरलाई समस्याकाठमाडौं- चार वर्षअघि काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस पढ्न आएका एक विद्यार्थी सिनियरहरुको 'रयागिंग' का कारण विषय छाडेर अर्कै कलेजमा अर्कै विषय पढ्न बाध्य बनेका थिए। उनी विश्वविद्यालयका प्रशासन प्रमुख मुकुन्द शर्माका छोरा हुन्। धेरै मिहिनेत गरेर एमबिबिएसमा नाम निकाले पनि कलेजमा सिनियरको रयागिंगका कारण विषय परिवर्तन गर्नुपरेको पिता शर्माले जनाए।
'चार वर्षअघि छोरोको रुचिअनुसार डक्टर बनाउन आफ्नै विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस भर्ना गराएँ,' पिता शर्माले नागरिकसँग दुखेसो गरे, 'तर मेडिकलमा सिनियरको अमानवीय तरिकाको रयागिंगका कारण छोरोले तीन दिनभित्रै मलाई पापा म मेडिकल पढ्दिनँ भन्यो।' त्यसपछि उनले छोरालाई स्कुल अफ इन्जिनियरिङमा सिभिलतर्फ भर्ना गरिदिए।
तर चार वर्षअघिको र्या्गिङ अझै कायम छ। मेडिकलका विद्यार्थी आफूभन्दा एकदुई ब्याच सिनियरको रयागिंगले मानसिक र शारीरिक तनाव सहन बाध्य छन्।
एमबिबिएस प्रथम वर्ष भर्ना भएका अर्का एक विद्यार्थीलाई पनि कलेजको पहिलो दिन पीडादायी भयो। आफूभन्दा सिनियर ब्याचका विद्यार्थीको 'रयागिंग'ले मानसिक र शारीरिक यातना सहनुपर्योू।
'पहिलो दिन कलेजमा झोला राख्न पाएको छैन, जुत्ता खोल्न पाएको छैन, मलाई दोस्रो र तेस्रो वर्षमा अध्ययन गर्ने दाइहरुले कुखुरा नाच्न बाध्य बनाए,' काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा यसै वर्ष भर्ना भएका छात्रले नागरिकस“ग भने, 'राति एउटा कोठामा बोलाएर ३० जना सिनियरहरुको अगाडि हामी प्रथम वर्षका साथीहरुलाई कुखुराको आवाज आउने म्युजिकमा नाच गर्न लगाइयो।' कुखुरा डान्स आउँदैन भन्दा सिनियर दाजुहरुले थप्पड हानेको उनले सुनाए।
एक साता अघि मात्र नेपालगन्ज मेडिकल कलेजमा पनि दोस्रो र तेस्रो ब्याचका विद्यार्थीले प्रथम वर्षमा भर्ना विद्यार्थीलाई रयागिंगको नाममा यातना दिए।
'सिनियर दाजुहरुले हामीलाई एउटा कोठामा बोलाएर सबै लुगा फुकाल्न लगाए। त्यसपछि दराजमाथि चढाएर कुखुरा बनाए,' नेपालगन्ज मेडिकल कलेजका एक विद्यार्थीले कलेजको पहिलो दिनको अनुभव सुनाए, 'चिसोमा हामीलाई नांगै पारेर पंखा चलाएर सिनियरहरुले रातभर यातना दिए।' कलेज प्रशासनमा उजुरी गर्दा उल्टै हप्की खानुपरेको उनले सुनाए।

सोही कलेजका अर्का एक विद्यार्थीलाई सोही दिन सिनियरहरुले बेलुका रक्सी पिएर कलेजभित्र गालीगलौज र कुटपिट गरी धम्क्याए। यसैगरी दुई साताअघि धरानस्थित बिपी कोइराला इन्सटिच्युट अफ हेल्थ साइन्समा प्रथम वर्षका विद्यार्थीलाई सिनियरहरुले सिंगल डान्स गर्न लगाए।
'कुरा नमान्दा कलेजको माथिलो तल्लाको झ्यालनजिक लगी झ्यालबाट फालिदिने धम्की सिनियरहरुले दिए,' पीडित विद्यार्थीले नागरिकसँग भने।
धुलिखेल मेडिकल कलेजमा प्रत्येक वर्ष नयाँ भर्ना हुने विद्यार्थीलाई कुखुरा नाच अनिवार्य गराउने गरेको विद्यार्थीहरुको गुनासो छ। नेपालगन्ज मेडिकल कलेजमा साँझ परेपछि कलेजका विद्यार्थीले रक्सी, गाँजा र नसालु पदार्थ सेवन गरी जुनियरहरुलाई गालीगालौज र कुटपिट गरी यातना दिने गरेको पीडितको गुनासो छ। 'प्लस टु गरी एमबिबिएस पढ्न आएको त बेइज्जती सहनुपर्योप,' पीडित भन्छन्, 'डाक्टर बन्न होइन कि नर्कमा आएजस्तो पो महसुस भइरहेको छ।'
नेपालगन्ज मेडिकल कलेजका एक विद्यार्थीले भने, 'कलेजमा प्रत्येक वर्ष दुई महिना र्यानगिङ कक्षा नै हुँदोरहेछ।' तर पहिलो सेमेस्टरको परीक्षा नजिकिँदै गर्दा समेत र्या गिङ नरोकिँदा पठनपाठन चौपट हुने चिन्ता उनीहरुले व्यक्त गरे।
मेकिडल कलेजहरुमा कलेज प्रशासन र सिनियर विद्यार्थीले नयाँ विद्यार्थीलाई तह लगाउने हिसाबले र्याचगिङ गराउने गरेको काठमान्डु युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सका भुक्तभोगी विद्यार्थीहरुको गुनासो छ।
एक पुराना विद्यार्थीले भने, 'नयाँ भर्ना भएका विद्यार्थी कलेजको विरुद्धमा नजाऊन् र कलेजको दास बनेर बसून् भन्ने लक्ष्य मेडिकल कलेजको हुँदोरहेछ ।'
प्रशासन प्रमुख शर्माका अनुसार मेडिकलको पहिलो २ वर्ष प्रि क्लिनिकल (आधारभूत विज्ञान) पढाउन भारतबाट शिक्षकहरु आउँछन्। ती शिक्षक र्याडगिङ संस्कारबाट आएका हुनाले नेपाली विद्यार्थीहरु पीडित हुनुपरेको हो।
'सिनियर विद्यार्थीहरु शिक्षकसँग नजिक हुन्छन्,' शर्माले भने, 'पहिलो वर्षको विद्यार्थीसँग चिनजान गर्ने नाममा मेडिकलतिर सिनियर विद्यार्थी र शिक्षक नै मिलेर अमानवीय व्यवहार गर्छन्। भारतीय शिक्षकको रगतमै र्याोगिङ भएकाले उनीहरुले सिनियरलाई सिकाउने गरेको हामीले पाएका छौंं।'
तर आइओएममा सबै नेपाली शिक्षक भएकाले त्यहाँका विद्यार्थीले र्यारगिङ सहनु नपर्ने उनले दाबी गरे।
साढे चार वर्षे एमबिबिएस कोर्समा विद्यार्थीले कलेज प्रशासन र सिनियरसँग सम्बन्ध बिगार्यो भने परीक्षामा फेल हुने डरका कारण चुप लाग्न बाध्य बनेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा संघका तर्फबाट काठमान्डु विश्वविद्यालय संयोजक भगवान अधिकारीले जनाए।
'सिनियरसँग कलेजका प्रोफेसर र डाक्टरको उठबस हुन्छ,' अधिकारीले नागरिकसँग भने, 'प्राक्टिकल ५० नम्बर प्रोफेसरकै हातमा हुन्छ। सनियरले आफूविरुद्ध गएका जुनियर विद्यार्थीको पोल लगाइदिए तिनीहरु फेल गराइन्छन्।'
अधिकारीले मेडिकल कलेजका नयाँ विद्यार्थीले सिनियरबाटै र्यादगिङ सहनुपरेको गुनासो आफूहरुसँग पनि भएको बताए।
'हाम्रा विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजका प्रिन्सिपलहरुको बैठक डाकेर र्याोगिङको विकृति रोक्न सजग गराउनेछु,' काठमान्डु विश्वविद्यालयका रजिस्ट्रार भोला थापाले नागरिकसँग भने, 'पहिलो वर्षका विद्यार्थीले सिनियरको डरत्रासका कारण हामीलाई केही भन्दैनन्।' कलेजहरुमा अनुगमन गरेर र्याुगिङ रोक्ने दाबी उनले गरे।
मनोविश्लेषक डा. गंगा पाठकले विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिने र्यानगिङले जीवनमा ठूलो आघात पुर्यााउने जनाइन्। भविष्यमा डाक्टर बन्न भनी कलेजमा भर्ना भएकामा सिनियर विद्यार्थीको र्यादगिङले हिनताबोध उत्पन्न हुन गई डिप्रेसनको सिकार हुने उनको भनाइ छ। पाठकका अनुसार र्यािगिङले विद्यार्थीमा मानसिक तनाव उत्पन्न भई पढाइप्रति ध्यान केन्द्रित हुन नसकी जीवनमै नकरात्मक असर पर्न गई करिअर नै चौपट हुन्छ।
र्यापगिङको विकृतिले समाजमा विकराल रुप लिनु भन्दा अगाडिनै विश्वविद्यालय र सरकारी निकायबाटै कानूनी उपाय अपनाएर यसलाई रोक्नु पर्ने उनको सुझाव छ।
'र्यासगिङले भर्खर प्लसटु पास भएका विद्यार्थीहरुमा मनोबैज्ञानिक पिडा हुन्छ,' मनोविश्लेषक डा.पाठकले भनिन्'आत्मविश्वस कम भएको,लज्लाजु स्वाभाव भएको अन्तरभुखि ब्यक्तित्व भएका विद्यार्थीमा र्यािगिङले गम्भीर मनोबैज्ञानिक अघातपुर्याउँछ।' उनले सुझाइन्, 'र्या्गिङ नेपाली संस्कृती नभएर छिमेकी देशको हावा भएकोले नेपालमा ठूलो दुर्घटनाको रुप लिनु भन्दा अगाडिनै यसलाई रोक्न सरकारी निकायबाटै कानूनी रुपले तयारी गर्नु पर्छ।'
काठमाडैं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले र्याकगिङ नेपाली संस्कृति नभएर भरतिय देखासिखिबाट नेपालमा प्रवेस गर्न खोजेकोले यस्ता विकृतिलाई रोक्न विश्वविद्यालयले गम्भीरतासाथ अघि बढ्ने प्रतिवद्धता जनाए। उनले भारतमा र्या गिङकै कारण धेरै निर्देास विद्यार्थीले ज्यानसमेत गुमाएको घटना समझिन्दै नेपालमा त्यस्ता घटना दोहिरिन नदिन सचेत बन्नु पर्ने बताए।
नयाँ भर्ना भएका विद्यार्थीहरुलाई मनोवैज्ञानिक तनावमा नआउन दिनकोलागि अब मेडिकल कलेजहरुमा सिनियर र जुनियरको समबन्ध राम्रो गर्ने बातावरण तयार पार्न विश्वविद्यालयले कलेजहरुलाई निर्देशन दिने उनको दाबी छ।
साभार : नागरिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis